औधोगिक नगरी बिराटनगरको १९ नम्बर वडा बैजनाथपुर घिनाघाटमा बिराटनगरकै पहिलो महाआरती शिवगङ्गा महाआरती हुने भएको छ । साउन ४ गते सोमबार अपरान्ह महाआरति हुने गरि तयारी अन्तिम चरणमा पुगेको वैदिक सनातन धर्म सस्कृती सर्क्षण अभियान समितीका महासचिव एबम कार्यक्रम सयोजक दामोदर खरालले बताएकाछन ।
वैदिक सनातन धर्म सस्कृती सरक्षण अभियान समितिले नियमित आरती सुरु गरेको २ बर्ष पुगेको अबसरमा विशेष रित पुर्याइ शिवगङ्गा महा आरती गर्ने तयारी भएको छ । महा आरतिको लागि नोबेल मेडिकल लगायतका सस्था र धर्म अनुरागिहरुले स्वतस्फूर्त सहयोग गरेकाछन । साझमा आरती हुने भएपनी ४ गते सोमबार बिहानै देखि विभिन्न धार्मिक अनुस्ठानका , अखण्ड रुद्री बाचन , धर्म गुरुहरुबाट प्रवचन , भजन किर्तन लगायतका कार्यक्रमहरु हुने अमितिका कोषाध्यक्ष टिकारम घिमिरेले बताए ।

वैदिक सनातन सरक्षण , सम्बर्द्धन हेतु , बिश्व जगत कल्याण हेतु , मातृभुमी रक्षा हेतु , हिन्दु अधिराज्य स्थापना हेतु लगायतका बिषयमा महा आरती गरिने आयोजक सस्थाले बताएको छ । समितिका प्रमुख सरक्षक धार्मिक ब्यक्तित्व आचार्य पण्डित छविरमण निरौलाले सामाजिक सन्जाल मार्फत सनातन हिन्दु धर्मावलम्बीहरुलाइ सहभागिताको लागि आग्रह गर्दै कार्यक्रमलाइ भव्य सभ्य बनाउन अनुरोध गरेका छन ।
स्मरणीय छ साउन महिना शिव महिमाको पावन महिना भएकोले साउन महिनाको हरेक सोमबार शिबगङ्गा आरती हुने छ । बिगत २ बर्ष देखि हरेक सोमबार आयोजना हुँदै आएको शिवगङ्गा महा आरतिलाइ साउनको महिनामा विशेष हुने अपेक्षा गरिएको छ । बैजनाथपुरको घिनाघाटलाइ पवित्र धामको रुपमा बिकास गराएको छ यसबाट धार्मिक पर्यटनको बढोत्तरी हुने स्थानिय प्रबुद्द बर्गले बताएकाछन । अभियान समितिका अध्यक्ष समाजसेवी इश्वर खतिवडाको नेतृत्वले नियमित रुपमा सकृय योगदान पुर्याएर धार्मिक गतिबिधिलाइ प्रवर्द्धन गरेका छन ।

प्रतिक्रिया दिनुहोस्