२०८२ कार्तिक २१
०६१४४५०००, ९८५६०३३३९१

कालिका मन्दिर तथा कोत मामलियत ब्यबस्थापन समितिमा नयाँ नेतृत्वको पदास्थापन

प्राचीन र पुरातात्त्विक महत्व बोकेको कालिका मन्दिर तथा कोत मामलियत ब्यबस्थापन समितिमा नयाँ नेतृत्व चयन भएको छ । असोज २५ गते आयोजित १८ औ बार्षिकोत्सब तथा ६ ठौ अधिबेशनले कर्ण बहादुर खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको पदास्थापन गरेको छ ।
शनिबार एक औपचारिक कार्यक्रमका बिच समितिको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ ,सचिबमा नारायण प्रसाद देवकोटा , कोषाध्यक्षमा बलराम भट्टराई ,सहसचिबमा कुल बहादुर खत्री , सदस्यहरुमा जयलाल भट्टराई , रुद्र तिमल्सिना ,जिबनारायण श्रेष्ठ , शारदा देवकोटा , शरदचन्द्र देवकोटा , सागर देवकोटा , पार्बती तिमल्सिनाको पदास्थपान भएको हो । समितिको पदावधी ३ बर्ष हुने बिधानको ब्यबस्था रहेको छ ।
समितिका सल्लाहकारहरु बेनि बहादुर बस्नेत , राम बहादुर बानियाँ, चित्र बहादुर थापा लगायतले फूलमाला लगाएर पदास्थपन गराएका थिए । पदास्थापन पछि समितिका नबनिर्बाचित अध्यक्ष कर्णबहादुर खड्काले आगमी कार्यकालको कार्य योजना प्रतिबद्धता ब्यक्त गरेका थिए । पदास्थापन कार्यक्रम निबर्तमान अध्यक्ष दुर्गा केसि थापाको अध्यक्षतामा र सन्चालन सचिब बलराम भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्