२०८२ मंसिर २७
०६१४४५०००, ९८५६०३३३९१

सरकारी बिध्यालयको घर जग्गा बोर्डिङलाई भाडामा लगाउने ८ बिरुद्द मुद्दा दायर , वडा अध्यक्ष सहित बिब्यस निलम्बनमा

पदको दुरुपयोग गरि स्वार्थ समूह सङ्ग घाँटी जोडेर राष्ट्रिय सम्पती निजि कम्पनिलाइ दिएर हिनामिना गर्ने र सेटिङ मिलाउने पात्रहरु अख्तियारको फन्दामा परेकाछन । संबैधानिक निकायअख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक विद्यालय राष्ट्रिय माबी पोखरा एकको भवन र चौर कानुन विपरीत निजी विद्यालय अन्जुली बोर्डिङ स्कुललाई भाडामा दिई भ्रष्टाचार गरेको आरोपमा राष्ट्रिय माध्यमिक विद्यालय, पोखराका ६ जना पदाधिकारीसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले कास्कीको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरा–१, पुरानो टुँडिखेलको करिब ४ रोपनी जग्गामा निर्मित भवनसहितका सार्वजनिक सम्पत्ति निजी प्रयोगमा लगाई दुरुपयोग गरेको बिस्तृत अनुसन्धान गरि कार्तिक ७ गते विशेष अदालत काठमाडौमा ८ जना बिरुद्द मुद्दा दायर गरेको हो ।


अनुसन्धानबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा, पोखरा महानगरपालिका– १ का वडा अध्यक्ष तथा बिब्यसका पदेन सदस्य शाहारा प्रधान , बिब्यस सदस्यहरु सोबनाथ भट्टराई ,बरुण बिक्रम राणा ,बिश्णुमाया लामिछाने , सहायक प्र अ नारायण प्रसाद चापागाइ साथै निजी अन्जुली बोर्डिङ स्कूल सञ्चालक राजु केसी र प्राचार्य सुनिता कुँवर केसीले मिलेमतोमा गरी विद्यालयको नाममा रहेको जग्गा १२ वर्षसम्म निजी बोर्डिङ स्कुललाई भाडामा लिए- दिएको पाइएको अख्तियारको दाबी छ । उक्त घर जग्गा बिबाद समाधान उपसमितिका सयोजक बरुणबिक्रम राणाको समितिले ३० बर्ष भाडामा दिन सिफारिस गरेका थिए उक्त उप समितिमा सहायक प्र अ नारायण चापागाई पनि थिए । तर बिब्यसले १२ बर्षको लागि भाडामा दिने निर्णय गरेको थियो । भाडामा दिने बिषयमा प्रधानाध्यापक इश्वरी प्रसाद सापकोटाले असहमती जनाइ बैठकमा उपस्थित नै भएका थिएनन। उनको अनुपस्थितिमा अध्यक्ष रामबिक्रम राणा लगायतले भाडामा दिने निर्णय गराएका थिए ।

पोखरा महानगरपालिकाको चेतावनी र करार रद्द गर्न निर्देशन दिएपनी बिब्यसले रद्द गरेको थिएन । एक नम्बर वडा कार्यालयका अध्यक्षले करार सम्झौता गैरकानुनी भएको भन्दै बिध्यालयलाइ पत्राचार गरेर आखामा छारो हाल्ने प्रयास गरेका थिए तर कार्यान्वयनमा चासो दिएका थिएनन । सम्झौता खारेज गराउन भएको निवेदन पश्चात पनि अटेर गरी १५ लाख २९ हजार ४०८ रुपैयाँ बराबरको सरकारी सम्पत्ति दुरुपयोग गरेको दाबी गर्दै बिगो असुल गर्न अख्तियारले माग गर्दै अभियोजन दायर गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ

बिज्ञप्तिमा उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार १५ लाख २९ हजार ४०८ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना सजाय माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताएकाछन ।
अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछी सार्बजनिक पद धारण गरेका सबै कर्मचारी तथा पदाधिकारीको पद निलम्बन हुने कानुनी ब्यबस्था छ । जस अनुसार बिध्यालय ब्यबस्थापन समितीका अध्यक्ष लगायत सदस्यहरु , शिक्षक नारायण चापागाइ ,एक नम्बर वडाका वडा शिक्षा समितिका सयोजक तथा वडा अध्यक्ष साहरा प्रधान निलम्बनमा पर्नेछन । भ्रष्टाचार मुद्दामा आरोपित ब्यक्ती मुद्दा फैसला नहुदा सम्म जिम्मेवारी मुक्त हुनेछन । आज दायर भएको आरोप दफा १९(२) बमोजिमको मागदाबी बमोजिम प्रमाणित भएमा बिगो ३० लाख ६० हजार दुबै आरोपित पक्षबाट असुल उपर गरि त्यस बाहेक ५० हजार रुपैयाँ सम्म जरिवाना र ३ महिना देखि एक बर्ष सम्म कैद सजाय हुने कानुनी ब्यबस्था छ ।

सस्कृत माबिको प्रकरण के हुदैछ ?

पोखरा महानगरपालिका वडा नम्बर १ अन्तरगतका दुई वटा माध्यमिक बिध्यालय राष्ट्रिय माबी र सस्कृत माबी एउटै प्रकृतिको गैरकानुनी कार्यबाट ग्रसित छन । त्यो मध्य राष्ट्रिय माबी प्रकरणमा मुद्दा दायर भएको छ भने सोही प्रकृतिको सस्कृत माविको बारेमा के हुदैछ भन्दै स्थानिय नागरिकले चासो ब्यक्त गरेका छन । सस्कृत माविले सरकारी बजेटमा बनाइदिएको पक्की भवन बेबि मन्टेस्वरी नामको निजि शिक्षण सस्थालाइ भाडामा लगाएर आफ्ना बिध्यार्थिलाइ कच्ची जोखिमपूर्ण भवनमा राख्दै आएको छ । करिब डेड दशक देखि स्वार्थ बाझिने निजि सस्थालाइ भाडामा लगाउदै आएको छ । सस्कृत माविले लिटिल स्टेप बोर्डिङ , पोखरा आदर्श मावी समेतलाइ भाडामा लगाउदै भाडाको खेती गर्दै आएको छ ।
सामुदायिक बिध्यालय राष्टको सम्पती हो । त्यसको अधिकतम उपयोग गरि गुणस्तरीय शिक्षा दिनुपर्ने कार्य छोडेर निजि बोर्डिङलाइ भाडामा लगाएर कमाउ धन्दा गर्दै आएका छ । भाडाको खेतिपाती राम्रो हुने बिध्यालयमा ब्यबस्थापन समितिको नेतृत्व लिन ठूलो चलखेल हुँदै आएको पाइन्छ । वडा अध्यक्ष जित्ने पार्टिको कार्यकर्ता बिब्यसमा भर्ती गर्ने रोग नै बसेको छ । सरकारी जागिरेहरु पनि बिब्यसको नियुक्ति खान मरिहत्ते गर्ने गरेका छन त्यस्ता बिध्यालय मध्य सस्कृत मावी पनि एक हो । राष्ट्रिय माविको घर जग्गा अनियमितता प्रकरणमा मुद्दा चलेपछी सस्कृतको के हुन्छ भन्दै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्