पोखरामा कार्यक्षेत्र रहेको प्री आर्मी ट्रेनिङ प्रशिक्षण सेन्टरहरुको छाता सस्था गोर्खा फिजिकल ट्रेनिङ एसोसिएसन (जिपिटिए) ले भोटेकोशी बाढीपीडितको
सस्थाले भाद्र २४ गते प्रधानमन्त्री राहत कोषमा १ लाख १ हजार रुपैयाँ र बैक मार्फत जम्मा गरि कास्किका प्रमुख जिल्ला अधिकारी कुमानसिह गुरुङ्गलाइ सोको चेक हस्तान्तरण गरेको छ । देशमा समस्या पर्दा उद्दार कार्यमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व रहेको जिपिटिएका अध्यक्ष राजेश राइले बताए ।
विपद्का कारण प्रभावित परिवारको पीडामा साथ दिन सहयोग गरेको बताउँदै नेपालिको पिडामा मल्हम लगाउनु मानवीय कर्तब्य रहेको राइले बताए । मुलुकमा आइपरेको विषम परिस्थितिमा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सस्थाले आग्रह गरेको छ । जिपिटिएका तर्फबाट उपाध्यक्ष पल पुन , सचिव लोकेन राना मगर र कोषाध्यक्ष डिबि लामा सहितको एक टोलिले प्रजिअ कुमान सिह गुरुङ्लाइ चेक हस्तान्तरण गरेका थिए ।
भाद्र १० गते भोटेकोशी नदिमा तिब्बतबाट हिमताल फुटेर आएको बाढिको कारण रसुवा , नुवाकोट , धादिङ र गोर्खाका सयौको मृत्यु भएको छ भने सम्पर्कबिहिन हुनेको सङ्ख्या अझै एकिन हुन सकेको छैन । हजारौ घरबार बिहिन बन्न पुगेका छन । देशमा आएको विषम परिस्थितिमा देश तथा बिदेशबाट सहयोग जुटेको छ । यसै क्रममा जिपिटिएले पनि सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्