पटकपटक जेल परेका मेडिकल व्यावसायि सोमबार मध्यराति प्रहरी फन्दामा परेका छन । मंसिर ७ गते पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आन्दोलन गरी देश नै ठप्प पार्ने तयारीमा रहेका दुर्गा प्रसाईंलाई प्रहरीले राति पक्राउ गरेको छ। उनलाई भक्तपुरको ठिमीस्थित आफ्नै निवासबाट राति सुतिसकेपछि पुगेको प्रहरीको टोलीले पक्राउ गरेको हो। प्रहरीले उनलाई नियन्त्रणमा जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेको छ।
प्रसाईंले सोमबार पत्रकार सम्मेलन गरेर देशको अवस्था परिवर्तन गर्न व्यवस्था नै फेर्नुपर्ने भएकाले मंसिर ७ गते देशभर आन्दोलन गर्ने घोषणा गरेका थिए। उनले केही दिन अघि मात्र सरकार समक्ष सरकारी कर्मचारीको न्यूनतम तलब १ लाख रुपैयाँ कायम गर्नेदेखि संघियता खारेजीसम्मको माग राखेका थिए।
उनले मंसिर ७ गते दशभर लाखौं मानिस उतारेर आन्दोलन गर्ने भन्दै निरन्तर अभिव्यक्ति दिंदै आएपछि शान्ति सुरक्षामा खलल पुर्याउन र हिंसा भड्काउन खोजेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। दुर्गा प्रसाईंले आफ्नो माग सम्बोधन नभएसम्म कुनै पनि हालतमा आन्दोलन नरोक्ने चेतावनी दिंदै आएका थिए।
सरकारले दुर्गा प्रसाइलाइ पक्राउ गरेको , जेलमा रहेको रवि लामिछानेलाइ बयान लिएको तर जेनजी आन्दोलनमा छातिमा गोलि हानेर झन्डै २ दर्जन बिध्यार्थी मार्ने तत्कालिन प्रधानमन्त्री , गृहमन्त्री लगायतालाइ पक्राउ गरि बयान नलिएको प्रती नागरिकमा चरम असन्तुष्टि डेखिएको छ । यता एमाले भने केपि ओलिलाइ छोए देशमा आगो बाल्ने धम्की दिदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्