बिध्यालय सरस्वतिको मन्दिर हो । त्यहाँ राजनीतिक चलखेल र गुटबन्दी हुनुहुदैन । गुणस्तरीय शिक्षा दिनपर्छ , नियमानुसार शिक्षकलाइ जिम्मेवारी दिनुपर्छ , तर बिडम्बना नेपालका सामुदायिक बिध्यालयहरुमा चरम राजनितिक हस्तक्षेप र बाहुबलिको भुमिकामा बिध्यालय चलाइने रोग पसेको छ ।
यस्तै एउटा उदाहरण बनेको छ पोखरा १३ आर्बा बिजयमा रहेको रतनपान्डे मा बि , पोखरा १३ आर्वा । बिध्यालय माध्यमिक तहको भएपनी सरकारले माबिको दरबन्दी दिएको छैन । त्यहाँ कार्यरत स्थायी मध्य सिनियर शिक्षक निमाबि दरबन्दीका डिल्लीराम बरालले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकोमा कार्तिक १७ गते अनायास बराललाई प्रधानाध्यापक बाट बिना कारण हटाइ माबिका राहत शिक्षक बिष्णु दहाललाइ प्रधानाध्यापक नियुक्ति गरिएको खबर फैलिएको छ ।
बर्खास्तमा परेका प्र अ डिल्लिराम बराल
करिब ५ बर्ष अघि हो बिध्यालय सुक्ने अबस्थामा डिल्लिराम बराल रतन पाडे मा वि सरुवा भइ आएका थिए । उनलाइ बिब्यसले प्र अ बनायो । करिब ६० जना बिध्यार्थी भएको रतन पाडे माबिले स्रोत जुटाएर स्कुल बस किन्यो , बिध्यार्थिहरु बढेर अहिले करिब साढे २ सय जना भएकाछन । शैक्षिक गुणस्तरमा अपेक्षाकृत सुधार आएको अबस्थामा अचानक डिल्लिराम बराललाइ हटाएर त्यही बिध्यालयमा कार्यरत राहत शिक्षक बिष्णु दहाललाइ प्रधानाध्यापक चयन गरियो । राहत शिक्षक लाई अस्थायी करारको रुपमा लिइन्छ ।
बिब्यसका अध्यक्ष बिष्णु प्रसाद बराललाई हामिले सोध्यौ ” स्थायी शिक्षक हुदाहुदै अस्थायी राहत शिक्षकलाइ प्रधानाध्यापक बनाउन कानुनले दिन्छ “?
उनले बिब्यसको अधिकार प्रयोग गरेको बताए । कानुन भन्दा माथी बिब्यस हुन्छ अर्को प्रश्नमा उनले भने “बिध्यार्थी र अभिभावकको माग बमोजिम गरियो ” अध्यक्ष बरालले आफ्नो समितिले बलपूर्वक गरेको गैरकानुनी निर्णयलाइ स्थापित गर्न उनले भने ” अघिल्ला प्र अले आर्थिक अनियमितता गरे , छानबिन गर्न दिएनन त्यही भएर हटाको ” उनले भने अब छानबिन गर्छौ । आर्थिक अनियमितता भएको भए बिब्यसले अख्तियारमा किन उजुरी नगरेको त ? उनले संबैधानिक निकाय ,अख्तियार कसैले केही नगर्ने देखिएकोले आफै गर्न खोजेको दाबी गरे ।

प्र अ बनाइएका राहत शिक्षक बिष्णु दहाल
कार्तिक १६ गते बसेको बिब्यस बैठकको निर्णयमा जग्गादाताबाट सदस्य मनोनीत भएका बिब्यस सदस्य बिनोद बरालले प्रधानाध्यापक परिवर्तन गर्ने कानुन बिपरितको निर्णय प्रती असहमती जनाउदै हस्ताक्षर गरेका छैनन । उनले आफुले प्रक्रियामा असहमती जनाएर हस्ताक्षर नगरेको र बाकी कुरा अध्यक्ष सङ्ग बुझ्न सदस्य बरालले भने ।
स्थायी शिक्षक कार्यरत हुदाहुदै राहत शिक्षकलाइ प्रधानाध्यापक बनाउन कानुनले नमिल्ने पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेम आचार्यले बताए । मौजुदा प्र अले स्वैच्छिक राजिनामा गरेको अबस्थामा कार्यरत मध्य सिनियर स्थायी शिक्षकबाट प्र अ नियुक्त गरिनुपर्छ , स्थायी शिक्षकहरु सबैले सहमति गरे मात्र राहत , अस्थायी ,करारलाई निमित्त प्र अ तोकिनु पर्छ निर्देशक आचार्यले भने ।
रतन पाडे माविमा बिब्यसले बल पुर्बक प्र अ डिल्लिराम बराललाई हटाएको खुलेको छ । उनलाइ राजिनामा गर्न पटकपटक दवाब आएको थियो भन्ने कुरा बिब्यस अध्यक्षको भनाइले पुष्टि गराएको छ ।, १६ कार्तिकको बैठकमा पनि राजिनामा गर्न दवाब आएपछि आफू मिटिङ छोडी गएको र केही समयपछि राहत शिक्षक बिष्णु दहाललाइ प्रधानाध्यापक बनाएको सामाजिक सन्जाल बाट थाहा पाएको बर्खास्तमा परेका प्र अ डिल्लिराम बरालले प्रतिक्रिया दिए ।
आफुले बिध्यालयको हितमा कार्य गरेको कुरा तथ्यांकले देखाएको छ , कुनै गल्ती र अनियमितता गरेको भए सप्रमाण कारबाही गर्ने बाटो खुल्ला रहेको चुनौती दिए । यस बिषयमा प्रधानाध्यापक बनाइएका बिष्णु दहाललाइ कुन कानुनले तपाईं प्र अ बन्नु भएको हो के के छन जादुगरी योजना? भन्ने बारेमा प्रतिक्रिया लिन पटकपटक फोन गर्दा उनि सम्पर्कमा आउन चाहेनन ।

मौजुदा शिक्षा ऐन २०२८ , नियमावली २०५९ संशोधन सहितको नियम ९३ ,उपनियम १२ ले प्र अ ले राजिनामा दिए वा पद रिक्त भएमा कार्यरत मध्य बरिस्ठ स्थायी शिक्षकलाई प्रधानाध्यापक नियुक्ति गर्नुपर्ने उल्लेख छ । कानुनले कतै पनि अस्थायी ,राहत र करारलाइ प्रशासकीय प्रमुख (प्रधानाध्यापक ) नियुक्ति गर्ने बारेमा बोलेको छैन तर ब्यबस्थापन समितिले आस्थाको आधारमा आफ्नालाइ च्याप्ने र अर्कालाइ फ्याक्ने कार्य गर्दा कानुनलाई लत्याउने गरेको पाइन्छ , रतनपाडे मावि नमुना बिध्यालय मात्र हो ।
बिध्यालयको जिम्मेवारी स्थानीय तहमा सुम्पिएपछि कानुनी भन्दा दलिय हस्तक्षेप बढी हुने गरेको पाइन्छ जसले शिक्षालाइ उधोगती तर्फ धकेल्दा राज्यको लगानी बालुवाको पानी जस्तै हुन पुगेको छ । वडामा जसको नेतृत्व हुन्छ उसकै बोलवाला हुने गरेको पाइन्छ । शैक्षिक गुणस्तर उकास्ने भन्दा निस्चित उद्देश्यको लागि बिब्यस गठन गर्ने गरेको पाइन्छ ।
रतनपाडे माविको गैरकानुनी प्रधानाध्यापक नियुक्ती सम्बन्धमा राज्यको निकायले के गर्छ ? त्यो भने हेर्न बाकी छ । स्थायी शिक्षकालाइ स्पष्टीकरण र सफाइ पेस गर्ने अबसर समेत नदिइ विभिन्न आरोपका बेलुन फुकेर बर्खास्त गर्ने एउटा त्रुटि भएको छ भने स्थायी शिक्षक हुदाहुदै नेपाली काङ्ग्रेस निकट शिक्षक युनियनको कोटाबाट शिक्षक महासंघ कास्किको सह सचिब बनेका बिष्णु दहाललाइ प्रधानाध्यापक बनाउने काम अर्को गल्ती भएको महानगर शिक्षा महाशाखाका कर्मचारीहरुले बताएकाछन । कानुनी खिलाफमा गरिने यस्ता कार्यले अराजकताकोलाई गोडमेल त गर्छ नै शिक्षक कर्मचारीको मनोबल गिराउदै लान सक्छ ।


प्रतिक्रिया दिनुहोस्