२०८२ मंसिर २७
०६१४४५०००, ९८५६०३३३९१

गोगन मावि बिब्यसको आकस्मिक बैठक , मोहन बराल गए नारायण बराल आए !

कास्की जिल्ला क्षेत्र नम्बर १ कै अब्बल सामुदायिक स्कुल गोगन मावि पटकपटक बिवादमा आइरहनु सामान्य जस्तै बनेको छ । आर्थिक अपारदर्शीताका मुद्दा मामिला ,भोग्दै टार्दै आएको गोगन माबी एसपटक फेरि बिवादित बन्न पुगेको छ ।
मोहन प्रसाद बराल प्रधानाध्यापकबाट अबकास लिए , उनलाइ बिध्यालय परिवारले गत आइतबार खादा माला , मायाको चिनो सहित बिदाइ गरेर घरसम्म पुर्याएर सम्मानजनक बिदाइ गरेको थियो । उनको स्वैच्छिक अबकासको लागि राजिनामा पनि आएको थियो । सबै कुरा भैसके पनि उनलाइ हाजिर गराइ काम काज गर्ने निर्देशन जारी रह्यो । अबकास भइसकेका प्र अ मोहन बरालको राजिनामा पनि रहस्यमय ढङ्गले लुकाइयो , नयाँ प्र अ नियुक्ति बारे प्रक्रिया पनि सुरु भएन , अबकास भएका प्र अ मोहन बराल नियमित झै बिध्यालय आएर काम गर्ने गरेको बिषय प्रश्नबाचक चिन्ह बनेर तेर्सियो । कुरा भुसको आगो झै फैलियो ।
बिहिवार साझ यो पङ्क्तिकारले गोगनमा केको खिचडी पाक्दैछ ? भनेर प्रस्न राखेको थियो । शुक्रबार बिहानै बिध्यालयका सरोकारवालाहरु सलबलाउन थाले । बिध्यालय ब्यबस्थापन समितिको शुक्रबार नै बैठक बसि मोहन बरालको दबाइएको राजिनामा उतारेर स्वीकृत गरियो । रिक्त पदमा स्थायी दरबन्दीमा अस्थायी शिक्षक नारायण प्रसाद बराललाइ निमित्त प्र अ नियुक्ति गरिएको खबर गोगन माध्यमिक बिध्यालय स्रोतले सराङ्कोटलाई  बतायो । एउटा आलोचित बिषयको ढोका लागेको छ । नियुक्त भएका प्र अ यस अघि पनि सोही बिध्यालयमा प्र अ भैसकेका पात्र हुन । अस्थायीलाई प्र अ बनाइदा कानुनी रीत पुर्याइयो कि पुर्याइएन ? राज्यको निकायले हेर्ने बिषय हो , हामी नियमित पछ्याइरहनेछौ , सरकारी निकायको ढोका ढकढक्याइरहने छौ , राज्यको जवाफदेहीता हामी अपेक्षा गर्दछौ ।

अझै बिबादका बिषय धेरै छन । सरकारी सामुदायिक बिध्यालय आलोचित हुनुहुन्न । राजनितिको चक्रब्युहु घुम्नु घुमाइनु हुन्न ,नीति थिती विधि र प्रक्रियाले चल्नुपर्ने निकायहरु स्वार्थ समुहको चङ्गुलमा फस्नु फसाउनुलाइ किमार्थ राम्रो मान्न सकिन्न । सरस्वतीको मन्दिरमा बसेर आरोप लाग्ने काम गर्ने , गराउने र जोगाउने खेलमा कोहि नलाग्न सुझाव पाएर पनि स्वार्थको डम्फु बजाउने प्रवृत्ति अन्त्य गरौ । बिध्यालयलाई चलखेलको केन्द्र घर होइन सरस्वतिको मन्दिर बनाउनेतर्फ जुटौ ।


गोगनमा मोहन बराल गए, नारायण बराल आए यो मात्र सबथोक होइन हुनुहुदैन । मोहन बराल अबधी बाकी हुँदै किन अबकासमा गए ? नारायण बराल दोस्रोपटक के योजना लिएर प्रधानाध्यापक बने ? गोगनमा बरालको बिकल्प बराल मात्र हुन त ? स्थायी वरिष्ठतम् शिक्षक बिध्यालय चलाउन असक्षम नै भएका हुन त ? वा अरु कुनै कारण छ हामी आगामी अङ्कमा केलाउने प्रयास गर्नेनै छौ ।

प्रतिक्रिया दिनुहोस्