अन्तत: नेपाल रेडक्रस सोसाइटी संघीयताको फ्रेममा आएको छ । रेडक्रसले ससोधित बिधानलाइ कार्यान्वयन गर्ने तदारुकता देखाएको छ । रेडक्रसले गरेको परिपत्र बमोजिम नेपाल रेडक्रस सोसाइटीले कास्कीमा पालिका स्तरको संरचना निर्माण गरेको छ । रेडक्रसको विधान २०२० (संशोधित २०८२) अनुसार सबै पालिका शाखामा तदर्थ समिति गठन भएको हो ।
रेडक्रस कास्कीले केन्द्रलाइ तदर्थ समितिको नामावली चैत्र १५ गते पठाएको थियो । पठाएको नामावलीलाई बुधबार आयोजना गरेको कार्यक्रममा पालिका तदर्थ समितिका पदाधिकारी तथा सदस्यको पदस्थापना गरिएको छ । कार्यक्रममा रेडक्रस कास्कीका मन्त्री सन्तोष अधिकारीले तदर्थ समितिको नामावली घोषणा गर्दै पदास्थापन गराएका थिए ।
रेडक्रस कास्कीका सभापति उर्मिला खड्का भण्डारीले पदाधिकारी तथा सदस्यलाई सपथ गराइन् । रेडक्रस कास्कीका अनुसार पोखरा १७ उपशाखाका निवर्तमान सभापति हरिकुमार श्रेष्ठको संयोजकत्वमा रेडक्रस पोखरा महानगरपालिका तदर्थ समिति गठन गरिएको छ । समितिको सचिव इन्दिरा पन्त र कोषाध्यक्ष नेत्रपाणि भण्डारी छन् ।७ सदस्यीय समितिको सदस्यमा विन्दु पराजुली, पुरुषोत्तम लामिछाने, कृष्णप्रसाद दाहाल, विन्दुराज तिवारी रहेको रेडक्रस कास्कीका सभापति खड्काले जानकारी दिइन्
रुपा गाउँपालिका स्तरीय तदर्थ समितिको संयोजक काशीराम घिमिरे, सचिव सन्दिप सुवेदी, कोषाध्यक्ष कल्पना सुवेदी छन् । समितिको सदस्यमा हर्कबहादुर खत्री, तीर्थराज न्यौपाने, रामचन्द्र सापकोटा, मेघादेवी बस्यौला छन् ।
यस्तै माछापुच्छ्रे ४ का विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ७ सदस्यीय माछापुच्छ्रे गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ । समितिको सचिव कृष्णप्रसाद चापागाई र कोषाध्यक्ष प्रेमकुमारी अधिकारी र सदस्यमा टेकराज आचार्य, विश्वमोहन पोखरेल, कमला दवाडी र लक्ष्मी गौतम चयन भएका छन् ।
रेडक्रस अन्नपूर्ण गाउँपालिका स्तरीय तदर्थ समितिको संयोजक नारायणप्रसाद भण्डारी, सचिव मीनाकुमारी गुरुङ र कोषाध्यक्ष नुमलाल देवकोटा छन् । सदस्यमा झनकबहादुर खत्री, पदमप्रसाद पौडेल, खिमा खत्री र हरिबहादुर केसी चुनिएको रेडक्रस कास्कीका सभापति खड्काले बताइन ।
मादी गाउँपालिका स्तरीय तदर्थ समितिको संयोजक सोमनाथ अधिकारी, सचिव नारायणप्रसाद बराल र कोषाध्यक्ष शान्तिदेवी अधिकारी छन् । समिति सदस्यमा शुक्रराज सापकोटा, गुमानध्वज गुरुङ, चन्द्रकान्त अधिकारी र हिरा विक छन् ।
रेडक्रस कास्की सभापति खड्काले नयाँ विधानले राज्यको सघीय संरचना अनुसार नेपाल रेडक्रसको संरचनालाई परिमार्जन गरी स्थानीय तहमा कार्यमुखी बनाउन जोड दिएको जानकारी दिइन् । रेडक्रसका विधान र मापदण्ड अनुसार पालिका तहमा संरचना बनाएको उल्लेख गरिन । आगामी १ महिनाभित्र निर्वाचन गर्न तदर्थ समितिलाई जिम्मेवारी गएको छ । आगामी बैशाख २६ गते पालिका अधिवेसन हुने भएको छ ।
रेडक्रस कास्कीमा मन्त्री सन्तोष अधिकारीले पालिका शाखाको गठन प्रक्रिया, काम कर्तव्य र अधिकार र आचारसंहिताबारे प्रष्ट पारे । उनले तदर्थ समिति गठनसम्बन्धी मार्गदर्शनको अधिनमा रहेर गण्डकी प्रदेशको समन्वयमा काम गरेको जानकारी दिए ।
कार्यक्रममा रेडक्रस कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेल, उपसभापति रमा कोइराला न्यौपाने र कार्यसमितिका सदस्य खगेन्द्रराज पराजुलीले बोलेका थिए ।
उम्मेदवारी दर्ता शुल्कमा असन्तुष्टि
रेडक्रसले पालिका तहमा आगामी बैशाख २६ गते चुनाव हुने तयारी गरिएको छ । ससोधित बिधानले रेडक्रसको आबद्दता सदस्य शुल्क र निर्वाचनमा उम्मेदवारी दर्ता शुल्क महङ्गो भएको भन्दै रेडक्रसकर्मिहरुले असन्तुष्टि ब्यक्त गरेकाछन ।
सदस्यता शुल्क दोब्बर बढाइएको छ । ५ सयमा दिने आजिबन शुल्कलाइ २५ सय बनाएको छ भने ५० रुपैयाको साधारण सदस्यता शुल्कलाई ६ सय बनाइएको छ । विशिष्ट सदस्यता २५ हजार बाट ५० हजार पुर्याइएको छ । एसस्कर सदस्यता शुल्क ५० हजार बाट बढाएर १ लाख पुर्याइएको छ । सस्थागत सदस्यता शुल्क बार्षिक ५० हजार रुपैया बनाइएको छ ।
यस्तै निर्वाचनमा उम्मेदवारी दर्ता शुल्क अस्वभाविक ढङ्गबाट बृद्दी गरिएको छ । केन्दिय अध्यक्षमा उम्मेदवारी दिनेले ५० हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्नेछ । यस्तै केन्द्रिय पदाधिकारीले ३५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने छ । प्रदेश अध्यक्षको लागि २५ हजार र पदाधिकारिको लागि २० हजार शुल्क तोकिएको छ । जिल्ला अध्यक्षको लागि १० हजार र पदाधिकारीको लागि ७ हजार तोकिएको छ यस्तै पालिका अध्यक्षमा ५ हजार , पदाधिकारीको ४ हजार र सदस्यको लागि ३ हजार रुपैया शुल्क तिर्नुपर्ने भएको छ उक्त रकम फिर्ता हुने छैन ।
रेडक्रस जस्तो स्वयमसेवी सामाजिक सस्थामा सेवा गर्न जाने ब्यक्तीबाट यति महङ्ग शुल्क लिने ब्यबस्था गर्ने तदर्थ समितिले गरेको ससोधित बिधानले चरम आलोचनाको बिषय बनाएको छ । सेवा गर्न इच्छुक तर आर्थिक हैसियत नभएका सर्ब साधारणको लागि सेवाको ढोका बन्द गर्न खोजेको महशुस गराएको छ । रेडक्रसको निर्वाचन शुल्कको यो मुल्यले चुनावलाइ महङ्गो मात्र होइन पैसा नहुनेहरुको लागि रेडक्रस आकासको फल जस्तै बनीइदिएको छ । केन्द्रले उम्मेदवारी दर्ता शुल्कमा परिवर्तन गरि महङ्गो मुल्यलाइ सहज बनाउन माग उठेको छ । खर्च गरेर सेवा गर्न जाने ठाउमा पहिलो ढोका नै बन्द भएपछी रेडक्रस हुनेखानेको सस्था बन्ने भएको छ । कम पैसा हुनेहरुलाइ रेडक्रसले पाखा लगाउन खोजेको महशुस गराउने गरि शुल्क बृद्दी भएको छ । बहु शङ्ख्यक सदस्यहरुले शुल्क बृद्दीको पुनरावलोकन गर्न सुझाएकाछन ।


प्रतिक्रिया दिनुहोस्