२०८२ मंसिर २७
०६१४४५०००, ९८५६०३३३९१

पूर्वसभामुखद्वय घर्ती र महराले फिर्ता गरे संसद्को गाडी ,सापकोटा र रानाभाटको बाकी

बर्षौ अघि पद गयो तर राज्यबाट लिइएको सुबिधा भने फिर्ता नगरेका राजनीतिक ब्यक्तिह पुर्ब पदाधिकारी र उच्च प्रशासकहरुले अन्तरिम प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारले धमाधम फिर्ता गर्न लगाएको छ । प्रचलित कानुन बमोजिमबाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार नै गरेको थियो ।

राष्ट्रिय सभाका पुर्ब अध्यक्ष गणेश तिमल्सिनाले शनिबार कास्की प्रशासन मा लगएर गाडी बुझाए सङ्गै भामुखद्धय ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संसद् सचिवालयबाट लिएको गाडी सुविधा फिर्ता गरेका छन् । उनिहरु दुबै नेकपा माओबादिबाट निर्बाचित ससद थिए ।

यस्तै बर्तमान सरकारले हालै सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको छ ।उनिहरुले पदबाट अबकाश हुदा राज्यको सुबिधा र सवारीसाधन फिर्ता नगरी आफै घर लगेका थिए ।

प्रचलित कानुन बमोजिमबाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार नै गरेको छ

ससदका पुर्ब सभामुख काङ्ग्रेसका तारानाथ रानाभाट र माओबादिबाट सभामुख बनेका अग्नि प्रसाद सापकोटाले अझै सवारी फिर्ता गरेका छैनन ।
राज्यको स्रोत दुरुपयोगको नमुना हो यो । एकचोटि पदमा पुगेपछी जिन्दगिभरी सुबिधा लिने दलको राजनितिक स्वार्थ र कार्यशैलीले देशको बिकाश खर्छ भन्दा चालू खर्च बढी हुँदै आएको थियो । सुबिधाभोगी दलहरुले जनताको रगत पसिना र आसुमाथी होलि खेलेर देशमाथी गद्दारी गरेका तथ्यहरु धमाधम बाहिरिएका छन । पुर्ब पदाधिकारी र प्रशासकले लिएको सुबिधा फिर्ता गर्दा पनि हालै भएको आगजनी र बिनासको पुर्ती गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्