
यदुनाथ बन्जारा
अन्तर्राष्ट्रिय स्तरमा पबित्र सेवा भावमा परिचीत अन्तर्राष्ट्रिय रेडक्रसको मान्यता प्राप्त सस्था नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको १७ औ अधिबेशन चैत्र ३० गते सम्पन्न भएको छ । नेपालको रेडक्रस नेतृत्वमा राजनीतिक दलको भागबन्डा स्थापित गरिएको भन्दै अन्तरास्ट्रिय रेडक्रस सस्था आइसिआरसिले नेपालका केन्द्रमा कार्यरत ५ जना रेडक्रस कर्मिलाइ कारबाही गरे लगतै कास्किमा अधिबेशन गरिएको छ । केन्द्रिय कमिटिका उच्च पदाधिकारीलाई कारबाही गरिएपछी त्यही समितिले सदस्य प्रतिनिधि प्रमाणित गरि तोकिएको निर्वाचन बैध हुनेकी नहुने भन्ने बिषयमा भइरहेको आलोचना र बहसका बाबजुद कास्किमा १७ अधिबेशन सम्पन्न गरिएको छ । नेपालमा रहेका रेडक्रसका शाखाहरु मध्य कास्की ठूलो शाखाको उत्कृष्ट ५ भित्र गनिने शाखा हो ।
कास्किमा चैत्र ३० गते सम्पन्न गरिएको अधिबेशन हेर्न लायक थियो । नेपालमा कृयासिल ठुला राजनितीक दलका नेता तथा कार्यकर्ताहरुले चुनाबमा देखाएको सकृयता र प्रचारप्रसारलाई हेर्दा उक्त अधिबेशन रेडक्रसको नभएर राजनितीक दल वा तिनका भातृसस्थाको जस्तै देखिन्थ्यो ।खासगरी देशका ठुला दल नेकपा एमाले र नेपाली काङ्ग्रेस र माओबादीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति र चुनाबमा चलखेल गरिएको देखिन्थे ।
कास्किको रेडक्रस एमालेको पकडमा रहेको छ ।यसपटकको निर्बाचनमा पिएस समूह र खगराज समूह गरि दुई प्यानल बनाएर चुनाब लडेका थिए । २६५ प्रतिनिधि रहेको कास्किमा १२७ मत ल्याएर सभापतिमा उर्मिला खड्का भण्डारी निर्वाचित भएकी छिन् । उनी पिएस समुहबाट चुनाव लडेकी थिइन । उनले आफ्ना निकटतम प्रतिस्पर्धी खगराज समुहबाट उठेका कृष्ण तिमिल्सिनालाई मात्र १ मतले हराएर कास्की रेडक्रसको पहिलो महिला सभापति चुनिएकी हुन् । सभापतिमा बिजयी खड्काले १ सय २७ मत ल्याउँदा तिमिल्सिनाले १ सय २६ मत मात्र पाइ पराजीत हुन पुगे तिमल्सिनाले खगराज समुहबाट प्यानल सहितको उम्मेदवारी दिएका थिए ।
बिजयी अध्यक्ष खड्का अल्पमतमा !
प्यानल सहित चुनाबमा होमिएकी उर्मिला खड्का भन्डारी समग्रमा उनक प्यानल अल्पमतमा परेको छ । उर्मिला नेकपा एमालेको उप महासचिव पृथ्बिसुब्बा गुरुङ समुहबाट प्यानल सहितको उम्मेदवारी दिएकिथिन । उनको प्यानलबाट खुल्ला उपाध्यक्ष सुरेन्द्र गुरुङ र उनको प्यानलमा परेका डिल्लीराम बराल र खगेन्द्र पराजुलीले चुनाव जितेकाछन । उर्मिला खड्का अघिल्लो कार्यसमितिमा महिला उपसभापतिमा निर्बाचित भै काम गरेकिथिइन ।
१ मतले पराजित भएका कृष्ण तिमिल्सिनाले लामो समयदेखि रेडक्रसको सदस्य, मन्त्री र उपसभापति लगायतको जिम्मेवारीमा रहेर काम गरेकाले उनमा रेडक्रसमा अनुभवी मानिन्छ तर कास्किमा क्षेत्रीको जातिए सहानुभूति उर्मिला खड्काले पाएको कारण नतिजा उनको पोल्टामा पुगेको बताइन्छ । स्थानिय चुनाबमा एमाले उम्मेदवार हराउ अभियानमा लागेको कुरा भुसको आगो जस्तै धुवाएको थियो तर बयानबहादुर क्षेत्री , कृष्ण थापा लगाएतले बिगतको तितो बिर्सेर सहयोग गर्दा उर्मिलाको पासा पल्टिएको विश्लेषण गरिएको छ , पिएस तर्फका नेता माधब बास्तोला , बिष्णुबहादुर क्षेत्री फिल्डमै सक्रिय भएका थिए । १५ सदस्यीय जिल्ला कार्यसमितिको चुनावमा आफू सहित ४ जना बाहेक चुनाव जित्न सकेनन । कृष्ण तिमल्सिना आफुले हारे पनि आफ्नो प्यानललाइ बहुमत दिलाउन सफल भएका छन । तिमल्सिनालाइ नेकपा एमाले पोलिट्ब्युरो सदस्य खगराज अधिकारीको आशिर्वाद रहेको बताइन्छ ।
केही महिना अगाडिसम्म रेडक्रस कास्किका कार्यालय प्रमुख रहेका मोहनसिङ खड्का कोषाध्यक्षमा १ सय २८ मत ल्याएर विजयी भए । उनी जागिरबाट हटेकै दिनबाट रेडक्रस कास्किमा आर्थिक अनियमितता भएको भन्दै सामाजिक सन्जालमा पोखिएका थिए । उनी कोषाध्यक्षमा निर्बाचित भएका छन उनलाइ आफैले उठाएको भ्रष्टाचारको बिषयमा सत्यतथ्य छानबिन गरि पुष्टि गर्नुपर्ने चुनौती थपिएको छ । उनका प्रतिस्पर्धी विष्णुप्रसाद भण्डारीले बिजयी भएका मोहनसिंह खड्कालाई सत्यतथ्य बाहिर ल्याउन चुनौती दिएकाछन । भन्डारीले १ सय १९ मत ल्याएर खड्कासङ्ग पराजित भएका थिए ।
रेडक्रस कास्किको चुनाव जित्नेमा सुरेन्द्र गुरुङ बाहेक सबैजना सभापतिमा पराजीत तिमिल्सिनाको प्यानलबाट उमेद्वार बनेका हुन। तिमिल्सिनाको प्यानलबाट उमेद्वार बनेका धेरै जनाले पदाधिकारीमा चुनाब जितेको भएपनि उनि एक मतको अन्तरमा पराजीत हुन पुगेका छन । उर्मिला जित्नु र कृष्ण ले हार्नुमा पिएस गुट बलियो भएर नभई जातिए सहानुभूतिले काम गरेको चर्चाले बजार पाएको छ । पिएस गुट बलियो नै थियो भने उर्मिला प्याननले केआर समुहको आशिर्बाद पाएका तिमल्सिना प्यानललाइ क्लिन स्वीप गर्ने थियो तर भइदियो उल्टो । माओबादी आस्थाका डिल्लिराम बराल उपमन्त्री र नेकपा एसका खगेन्द्र पराजुलीले सदस्यमा चुनाव जितेकाछन यी उर्मिला प्यानलका हुन ।
कार्यसमितिको सदस्यहरु मध्ये खुल्ला सदस्यहरुमा खगेन्द्रराज पराजुलीले १ सय ५ मत. नबराज पौडेलले १ सय ३ मत र कमल प्रसाद पौडेलले ९९ मत, सुर्यप्रसाद तिमिल्सिना पालुवाले ९४ मत, सुभाष अधिकारीले ९० मत, र महेश्वर दवाडीले ७३ मत, श्रीकान्त पौडेलले ६६ मत पाएर बिजयी भएका छन। महिला सदस्यहरुमा बबिता सुबेदीले १ सय २० मत, पार्वती कार्कीले १ सय १० मत र भगवती गुरुंगले १ सय ३ मत प्राप्त गरेर बिजयी भएका छन। सदस्यमा बिजयी हुनेहरु मध्ये खगेन्द्रराज पराजुली मात्र उर्मिला खडकाको प्यानलमा बिजयी बनेकाछन ।
दुइवटा प्यानलमा च्याखे थाप्ने काङ्ग्रेस उम्मेदवार शुन्य
प्यानल खडा गरेका खड्का र तिमिल्सिना दुवै जना नेकपा एमाले आस्थाका थिए। दुबै प्यानलमा उनीहरुले नेपाली काँग्रेस समर्थकलाई समेत मिसाएका थिए। नेपाली काँग्रेसबाट तिमिल्सिनाको प्यानलमा उप-कोषाध्यक्ष किसान परियार, महिला सदस्य पुष्पा नापित र खुल्ला सदस्यमा बुद्धिप्रसाद बराल र तिर्थराज नेउपानेले उमेद्वारी दिएका थिए । यता अर्को खडकाको प्यानलबाट उप-कोषाध्यक्षमा किसान परियार, महिला सदस्यमा पुष्पा नापित र खुल्ला सदस्यमा बिष्णुकुमार श्रेष्ठ, माधबप्रसाद गौतम र तिलकशाली सापकोटाले उमेद्वारी दिएको थिए। तर, उनीहरु सबै पराजीत बन्न पुगे। दुवै प्यानलमा परेका कांग्रेसका परियार र नापितको पराजयले कम्युनिस्टहरुले प्यानलमा काँग्रेसलाई राखेको भएपनि मत भने आफ्नो प्यानलको नहुँदा समेत कम्युनिस्टलाई नै दिएको स्पष्ट भएको कांग्रेस समर्थक एक प्रतिनिधिले गुनासो गरे ।
काङ्ग्रेस समर्थकले दुबै पक्षको बुइ चढेर जित्ने नीति लिएर दुइवटैको साझा उम्मेदवार बनेका थिए तर प्रयोग भए भोट पाएनन अन्तत दुइवटा डुङ्गामा खुट्टा राखेका काङ्रेस समर्थक उम्मेदवारहरु तालमा डुबे ।
दुईवटा प्यानललाई समर्थन गर्ने क्रममा नेपाली काँग्रेस समेत विभाजित बन्न पुग्यो। कुनै एक प्यानलमा मात्र सिमित भएको भए कांग्रेसका केहि उमेदवारले बिजय प्राप्त गर्न सक्ने सम्भावना भएपनि दुवैतिर विभाजित भएपछि कांग्रेसको प्रतिनिधित्व भने कास्की रेडक्रसमा सुन्यमा सिमित हुन पुगेको छ। कास्की कांग्रेसका सभापति किशोरबरालले खगराज संग मिलेर तिमिल्सिनालाई समर्थन गर्ने भनेपनि कांग्रेसका अरु नेताहरुले भने खड्कालाई समर्थन गरेको बुझिएको छ ।
कास्की रेडक्रसको यस पटकको चुनाबले रेडक्रसकर्मीहरुलाई मात्र नभएर कास्कीका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेलाई समेत विभाजित गर्न बल पुर्याएको छ। एमालेको बर्चस्वरहेको कास्की रेडक्रसको चुनाबमा पनि अन्य चुनाबमा जस्तै पीएस–खगराजको गुट आमने सामने जस्तै गरेर प्रतिष्पर्धामा उत्रिए । गुरुङ र अधिकारी सहित उनीहरुका समर्थक नेता र कार्यकर्ताहरु पछिल्लो समय एकअर्काका प्रतिस्पर्धी मात्रै नभएर एकअर्कालाई सकेसम्म पराजित गराउने खेलमा लाग्ने गरेको पछिल्लो उदाहरण कास्की रेडक्रस बन्न पुगेको छ। आफुहरुलाइ एमालेबाट बिश्वासघात भयो भन्दै काङ्ग्रेस समर्थक उम्मेदवार र तिनलाइ उक्साउने जिल्ला नेताहरु हिस्स बुडि हरिया दात भने झै भएका छन ।
चुनावको बैधानिकता माथी प्रश्न
कारबाही सिफारिसमा परेको केन्द्रिय अध्यक्ष लगाएतका पदाधिकारी र सदस्य अफिस गएका छैनन । केन्द्र नेतृत्वबिहिन बनेको छ । नेपाल रेडक्रस सोसाइटी अन्तर्राष्ट्रिय स्तरमा कुख्याती कमाउदै गएको छ । पवित्र र स्वतन्त्र सेवाको उद्देश्यले स्थापित रेडक्रस दलको भागबन्डामा चल्ने गरेको कुरा पुष्टि भएपछी आइसिआरसिले नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्य समितिका ५ जना पदाधिकारी लाई कारबाही गर्ने तयारी गरेको छ । आइसिआरसिको अनुपालन समितिको कारबाही सिफारिमा पर्नेहरूमा केन्द्रिय अध्यक्ष प्रा सुदर्शन प्रसाद नेपाल , भुपतिलाल श्रेस्ठ ,नारायण तिमल्सिना , मनोज कुमार थापा र बिनोद कुमार बस्नेत रहेका छन । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमिति छनोट गर्दा पदाधिकारी तथा सदस्यको दलिय भागबण्डाको सहमती पत्र तयार गरि हस्ताक्षर गरेका ५ जना पहिलो कारबाहि सिफारिसमा परेका छन ।
दलिय सहमति गरि कारबाहिको सिफारिसमा पर्नेमा नेपालि काङ्ग्रेसका प्राध्यपक सुदर्शन प्रसाद नेपाल (रुपन्देही ) हालका अध्यक्ष , भुपतिलाल श्रेस्ठ (तेह्रथुम )(नेकपा एस) हालका महामन्त्री , नेकपा माओवादीका नारायण प्रसाद तिमल्सिना (धादिङ ) हालका केन्द्रिय सदस्य ,नेपाली काङ्ग्रेसका तर्फबाट मनोज बहादुर थापा (भक्तपुर ) हालका उप-महामन्त्री , र नेपाली काङ्ग्रेसको तर्फबाट बिनोद कुमार बस्नेत (उदयपुर ) हालका केन्द्रिय सदस्य रहेकाछन । अनुसूची १ मा यी ५ जनाले पद भागबण्डाको सहमति गरेका थिए ,सहमति अनुसार नेपाली काङ्ग्रेसलाई अध्यक्ष ,उपाध्यक्ष र खुल्ला महासचिव सहित १५ जना , नेकपा एसलाइ महामन्त्री र उप कोषाध्यक्ष सहित ६ जना , माओबादिलाइ उपाध्यक्ष महिला र कोषाध्यक्ष सहित ८ जना पद बाढ्ने सहमति भएको थियो । सोही सहमतिको अक्षरस पालना गर्दै पद समायोजन गरिएको तथ्य खुलेको छ । त्यसै मध्य नेकपा एसको कोटाबाट कास्किका पुर्ब अध्यक्ष डोलराज पान्डे रेडक्रसको केन्द्रिय उप कोषाध्यक्ष बनेका छन, समायोजनको सहमती बमोजिम उनको पदले मेल खाएको छ तर पान्डे भन्छन म कुनै दलबाट गएको होइन । उनले आफू कुनै दलमा नरहेको बताए पनि उनी नेकपा एमालेको सङ्गठित सदस्य नवीकरण गरिरहेको फेला परेको छ ।
रेडक्रसको अन्तरास्ट्रिय सस्था आइसिआरसीको अनुपालन समितिले गरेको छानबिन बमोजिम ५ जना कारबाही सिफारिसमा परेकाछन । भागबण्ड लगाउनेहरु कारबाहि सिफारिसमा परेका छन । भागबन्डा लगाउनेलाई भएको कारबाही सिफारिस अब भागबन्डा खानेतिर सोझिने तयारी भएको बुझिएको छ । कारबाहिको डन्डा आफुतिर पनि सोझिने भएपछी केन्द्रिय पदाधिकारी र केही सदस्यले राजीनामा गरेर उम्कने दाउमा रहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्