पछिल्लो बर्ष नेपालमा इभि मोटरको मार्केट ह्वात्तै बडेको छ । इभि पब्लिक भ्यानरु दुर्घटना बढी भएको देखिएपनी कारहरुमा यो समस्या न्यून रहेको छ । अबका दिन इभि कारले बर्चस्व स्थापित गर्ने देखिएको छ ।
यहि चार्मिङलाइ सम्बोधान गर्दै एसएसएल मोटरले बिश्वमा नाम चलेका इभि ब्रान्डेड लिप मोटर्स सोरुम सन्चालनमा ल्याएको छ । पोखरामा लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुम खुलेको हो । पोखराको शिवचोकमा स्थापना भएको शोरुमको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । कार्यक्रमका पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र विशेष अतिथि होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले शोरुमको उद्घाटन गर्नुभयो 
पोखरा क्षेत्रका लागि लिपमोटर र सिट्रोन गाडीका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्स कम्पनी प्रालीले शिवचोकमा स्थपना भएको मल्टिब्राण्ड शोरुमबाट कम्पनीले थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) सेवा प्रदान गर्नेछ । शोरुम उद्घाटनकै अवसरमा लिपमोटरको नयाँ मोडल बि१० विद्युतीय गाडीसमेत सार्वजनिक भएको छ ।
शोरुम उद्घाटन एवं बि टेन सार्वजनिक कार्यक्रममा पोखरा क्षेत्रका उद्योगी, व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।
लिपमोटर र सिट्रोन गाडीको अन्तर्राष्ट्रियस्तरको शोरुम उद्घाटनसँगै पोखराको अटोमोबाइल क्षेत्र थप सशक्त भएको विश्वास गरिएको छ । उक्त शोरुमले प्रिमियम, ग्राहक–केन्द्रित अटोमोटिभ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ ।
शोरुममा उपस्थित भएर पोखरा क्षेत्रका ग्राहकले टेस्ट ड्राइभ, विशेषज्ञ परामर्श र दुवै ब्रान्डका नवीनतम मोडेलहरूबारे प्रत्यक्ष बुझ्न सक्नेछन ।लिपमोटर बि टेन स्मार्ट, सुरक्षित र आकर्षक गाडी हो । ‘लाइफ’ र ‘डिजाइन’ गरी लिपमोटर बि१० नेपालमा दुई भेरियन्टमा उपलब्ध छ । ‘लाइफ’ भेरियन्टको मूल्य ५५ लाख रुपैयाँ पर्छ ।तर तिहारको पुर्ब सन्ध्यामा स्थापित कम्पनिले ‘लाइफ’को अफर मूल्य ४९ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ । त्यस्तै ‘डिजाइन’ भेरियन्टको मूल्य ६० लाख रुपैयाँ रहेपनि अफर मूल्य ५६ लाख ९९ हजार रुपैयाँ मात्र कायम गरिएको छ । अफर मूल्यका कारण लिपमोटरका ग्राहकहरु लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।
पोखरामा लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुमको उद्घाटनसँगै नयाँ लिपमोटर गाडी सार्वजनिक गर्न पाउँदा गौरव महसुस भएको प्रालिका सञ्चालक गोपाल बरालले बताउनुभयो । ‘हामीले अटोमोबाइल क्षेत्रमा लामो समयको अनुभव संगालेका छौं । ग्राहकको विश्वास जित्न सक्नु नै हाम्रो सफलता हो,’ उहाँले भन्नुभयो । लिपमोटर र सिट्रोन गाडी पोखरा क्षेत्रमा छोटो समयमा लोकप्रिय बनेको बताउँदै उहाँले नयाँ लिपमोटर पनि धेरैको रोजाईमा पर्ने विश्वास व्यक्त गर्नुभयो । दुई दशक अघि देखि अटो मोबाइल क्षेत्रमा सफल अनुभव हासिल गरेको कम्पनी एसएसएलले जनताको आवश्यकता र समयको मागलाई सम्बोधन गर्दै इभि कार ब्यबसायमा बृहत् बिस्तार गरेको छ ।
लिपमोटर बि१० का मुख्यय विशेषताहरू
लेन असिस्ट, इमर्जेन्सी ब्रेकिङ, र ३६०° क्यामेरा सहित उन्नत ADAS सुरक्षा प्रणाली रहेको छ ।६७.१ किलोवाट क्षमताको ब्याट्रीले ६०० रेन्जको पर्फर्मेन्स दिने कम्पनिले दाबी गरेको छ । AI–प्रबिधीबाट सञ्चालित स्मार्ट ककपिटले गाडिको उन्नत र आधुनिक क्षमातालाइ प्रमाणित गर्ने कम्पनिले दाबी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्