
सरकारले तोकेको स्वास्थ्य मापदण्ड अवज्ञा गर्दै पोखराको ठूला उद्योगपतीले कोरोनाको महामारीमा सामाजिक दुरी अवज्ञा गर्दा पोखरा फुड्स (विस्कुट कारखाना) कोरोना पोजेटिभको इपिसेन्टर बन्ने अवस्थामा पुगेको छ । एक सिफ्टमा २५ जना भन्दा वढि कामदार खटाउन नपाउने सरकारको नितिलाई ठाडै अवज्ञा गर्दै २ सय वढी मजदुरलाई कोचोकाच काममा लगाएकै कारण पोखरा फुड्समा कार्यरत 83 जना एकै पटक कोरोना संक्रमित पुष्टि भएका छन् । यो घटनाले कोरोना सम्वन्धि मापदण्ड ठूला वडाका कम्पनीलाई नलाग्ने र मजदुरको जिन्दगीमाथि गंभिर खेलवाड गर्न छुट दिएको वुझिएको छ ।
न सामाजिक दुरी, न स्वास्थ्य सुरक्षा सामग्री केवल काम मात्र भए हुने कम्पनीका मालिकलाई मजदुरका जीवनका पीडाले छुन सकेको पाइदैन। हाल 83 जना संक्रमित भेटिएका उक्त उद्योगमा कन्ट्रयाक टे«ेसिङ गर्ने हो भने सवै मजदुर मात्र हैन समुदायमा समेत व्यापक फैल्न सक्ने आशंका उव्जिएको छ । कम्पनीका लापरवाहीका कारण उनिहरुको पिसिआर टेस्टमा राज्यको लाखौं रुपैयाँ खर्च हुने अवस्था आएको आम सर्वसाधारणलाई झै कम्पनी मालिकले त्यो खर्च व्यहोर्न जरुरी देखिएको छ ।
उक्त उद्योगको लापरवाहीका कारण सम्भावित जोखिमलाई सराङकोट साप्ताहिकले समयमै खवरदारी गरेको थियो । २५ जना भन्दा वढी मजदुर राख्न नपाइने वेला ७५ जना भन्दा वढि मजदुर कोचेर काम गरेको देखिएपछि खवरदारी गरिएको थियो । वैशाख ९ गतेको सराङकोटले पोखरा फुड्सलाई कोरोनाको उच्च जोखिममा रहन सक्ने औल्याउँदा कम्पनी मालिकले त्यसलाई अवमूल्यन गरेको थियो जसको परिणाम आज पोखरा फुड्सले भोग्दै छ । अन्य उद्योगका वारेमा समयमै राज्यको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्