२०८१ चैत्र १३
०६१४४५०००, ९८५६०३३३९१

सवारी ज्यान मुद्दामा जनप्रतिनिधि जेल चलान

पोखरा

पोखरा म.न.पा. वडा नं. ३३ बाट गत स्थानिय चुनावमा नेकपा एमालेबाट निर्वाचित दलित वडा सदस्य (जनप्रतिनिधि) लिलादेवी नेपाली सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि जेल चलान भएकि छिन् । २०७९ पुष १३ गते आफ्नी आमालाई वा ९ प ५६४९ नम्वरको स्कुटरमा राखेर पोखरा आउने क्रममा शुक्ला गण्डकी न.पा. २ हलेदी भन्ने स्थान (पृथ्वी राजमार्ग) मा विपरित दिशाबाट आएका वा २ क ६२१९ नम्वरको ट्रिपरले ठक्कर दिएका थियो । ठक्करबाट सख्त घाइते भएकी स्कुटर चालककी आमालाई उपचारका लागि मणिपाल अस्पताल लागिएको थियो उपचारकै क्रममा पुष १७ गते उनको निधन भएको थियो ।
दुर्घटना सम्बन्धमा तनहुँ प्रहरीले अनुसन्धान गर्दै जाँदा स्कुटर चालक लिलादेवी नेपालीको सवारी चालक अनुमति पत्र नभएको खुलेपछि उनलाई माघ ८ गते पक्राउ गरी थप अनुसन्धान सहित सरकारी वकिल कार्यालय तनहुँ मार्फत् जिल्ला अदालत तनहुँमा पेश गरेको मा अदालतको माघ १२ गतेको आदेशले ट्रिपर चालक तिलक श्रेष्ठ र स्कुटर चालक लिला माया नेपाली दुवैलाई पुर्पक्षका लागि कारागर चलान गर्न आदेश दिए लगत्तै उनिहरु तनहुँ जेल चलान भएका छन् ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ बमोजिम सजायँ माग गरि मुद्दा चलाइएको तनहुँ प्रहरीले बताएको छ ।
नागरिकलाई कानुन कार्यान्वयनको पाठ सिकाउनु पर्ने जनप्रतिनिधि स्वयम्ले कानुन मिचेर लाइसेन्स नभएको अवस्था विद्यमान हुँदा हुँदै राजमार्गमा सवारी चलाउँदा विकराल अवस्था निम्तिएको छ । आमाको मृत्युमा ट्रिपरको ठक्कर मुल कारण भएपनि सवारी चालक अनुमति पत्र नलिई स्कुटर चलाएको कारण कानुनले मुद्दा चलाउन वाध्य भएको अवस्था देखिन्छ यो घटनाबाट आम नागरिकले पाठ सिक्न सकेमा पिडा र दुःखबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्