देशभरको सामुदायिक बिध्यालयहरुले गरेको असल अभ्यासको पछिल्लो नतिजा सार्वजनिक भएको छ । शैक्षिक सत्र २०८० सम्मको नतिजालाई शिक्षा बिभाग अन्तरगतको मानव स्रोत बिकास केन्द्रले हालै मात्र सार्बजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार ९३.३ प्रतिशत अङ्क ल्याएर पोखरा १६ को बिन्ध्यबासिनी मा बि बाटुलेचौर देश भरमा दोस्रो हुन सफल भएको छ । विन्ध्यवासिनी माविले शैक्षिक गतिविधी तथा क्रियाकलापको असल अभ्यास तर्फ देशभरि नै उत्कृष्ट दोस्रो बन्न सफल भएको छ। प्रयाप्त खेलकुद मैदान नभएको कारण दशमलव २ अङ्कले प्रथम स्थान हासिल गर्न बाट बन्चित भएको छ । बुटवलको कालिका मानव ज्ञान माबिले ९३.५ प्रतिशत अङ्क ल्याएर प्रथम भएको छ ।
शिक्षा विभाग अन्तरगतको मानव श्रोत विकास केन्द्रले गरेको मुल्यांकनको आधारमा बाटुलेचौरको विन्ध्यवासिनी मावि गण्डकी प्रदेशमा उत्कृष्ट पहिलो र देशभरवाट छानिएका विद्यालयमा दोस्रो बन्न सफल भएको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले जानकारी दिएकाछन । विभिन्न मापदण्डका आधारमा सामुदायिक मावि तर्फ विद्यालयको मापन गरिएको थियो ।त्यस्तै पोखराकै शितलादेवी मावि ८६.२ प्रतिशत अङ्कका साथ उतकृष्ट दशौं स्थानमा परेको छ भने म्याग्दीको वेनी सामुदायिक मावि ८८ प्रतिशत अङ्क पाई आठौंमा पर्न सफल भएको केन्द्रले सार्बजनिक गरेको विवरणमा उल्लेख छ ।
अघिल्लो वर्ष सामुदायिक विद्यालय तर्फ पहिलो हुन सफल विन्ध्यवासिनी माविले शैक्षिकसँगै अतिरिक्त क्रियाकलापका कारण पनि विद्यालय लगातार उत्कृष्ट रहँदै आएको वताएको छ । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले सबै पक्षको मेहनत र शैक्षिक गुण्स्तरसँगै विभिन्न मापदण्डमा विद्यालय सबल भएका कारण उत्कृष्ट भएको बताउनुभयो । उहाँले विद्यालयको उत्कृष्टताले थप हौंसला प्रदान गरेको भन्दै थप गुणस्तरीय शिक्षा प्रदान गर्ने जिम्वेवारी बढेको प्रतिक्रिया दिए।
बिन्ध्यबासिनी माबिले २०७५ साल देखि शैक्षिक नतिजा लगायत विभिन्न बिधामा राष्ट्रिय पुरस्कार र सम्मान हासिल गर्दै आएको छ । महानगर , जिल्ला , प्रदेश हुँदै केन्द्र सरकारको मुल्यांकनमा समेत सर्बोच्च स्थान हासिल गर्न सफल बिन्ध्यबासिनी माबिमा १५ सय बिध्यार्थी अध्ययनरत छन ।


प्रतिक्रिया दिनुहोस्