२०८२ बैशाख ११
०६१४४५०००, ९८५६०३३३९१

खुदी खोला किनारका १४ परिवार विस्थापित

अविरल वर्षाका कारण पोखरा महानगरपालिका वार्ड नं. ३२ स्थित खुडी खोला किनारामा वसोवास गर्दै आएका १४ घर परिवार विस्थापित भएका छन् भने दुई वटा घर खोलाले तानेको छ । दुई घर वगाएपछि जोखिममा परेका १४ घर परिवारलाई स्थानिय समाज घर र नजिककैको सिता आधारभूत विद्यालयमा अस्थायी वसोवासको प्रवन्ध मिलाइएको वडा नं. ३२ का वडा अध्यक्ष अक्कल वहादुर कार्कीले वताए ।

खोला किरानमा अव्यवस्थित वसोवासका कारण वाढी पहिरोको जोखिम बढ्दै गएको तर्फ राज्यको ध्यान नपुग्दा धनजनको क्षति वढ्दै गएको छ । सरकारले अव्यवस्थित वसोवास र सकुम्वासी वस्तीको समयमै व्यवस्थापन गर्न नसक्दा, खोला किनार र भिरालो डाँडा र फेदीको वस्तीमा व्यापक क्षति पुगेको छ ।
खुदी खोला किनारमा भएको क्षति र पीडितको राहतका लागि महानगर विपत् व्यवस्थापनले कार्य अगाडि वढाएको र रेडक्रसले तत्कालिन राहत स्वरुप त्रिपाल, खाद्यन्न उपलव्ध गराएको वडा अध्यक्ष कार्कीले वताएका छन् । यो वर्ष वढी वर्षा भएको र वर्षा अरु जारी रहेकोले सजगता अपनाउन जरुरी रहेको सूचना अभियन्ता मेघनाथ आचार्यले वताए ।

प्रतिक्रिया दिनुहोस्