२०८२ कार्तिक २१
०६१४४५०००, ९८५६०३३३९१

हरियाली मासेर कङ्कृट सरचना ! रामघाटको शान्ती बन बाटिका अतिक्रमणको चपेटामा , राज्य सयन्त्र निरीह!

पोखरा महानगरपालिका वडा नम्बर १० रामघाट जाने बाटोमा रहेको बैरागी बन अहिले इतिहासमा सिमित हुन पुगेको छ । ६० को दशक सुरुवात देखि बैरागी बन शान्ती बनबाटिकामा रुपान्तरण हुन पुग्यो । तत्कालिन अबस्थामा नापि कार्यालयले गरेको सर्भे अनुसार ५३ रोपनी जग्गा बन बुट्यान क्षेत्रमा परेको थियो ।
पोखराको केन्द्र भाग रामघाटमा रहेको शान्ती बनबाटिका क्षेत्र विभिन्न सस्थाको गिद्दे नजरको सिकार बन्न पुगेको अहिलेको त्यहाँको अबस्थाले पुष्टि गर्दछ । विभिन्न धार्मिक र जातिय संघ सस्थाहरुले रामघाटको शान्ती बन बाटिका साबिकको बैरागी बनलाई अतिक्रमणको चपेटामा पारेर भाग-बिलो लगाएर यतिखेर कङ्कृटको भौतिक निर्माणले भरिएको छ ।
बन तथा बाताबरण मासेर भौतिक सरचना बनाउने कार्यमा तीनै तहको सरकार सम्लग्न रहेको पाइएको छ । जसलाइ जे बनाउन मन छ बाउको अङ्श दाबी गरे जस्तै बैरागी बनको जग्गा दाबी गरेर भएका रुख बुट्यान मासेर आफुखुसी सरचना बनाइएको छ । भोगाधिकार र पुर्जा केही नभएको ठाउमा सरकारले योजना र बजेट दिएर अतिक्रमणलाई नियमन र कारबाहिको सट्टा पुरस्कृत गरेको छ । सरकारको आर्थिक कानुन अनुसार यो कार्य अबैध मानिन्छ ।
पोखरा महानगरपालिका वडा नम्बर १० रामघाट्को नक्सा सिट नम्बर ०९३-०९६०-२ किन २२०७ को करिब ५३ रोपनी जग्गा साबिकको बैरागी बन थियो ।
पस्चिमान्चल क्षेत्रीय अस्पताल जाने बाटो देखि पश्चिम र सेती गन्डकी बाट पुर्बमा रहेको ५३ रोपनी बन क्षेत्रको अधिकास जग्गा अतिक्रमण भइसकेको छ । अहिलेको अबस्थामा त्यहाँ न बन छ न खाली जग्गानै छ । जग्गा अतिक्रमणको चपेटामा परिरहदा स्थानियहरुले कराइरहे तर सरकार मुकदर्शक मात्र बनेन बरु उल्टै जग्गा बाड्दै अतिक्रमणको पक्षमा लागेर विभिन्न संघ सस्थाहरुलाइ जग्गा बाढिरहे । अन्तत सरक्षणकर्मि र स्थानियहरु छाँयामा परे ।

क कसले गरे बैरागी बनको जग्गा अतिक्रमण ?

           वडा प्रहरी कार्यालय रामबजारको  निर्माणाधिन भवन
बैरागी बनको जग्गा अतिक्रमण गरि भवन लगायतको सरचना निर्माण गर्नेमा बौद्ध अर्घौ सदन  सबैभन्दा अगाडि रहेको स्थानीय प्रत्यक्षदर्शिले बताएकाछन । अर्घौ सदनले कब्जा गरेको बैरागी बनको झन्डै आधा जग्गा भित्रै हालै मात्र बिद्धुतिय शबदाह गृह निर्माण भएको छ । करिब १६ करोड खर्च गरेर बनाइएको शबदाह गृह निर्माण सम्पन्न भइ पोखरा महानगरपालिकालाई हस्तान्तरण भएको डेढ बर्ष भैसक्दा पनि सन्चालनमा आउन सकेको छैन । कहिले चल्छ अझै अनिश्चित छ । बौद्ध अर्घौ सदनले कब्जा गरेको बैरागी बनको जग्गा दर्ता गरिसकिएको बताइन्छ । कहिले कसले दर्ता गर्यो त्यो खोजिको बिषय बनेको छ ।

रामघाट धार्मिक क्षेत्र बिकास समिति सहित
  दोस्रोमा रामघाट धार्मिक क्षेत्र बिकास समितिले बैरागी बनको जग्गा अतिक्रमण गरि भवन बनाएको छ । धार्मिक क्षेत्र बिकास समितिले भवन बनाएपछी त्यहा विभिन्न समितिले अड्डा जमाएका छन । माथिल्लो तलामा मुक्तिनाथ सन्त आश्रमका नाममा विभिन्न गतिबिधी हुँदै आएको छ । त्यही भवनमा सत्य साइ भजन समूह , सत्य साइ सेवा सङ्गठन , नेपाल दैबिक शक्ति ज्योतिष सस्था , विश्व हिन्दु महासङ कास्की , अन्नपूर्ण सामुदायिक सिकाइ केन्द्र , रहेका छन । मुल गेट छेउमा किरियापुत्री भवन बनाइएको छ ।

बौद्ध अर्घौ सदन रामघाट       
  केही बर्ष अघि क्षेत्री समाज , ब्राह्मण समाज , गोकुल धाम ,बुद्दचोक बाताबरण सुधार समाज नामका संघ सस्थाहरुले जरा गाडेर बसेका थिए उनिहरु कतिपयले अनुमती नलिई दर्जनौ रुख फाडेर बस्दा पनि बन कार्यालय र सरकारको ध्यान गएको थिएन । सिद्दाश्रम शक्ति केन्द्र र नरनारायण बाबा आश्रम नामको सस्थाले पनि बनको जग्गा अतिक्रमण गरेर बिल्डिङ बनाएर राखेका छन ।
बैरागी बनको दक्षिण तर्फ भुरुङ्दी समाज नामको सस्थाले ४ रोपनी भन्दा बढी जग्गा कब्जा गरेर तार बार लगाएर राखेको देखिन्छ । सरकारी बन क्षेत्रको जग्गामा ब्यक्तिगत बपौती जस्तै गरि कब्जा गर्दा राज्यका निकायहरु मौन रहनुलाइ बिडम्बना मानिएको छ । केही बर्ष अघि बनमा छिर्न डर लाग्दो झाडी र रुखहरु थिए अहिले उजाड बनाइएको छ । पोखराको केन्द्रमा रहेको बन बाटिका क्षेत्र जोगाउने तर्फ भन्दा मास्ने हरुको बाहुल्यता देखिन्छ । संघ सस्थाहरुलाइ सरकारी बन मासेर आफ्नो स्वार्थ पुर्ती गर्न सरकारले नियमन गर्नु बन जोगाउनु त कहाँ हो कहाँ उल्टै श्रेस्ता पुर्जा र भोगाधिकार नभएका त्यस्ता जग्गामा सरचना बनाउन बजेट दिएर अर्को कुकर्म गरेको छ ।
वडा प्रहरी कार्यालय रामबजारको भवन पनि बनको जग्गा मासेर रुख फाडेर बनाइएको छ । शान्ती बन बाटिका भित्रको १० रोपनी भन्दा बढी जग्गाको रुख मासेर वडा प्रहरी कार्यालय बनाइएको छ। क्याबिनेट बाट निर्णय गराइ जग्गा प्राप्त गरेको सुनिन्छ । नयाँ ठाउँमा बृक्षरोपण गर्ने कार्य छोडेर भएका बन बाटिका मासेर कङ्कृटको बिकास गर्दा आउदो पुस्ताले कस्तो आशिक देलान सरकार र नियामक निकायलाइ !

सिडियो को दुई थरी आदेश ! यस्तो छ ।

 

 

प्रजिअ चेतनाथ भट्टराईको निर्णय 

राज्यको कानुन एउटै , नीति एउटै भएपनी कार्यान्वयन गर्ने ब्यक्ती पिच्छे हुन्छ भन्ने कुरा रामघाटको शान्ति बन बाटिकाको जग्गा बाडफाडमा प्रस्ट देखिएको छ । सराङ्कोटलाइ ढिलोगरी प्राप्त कागज पत्र अद्य्ययन गर्दा यस्तो देखिएको हो । कास्किका तत्कालिन प्र जि अ शम्भु कोइरालाले २०६७/०९/०९ मा सरकारी बन (शान्ती बन बाटिका )को जग्गा अतिक्रमण कारिलाइ सुम्पने निर्णय गरेको पाइएको छ । टाशी छोइलिङ गुम्बा र रामघाट धार्मिक क्षेत्र बिकास समिती बीचको बिबाद समाधानको नाममा गुम्बालाइ ३ रोपनी ११ आना जग्गा दिने सहमती पत्र प्र जि सम्भु कोइरालाले प्रमाणित गरेका छन । बिबाद समाधानको बहानामा यसरी सरकारी बनको जग्गा गैरसरकारी सस्थाहरुलाइ दिइनुमा शुभलाभको खेल हुन सक्ने आशङ्का उब्जिएको छ ।

प्रजिअ सम्भु कोइरालाको निर्णय

यस्तै कोइरालाको सरुवा पछि कास्की आएका अर्का प्र जि अ चेतनाथ भट्टराईलाई २०६८ माघ २३ गते स्थानिय समाजसेवि , सरक्षणकर्मी र नागरिक समाजका प्रतिनिधिहरुले शान्ती बनबाटिका (बैरागी बन बचाउ सरोकार समिति) ले विभिन्न १३ वटा समितिले जग्गा अतिक्रमण गरि सरचना निर्माण गरिरहेको भन्दै निबेदन दिएपछि कास्की प्रशासनले स्थानियको मागमा सकृयता देखाएको थियो । प्रजिअ भट्टराईले २०६८/११/३० गते सर्बपक्षिय बैठक राखी जग्गाको स्वामित्व र भोगाधिकार नलिइ रामघाट स्थित शान्तिबन बाटिकाको जग्गामा कुनै सरचना निर्माण नगर्ने निर्णय भएको थियो ।
प्रजिअ चेतनाथ भट्टराईको निर्णय र प्रजिअ सम्भु कोइरालाको निर्णय परस्पर बिरोधी रहेको छ । कोइराला जग्गा बाढ्ने , भट्टराई जग्गाको स्वामित्व र भोगाधिकार बिना केही नगर्नु भन्ने अभिब्यक्तिले बैरागी बन यता न उत्ता भएको छ । शक्तिका पुजारिहरुले जग्गा हडप्ने क्रम रोकिएको छैन । शान्ती बन उपभोक्ता समिती दर्ता भयो तर बन मासिएका कारण समिती नै अस्तित्व लोप हुने अबस्थामा पुगेको छ ।
सरकारी तथा सार्बजनिक र बन क्षेत्रका जग्गा देशभरमा अतिक्रमणको चपेटामा परेको छ । त्रिभुवन बिश्वबिद्धालय किर्तिपुरको करिब ९ सय रोपनी जग्गा विभिन्न संघ सस्थाहरुले हडपेको कुरा सार्बजनिक भएको छ । यसै गरि पोखरा १० रामघाटको जग्गा क कसले हडपे र सरचना बनाए ? कुन कानुन बमोजिम त्यसरी जग्गा हडपेर सरचना बनाइयो ? त्यस बारेमा सत्यतथ्य छानबिन गरि बन क्षेत्र बनकै अधिनमा हुनुपर्छ भन्ने माग उठेको छ ।

प्रतिक्रिया दिनुहोस्