२०८२ कार्तिक २१
०६१४४५०००, ९८५६०३३३९१

कार्तिक १६ गते बाट सरकारी कार्यालय ४ बजे बन्द

नेपाल सार्बजनिक बिदा दिनमा बिश्वमा अग्र पङ्क्तिमा परेको छ । स्थानियको पर्व ,जातै पिच्छेको नव बर्ष , मेला , जात्रामा समेत बिदा दिएर राष्ट्रलाई घाटा पुर्याउदै नेपालले पस्चगमनको नीति लिएको छ । यसै क्रममा कार्तिक १६ गते देखि सरकारी कार्यालयको समय अपरान्ह एक घण्टा छोटिएको छ । १५ गते सम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म रहेकोमा आइतबारदेखि अपरान्ह ४ बजेपछि कार्यालय बन्द हुने छ ।

जाडो मौसममा दिन छोटो, रात लामो हुने भएकाले सकारले हरेक वर्ष कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय एक घण्टा छोटो तोक्ने गरेको छ । माघ १६ देखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ५ तोकिएको छ । शुक्रबार सबै महिना दिउँसो ३ बजेसम्म कार्यालय खुल्छ ।
सेवाग्राहीले सरकारी सेवा अबधिको जानकारी नपाउदा कतिपयले दुख पाउने गरेका छन । सरकारी समय १० -४ भएपनी कति पय कर्मचारी हरु ३ आधा घन्टा ढिलो आउने , आधा घन्टा छिटो जाने गरेका हुन्छन सोधिहल्यो भने अफिसको कामले बाहिर गएको वा साइटमा गएको जवाफ पाइन्छ । सेवाग्राही सचेत हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्