वालिङ नगरपालिकाको बजेट कर्मचारी जनप्रतिनिधि बीचको असामान्जस्यताको कारण पास हुन सकेको छैन । जनप्रतिनिधिले स्रोत सुनिस्चित नभएको योजनामा समेत बजेट राखेर करिब १ सय ६ करोड बजेट सार्बजनिक गर्ने तयारी गरेका छन तर यथार्थ योजनाको बजेट करिब ९३ करोड मात्र हुने भएकोले घाटा बजेट नल्याउने बिषयमा बिबाद भएपछी बजेट पास हुन सकेको छैन । साउनको पहिलो हप्तामा पास भै सार्बजनिक हुनुपर्ने बजेट भदौको १५ नाघिसक्दा पनि सार्बजनिक हुन सकेको छैन ।
पालिकामा बजेट जस्तो महत्वपूर्ण बिषय अलपत्र भइरहदा वालिङ नगरपालिकाकि उप प्रमुख कबिता तिवारी ५५ जनाको जम्बो टोलि लिएर भारत भ्रमणमा गएकिछिन । यसले जनप्रतिनिधिको गैरजिम्मेवार कार्यशैलीको चित्रण गरेको छ ।
जनप्रतिनिधिले भ्रमण खर्च धेरै गरे भनेर मलेपले पटकपटक सचेत गर्नुका साथै नागरिकबाट आलोचना भएरहेका बेला चालु आर्थिक बर्षको शुरुमै फेरी वालिङ नगरपालिकाले जम्बो टोली लिएर भारत भ्रमण गएको हो । उपप्रमुख कविता तिवारीको नेतृत्वमा जिल्ला समन्वय प्रमुख, उपप्रमुख, नगरको वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरु, राजनीतिकदलका नेता , कार्यालयका शाखा प्रमुखहरु, पत्रकार, डिभिजन बन कार्यालयका कर्मचारी लगायत ५५ जनाको जम्बो टोली भारत भ्रमणमा गएको छ ।
जडीबुटी उत्पादन र बजारीकरण सम्वन्धी अध्ययन अवलोकन गर्न भन्दै पतन्जली योग पिठ हरिद्वार भारत प्रस्थान गरेको स्रोतले बताएको छ । पतन्जली योगपीठ्ले आधिकारिक रुपमा बोलाएको कुनै पत्र न आएपनी नगर कार्यपालिकाको बैठकबाट भ्रमणको निर्णय गरेर भारत घुमफिर गएका छन । कति खर्च गर्ने के मा गर्ने र कतिजना सहभागी हुने भन्ने बिषयमा बैठकले कुनै निर्णय गरेको छैन यद्यपि भ्रमण घुमफिर गएकाछन । यस बिषयमा नगर प्रमुख कृष्ण खाँणले भने जडीबुटीको सम्वन्धमा पतञ्जलीसगँ छलफल भइरहेको र सोही मुताविक यो भ्रमण आयोजना गरिएको बताए ।
जडिबुटी सङ्ग सरोकार नै नराख्नेलाई भारत घुमाउनु पर्ने आखिर किन ? नागरिकले तिरेको कर राजस्वमा होलि खेल्ने प्रवृत्ति कहिले सम्म रहन्छ ? मलेपले बेरुजु जनाएर सचेत गराउदा पनि जनप्रतिनिधि र राजनीतिक दलको चेत नखुल्नुलाइ बिडम्बना मानिएको छ ।
भ्रमणको नेतृत्व उपमेयरले गर्ने र पतन्जीसगँ पनि समन्वय गर्ने जिम्मेवारी उहाँलाई नै दिएको बताए । खर्चको बिषयमा के हो भनी सोधेको प्रश्नमा नगर प्रमुख खाँणले नेपालको खर्च नगरपालिकाले र भारतको खर्च पतन्जलीले व्यहोर्ने कुरा भएको बताए । तर यो भ्रमणको बिषयमा पतन्जलीले आधिकारीक पत्र भने नपठाएको बताइएको छ । नेपालभन्दा बाहिर भ्रमणगर्दा नेपाल सरकारको अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । नगरपालिकाले सामान्य प्रशासन मन्त्रालयको विकास सहायता समन्वय शाखामा पत्राचार गरेपनि प्रक्रिया नपुगी आएकाले फिर्ता पठाइदिएको शाखा अधिकृत दिनेश ढकालले बताए । नगरपालिकाले जम्बो टोली लिएर भ्रमण गरेको बिषयमा अहिले आलोचना भइरहेको छ ।
पतन्जली योग पीठ्का सन्चालक मध्यका एक आचार्य बालकृष्ण वालिङ कै भएकोले उनलाइ भेट्न गएको मेयर कृष्ण खाडले बताए ।तर आवाश्यक नभएका ब्यक्तिलाइ लगेर नगरपालिकाको बजेट खट्टे बाढेझै खर्च गर्नुलाई किमार्थ राम्रो मान्न सकिन्न । डेढ महिनासम्म बजेट सार्बजनिक गर्न नसक्ने तर घुमफिरमा भने सबै पात्र एक हुने गज्जबको एकता मान्न थालिएको छ । भ्रमणको खर्च र उपलब्धी सम्बन्धमा भ्रमण टोलिले कस्तो प्रतिबेदन देला त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।


प्रतिक्रिया दिनुहोस्