२०८३ जेष्ठ १३
०६१४४५०००, ९८५६०३३३९१

वार्षिकउत्सवको अवसरमा गण्डकी ट्रक यातायात व्यवसायी संघको विविध कार्यक्रम २७ युनिट रक्तदान

 

गण्डकी ट्रक यातायात व्यवसायी संघले ४३ औं स्थापना दिवस तथा वार्षिकोत्सवको उपलक्षम विभिन्न सामाजिक कार्य गरेको छ । यसै क्रममा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । शनिबार पोखरा ९ नयाँबजार स्थित कार्यालय अवस्थित भवनको तल्लो तलामा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको हो ।
सार्वजनिक शौचालयको उद्घाटन गण्डकी प्रदेश सरकारका पूर्व कानुन मन्त्री तथा वर्तमान प्रदेश सभा सदस्य विन्दुकुमार थापाले गरेका हुन् । संस्थाका कोषाध्यक्ष तथा वार्षिकउत्सव सम्पन्न समितिका सदस्य एकेन्द्र कुँवरले संघले सामाजिक उत्तरदायित्व अन्तर्गत सार्वजनिक शौचालय सञ्चालन ल्याएको जानकारी दिए । शौचालय उद्घाटन गर्दै सांसद थापाले संघले उदाहरणीय सामाजिक कार्य गरेको सुनाए । ‘यो म बस्ने टोल विकास संस्था पनि हो । यहाँ अत्याधिक चापहुँदा सार्वजनिक शौचालय नभएकै कारणले धेरै समस्या भएको थियो थापाले भने

, संघले आफ्नो स्थापना दिवस तथा वार्षिकोत्सव उत्सवको अवसरमा अन्य थप तीन वटा कार्यक्रम गरेको छ । पोखरा ३२ लामेआहालको राधाकृष्ण वृद्ध आश्रममा ४० हजार बराबरको खाद्यान्न वितरण गरेको संघका सूचना अधिकारी चोमराज थापाले जानकारी दिए । संघले शनिबार बिहानै कार्यालयको भवन नजिकै खुला रक्तदान कार्यक्रम गरेको हो । सूचना अधिकारी थापाले २७ युनिट रगत संकलन भएको जानकारी दिए । रक्तदान कार्यक्रममा मनोजजंग रानाले पहिलो रक्तदान गरेका थिय । उनको यो ११ पटकको रक्तदान भएको सुनाए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य थापाले रक्तदानबाट कसैको जीवनदान हुने भएकाले यस्तो कार्य पुन्य भएको बताए । ‘


थापाले देशमा बढ्दो आर्थिक संकटका बेला संघले गर्दै आएको सामाजिक उत्तरदायित्व सबैका लागि मार्गनिर्देशन हुने सुनाए । कार्यक्रममा संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीले व्यवसायी हकहितका अलावा सामाजिक क्षेत्रमा योगदान गर्नु जरुरी भएको बताए । संघले सामाजिक क्षेत्रमा गर्ने कार्यलाई निरन्तरता दिने उनको प्रतिबद्धता न्यक्त गरेका थिए। कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कल्याण तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए । भने महासचिव रुद्रबहादुर कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष दीपेन्द्र मर्सानी, संस्थापक अध्यक्ष तेजनाराण तिमिल्सिना, निर्वतमान अध्यक्ष रवीन्द्र गिरी, भूपू अध्यक्ष रुद्रप्रसाद तिमिल्सिना र टिका भुलेज लगायत विभिन्न व्यवसायीहरुको उपस्थिति थियो । संघले शनिबार बेलुका कार्यालय परिसरमा दीप प्रज्वलन गरेको उपाध्यक्ष नेत्र बहादुत खत्री राजनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्