गरे के हुदैन र ? सरकारले लिने जनमुखी नितिलाइ मातहतका निकायले पालना गरिदिए भने सरकार पनि सफल जनसेवा पनि अब्बल । यस्तै नमुना बन्दै गएको छ पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान अर्थात गन्डकी अस्पताल । हो नेपाल सरकारले हप्ताको दुई दिन बिदा दिएपनि गण्डकी अस्पताललाई पूर्ण सञ्चालन गर्न दिएको निर्देशन बमोजिम पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा पूर्ण सञ्चालनमा रहेको छ । चिकित्सक संघले सेवा दिन सकिन्न भन्दै बिग्यप्ती निकाले पनि गन्डकी अस्पतालका चिकित्सक स्वास्थ्यकर्मी र कर्मचारीहरुले आइतबारको दिन पनि नियमित ओपिडी सेवा दिने घोषणा गरेर सेवामा जुटेकाछन । जनताले देख्ने र प्रतक्ष अनुभुती गर्ने सेवा भनेको स्वास्थ्य नै हो ।
सरकारले इन्धन समस्या लगायतलाइ आधार बनाएर हप्तामा दुई दिन बिदा घोषणा गरे लगत्तै त्रिवि शिक्षण अस्पताल लगायतले आइतबार ओपीडी सेवा रोकेपनि पोखरामा क्षेत्रीय अस्पतालले भने आइतबार पनि पुरै सेवा दिइरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक एवं सह प्रा. डा प्रेमराज पंगेनीले जानकारी दिएका छन् ।
‘हामिले नियमित रुपमा पुरै सेवा सुचारु गरेका छौ ” निर्देशक पंगेनीले भने ‘ओपीडीदेखि अपरेशनसम्मका सेवा दिइरहेका छौं ।’ अस्पतालमा पहिलेदेखि अपरेशन गर्नुपर्ने मिति तय भएका र कतिपय बिरामीको फलोअप रहेकाले सेवा रोक्नै नसकिने पंगेनी बताउँछन् । आइतबार सेवा रोक्ने बितिक्कै डेट लिएका बिरामिको अपरेसन पर धकेलिन जान्छ त्यही भएर हामिले सेवा रोकेनौ । ड्युटी मिलाएर काम गर्दा सबै खुसी छौ पङ्गेनिले भने ।
सरकार र मन्त्रालयको निर्देशन मान्नु राष्ट्रसेवकको कर्तब्य र सेवाग्राहीप्रतिका दायित्वकाकारण अस्पतालले सेवा बन्द गर्न नमिल्ने उनको धारणा छ । जनस्वास्थ्य सङ्ग सम्बन्धित सेवालाई अरु कार्यालय जसरी हल्का रुपमा लिन नमिल्ने प्रतिस्ठानका भिसी प्राडा भरत बहादुर खत्री बताउछन । स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन र जनताको अपेक्षा पूरा गर्नु हाम्रो कर्तब्य हो भिसी खत्रीले भने ।
चिकित्सक र अन्य कर्मचारीलाई बिदा मिलाउन झनै झन्झटिलो भएकाले सेवा सुचार गरेको बताउँदै बिदाका दिनमा खट्ने डाक्टर, कर्मचारीलाई यथाशक्य सम्बाोधन गर्ने तयारी रहेको उनले बताए ।
यता, नेपाल मेडिकल एशोसिएसनले समेत जनशक्ति नथपिएसम्म आइतबार ओपीडी सञ्चालन गर्न नसकिने स्पष्ट पारिसकेको छ। सङ्गठनका नाममा गरिने यस्ता अधिकारमुखी कुरालाइ चिरेर जान पेशागत धर्म मुख्य कडि हो तर सरकारले कामको लोड अनुसार कर्मचारी ब्यबस्थापन गरि लोड र जिम्मेवारी अनुसार तलबमा प्रत्साहन दिन जरुरी छ । तर बिडम्बना हालसम्म जति सरकार बदलिएपनी चिकित्सक र कर्मचारीको मर्म बुझ्ने काम हुन सकेको छैन । त्यसो हुदा नागरिकले अपेक्षित सेवा पाउन समस्या पर्ने गरेको छ ।
अस्पतालमा अन्य क्षेत्रमा पनि सुधार कार्यलाइ तिब्रता दिइएको छ । हाजिर गरेर ओपिडी नगै बङ्क गर्ने समस्या ह्वात्तै घटेको छ । अझै केही चिकित्सकमा त्यो समस्या रहेको हामिलाइ बिश्वस्त स्रोतले बताएको छ । खाजा खाने समयमा हराएका केही चिकित्सकको बारेमा छड्के अनुगमन गरि कारबाही गरिनुपर्ने माग पनि छ । अनुमती लिएर मात्र बाहिर प्राक्टिस गर्ने परिपाटीको बिकास हुनुपर्छ त्यसमा मन्त्रालयले पहल गर्न आवश्यक छ ।
सरकारको निर्देशन पछि गण्डकी अस्पतालमा आसातित परिवर्तन देखा परेको छ । चिकित्सक कर्मचारिको मिठासपुर्ण बोली सभ्य व्यवहार , सरसफाइमा सकृयता , फार्मेसिको औषधि ब्यबस्थापनम चुस्त पारिएको छ । यस्तै दैनिक औसत १५ सय बिरामी आउने गण्डकी प्रदेशकै ठूलो गण्डकी अस्पतालले ५० शैयाको आकस्मिक कक्ष र २५ शैयाको आइसियु कक्ष सन्चालनमा ल्याएको छ । बिमा बोर्डले ४५ करोड बक्यौता दिन बाकी हुदा हुदैपनी बिमा सेवलाई निरन्तरता दिएको पाइएको छ । पार्टी पेमेन्ट रोकेर पनि बिरामिलाइ बिमा सुबिधा दिइएको छ आगामी बर्षको बजेट हेरेर निर्णय हुने प्रतिष्ठानका उपकुलपति प्राडा भरत बहादुर खत्रीले बताए ।
सरकारले स्वास्थ्य सेवालाइ जवाफदेही बनाउन राज्यले आवश्यक बजेटको प्रबन्ध गर्न पर्नेमा बर्सेनि बजेट घटाउदै लगेको कारण कतिपय सेवा खुम्चिन सक्ने अबस्था रहेको छ । जनसंख्या बढ्दै जाने तर बजेट घट्दै जाने रोग अन्त्य हुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस्