नेपालमा पछिल्लोपटक बिकसित घटनाको परिणाम स्वरुप पुराना पार्टीका कार्यकर्ताहरु धमाधम आफ्नो पार्टी परित्याग गरि स्वतन्त्र भएको घोषणा गर्ने क्रम ह्वात्तै बढेको छ । जीवन भर कम्युनिस्ट पार्टिमा समर्पण गरेका कार्यकर्ताहरुले पार्टी छोड्न थालेपछी पार्टी पङ्क्तिमा पहिरो जाने क्रम नरोकिएको टिप्पणी हुन थालेको छ ।
पोखरा महानगरपालिका वडा न १ र १६ मा नेकपा एमाले र नेकपा एकीकृत समाजबादि (एस) का कार्यकर्ताहरुले पार्टिको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको लिखित जानकारी गराएका छन । यसरी पार्टी परित्याग गर्नेमा नेकपा एमालेबाट चुनाब जितेका वडा न १ का निबर्तमान वडा सदस्य रुद्र सुवेदी , एक नम्बर वडाकै एमाले वडा सचिब कल्पना आचार्य बास्तोलाले जेनजी आन्दोलनमा एमाले पार्टीको सरकारले निर्मम रुपमा बालबालिकाको हत्या गरेकोको चरम असन्तुष्ट जनाउँदै पार्टी परित्याग गरेको बताएकिछिन । यस्तै पोखरा १६ का एमालेका पुराना कार्यकर्ता मोहन कुमार सुनारले पनि पार्टी परित्याग गरेका छन ।
नेकपा एमाले बाट फुटेर बनेको नेकपा एसमा पनि पार्टी त्याग्नेहरुको लर्को लागेको छ । स्थापना कालदेखी प्रतिबद्ध रहदै आएका नेकपा एसका पुराना कार्यकर्ता गोपाल गिरिले पार्टीको सबै जिम्मेवारी परित्याग गरेका छन । गिरि मात्र होइन उनी सङ्गै नेकपा एस पोखरा २५ का नारायण अधिकारी , पोखरा १ का ॠषिराम पौडेल , पोखरा १६ का लिलाधर आचार्य , बिष्णु पौडेल र डिल बहादुर गुरुङले पनि पार्टी परित्याग गरेका छन ।
देशमा जारी पछिल्लो गतिविधिमा आफ्नो पार्टिले न्यायोचित र जन उत्तरदायी भुमिका खेल्न नसकेको , पार्टी भ्रष्टाचारको दलदलमा फसेको , जेनजी आन्दोलनलाइ उपेक्षा गरेको , हिसा मच्चाउने काम गरेको प्रती चित्त नबुझी स्वतन्त्र रहने घोषणा गरेका छन । पोखरामा मात्र नभै देशभरी पार्टी परित्याग गर्ने लहर चलेको छ । पार्टिका कार्यकर्ता मात्र नभै पार्टिबाट चुनाब जितेका जनप्रतिनिधि र प्रदेशका मुख्यमन्त्री समेतले पार्टी त्यागेको घोषणा गरेका छन ती मध्य कोहिले पुन पार्टी प्रबेश गरेका छन । यसले स्वार्थलाइ बढवा दिएको छ ।


प्रतिक्रिया दिनुहोस्