यदुनाथ बन्जारा
पुल सेक्टर पोखरा अन्तरगत २२ वटा पुल निर्माणका योजनाहरु सन्चालनमा रहेका छन । सन्चालनमा रहेका मध्य कतिपय योजना रुग्ण सुचिमा छन भने कतिपय कारबाही स्वरुप ठेक्का तोडिने अबस्थामा पुगेका छन । योजना हाता पार्ने तर बर्षौ सम्म योजना अलपत्र पारेर बिकासको बाधक बन्ने प्रवृत्तिका बिरुद्द सरकारले कडा कदम चाल्न सकेको छैन । यसो हुनुमा सरकर र ठेकेदार कम्पनी सन्चालकहरुको मिलेमतोको रुपमा लिइएको छ । के छ पोखरा सेक्टर अन्तरगत संचालित योजनाहरुको यथार्थ अबस्था , एक रिपोर्ट –
७ पटक म्याद थपिएको अलपत्र पुल –
पोखरा महानगरपालिका वडा न २९ मुसेटुडा र ३३ को तिक्लाङ भरतपोखरी जोड्ने पुल निर्माण बर्षौ देखि अलपत्र रहेको छ । तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकी विभिन्न बहाना बनाएर ७ औ पटक सम्म ठेक्काको म्याद थप्ने काम भएको छ । निर्माण कम्पनिले बहाना खोजेर ठेक्का लगाउने कार्यालयलाइ चित्त बुझाउने र स्वार्थ सिद्द गर्ने कार्य हुनुलाइ सामान्य मान्न थालिएको छ । मुसेटुडा – तिक्लाङ सडक एक नमुनाको रुपमा मात्र लिन सकिन्छ ।
नेपालमा सरकारले लगाएका ठेक्का ७ औ पटक सम्म म्याद थप्दा पनि अझै रुग्ण अबस्थामै रहनुले सरकारी सयन्त्रको निरिहता र कुशासनलाइ चित्रण गराएको छ । लुम्बिनी लोहनी मृत सन्जिबनी जेभी काठमान्डूले १४ करोड ५४ लाख ५२ हजारमा ठेक्का पाएको उक्त ठेक्का मिति २०७४ साल असार ७ गते निर्माण सम्झौता भएको थियो ।
२ बर्ष भित्र निर्माण सम्पन्न गर्नुपर्ने पुल अहिले सम्म अलपत्र देखिन्छ । पुल सेक्टर कार्यालय पोखराका सूचना अधिकारीले दिएको विवरण अनुसार ८० प्रतिशत भौतिक प्रगती र ७५ प्रतिशत बित्तिय प्रगती भएको उल्लेख छ । अन्तिम पटक म्याद थपिएको बाट ३ महिना पनि बाकी छैन । २०८२ माघ ८ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने पुल अझै पनि निर्माणकार्य पूरा हुनेमा सुनिस्चितता नदेखिएको प्राबिधिकले दाबी गरेका छन । फिल्डको अबस्थाले पनि यहि बताउछ ।
निर्माण व्यावसायिहरुको संघ सस्थाले सरकारलाइ घुडा टेकाएर आफ्नो स्वार्थ पुर्ती गर्दै आएका छन । सार्बजनिक खरिद सम्बन्धि कानुन १४ औ पटक सम्म संशोधन भयो तर राज्यले कहिल्यै जित्न सकेन । निर्माण व्यावसायिहरुले सरकारलाइ दवाब र प्रभावमा पारेर आफू अनुकुल कानुन संशोधन गरेर राष्ट्रिय ढुकुटीबाट बन्ने योजनाहरुलाइ अलपत्र पारिरहदा नयाँ ठेक्का दिने देखि रुग्ण योजनाको म्याद थपिरहन सरकारी निकाय निरीह बन्दै आएको पाइन्छ ।
मुसेटुडा – तिक्लाङ पुल योजना निर्माण कम्पनी आफैले डिजाइन गरेको योजना हो । डिजाइन फेल भएका कारण रिभाइज गरिएको र पुन डिजाइन रिभाइज गरिएको कारण ढिलाइ हुन पुगेको साइट इन्जिनियर आशिष पोखरेलले बताए । उक्त पुल निर्माण गरेको लुम्बिनी लोहनी मृत सन्जिबनीले पोखराको तीन वटा पुल ( सेती गन्डकी माथिका )निर्माणको प्याकेज ठेक्का पाएको थियो । कोत्रे र याम्दी -लामाचौर पुलको एप्रोचको काम अलपत्र रहेको कारण सहज आवतजावत हुन सकेको छैन ।
तोडिदै कालिगन्डकी पुल ठेक्का
निर्माणमा कार्य प्रगती नभएको भन्दै तनहुको सुन्धारा र नवलपरासी पुर्बको रोकुवा जोड्ने कालीगण्डकी नदि माथिको पुलको ठेक्का तोढ्ने प्रक्रियामा गएको छ । पुल सेक्टर पोखराले दिएको सुचना अनुसार २०८० असार ३० गते निर्माण सकिनुपर्ने उक्त पुल ठेक्कामा भौतिक प्रगती नभएको कारण ठेक्का तोढ्ने अन्तिम अबस्थामा पुगेको छ ।
महाबिर गौरी पार्वती निलगिरी जेभी प्रा लि पुरानो बानेश्वर काठमान्डूले २५ करोड ९३ लाख ५४ हजारमा ठेक्का पाएको उक्त योजना २०८० /०३/३० मा निर्माण सम्पन्न गर्नुपर्ने थियो । योजनाको प्रगति नगर्ने निर्माण कम्पनीको सम्झौता भङ्ग गर्ने प्रक्रिया अगाडि बढाइएको पुल सेक्टर कार्यालय पोखराले बताएको छ ।
२२ वटा योजना चालू रहेका मध्य ४ वटा योजना सम्पन्न भएका छन । ती बाहेक बाकी योजनाहरु सन्चालनमा रहि आएका छन । सन्चालनमा रहेका योजनाहरु नियमानुसार काम गर्छन कि अलपत्र पार्छन त्यसको लागि हामी निरन्तर खबरदारी र फलो अप गरिरहनेछौ ।
बिगतका भौतिक योजना मन्त्रीले योजनाको प्रभावकारी निर्माण भन्दा ठेकेदार मैत्री हुने गरेका कारण नेपालका सार्बजनिक निर्माण योजनाहरु रुग्णको सुचिमा चाङ बन्दै गएको आरोप लाग्ने गरेको थियो । अन्तरिम सरकारका भौतिक योजना मन्त्री कुलमान घिसिङले शून्य सहनसिलता अपनाएर कठोर कदम चाल्ने बताउदै कारबहिमा उत्रने सङ्केत गरेकाछन । ६ महिने अन्तरिम सरकारको कार्यकालमा ठेकेदारले सरकारलाइ तह लगाउछ कि सरकारले ठेकेदारलाइ त्यो भने हेर्न बाकी छ ।




प्रतिक्रिया दिनुहोस्