२०८३ बैशाख ८
०६१४४५०००, ९८५६०३३३९१

परीक्षा हल भित्रको मोबाइल फिर्ता कि नस्ट ? सिराहा प्रशासनलाई आफ्नै निर्णयले बनायो तनाव !

तराइमा हुने परिक्षाको बदनामी यो बर्षको एस इ इ परिक्षाले प्रस्ट पारेको छ । सिराहाबाट मात्र करिव ४ सय मोबाइल , दर्जन बढी स्मार्ट वाच अनुगमनका क्रममा जफत गरिएका छन जिल्ला प्रशासन कार्यालय सिराहालाइ अहिले आफुले गरेको निर्णयले आफैलाइ तनाव बनाएको छ । २०८२ सालको एस इ इ परीक्षा लाई मर्यादित ,ब्यबस्थित र शान्तिपुर्ण बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय सिराहाले परीक्षा सुरु हुनुभन्दा २ दिन अगाडि चैत्र १७ गते सार्वजनिक गरेको सूचना कार्यान्वयन गर्न यतिखेर तनाव बनाएको छ ।
२०८२ चैत्र १९ गतेबाट सुरु हुने एस इ इ परिक्षा सम्बन्धमा जिल्ला परीक्षा समन्वय समिती सिराहाको १६ गते बसेको बैठकको हवाला दिदै सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतनाथ बरालले सुचना जारी गरेका थिए । जारी सुचनामा परिक्षामा खटिने केन्द्राध्यक्ष बाहेक निरिक्षक , गार्ड र बिध्यार्थिहरुले मोबाइल , स्मार्ट वाच , विद्युतीय क्याल्कुलेटर लगाएत डिभाइसहरु निषेध गर्ने र मोबाइल फेला परे जफत गरि नस्ट गरिने उल्लेख थियो । यसैगरी परिक्षामा मिलेमतो गर्ने केन्द्राध्यक्ष , निरिक्षक र गार्डलाइ समेत निलम्बन गरिएको छ ।


सूचना बमोजिम सिराहा जिल्ला भित्र सन्चालन हुने एस इ इ परिक्षा हलमा मोबाइल लैजानेको मोबाइल जफत गरिएको छ । उक्त मोबाइल जिल्ला प्रहरी कार्यालय सिराहामा राखिएको शिक्षा बिकास तथा समन्वय इकाइ सिराहाका प्रमुख दिपकराज कलौनीले बताए । उनले ती मोबाइल बिध्यार्थिले फिर्ता पाउन नसक्ने बताए । सिराहाका सुचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी चेतनाथ बरालले शुक्रबार पत्रकार भेटघाट गरि बरामद भएका मोबाइल नस्ट गरिने भिडियो सन्देश जारी गरेकाछन । सिराहामा मात्र करिव ४ सय वटा मोबाइल जफत भएको छ । ती मोबाइलहरु जिल्ला प्रहरी कार्यालय सिराहामा राखिएका छन नस्ट गरिसकीएको छैन ।
सिराहा जिल्लामा यो प्रकरण चर्चामा रहेको छ । त्यहाँका नेपाली काङ्ग्रेस , रास्वपा , एमाले लगायतका राजनितिक दलका नेताहरुले बिध्यार्थिको मोबाइल नस्ट नगर्न र सम्बन्धित ब्यक्ती वा उनिहरुका अभिभावकलाई फिर्ता गरिदिन दवाब दिएकाछन । राजनीतिक दल र स्थानियको दवाबले प्रशासनलाई तनाव दिएको बुझिएको छ ।” खाउ भने दिनभरिको सिकार नखाउ भने कान्छा बाउको अनुहार ” भने जस्तै भएको छ ।फिर्ता गर्दा सरकारी निकायले गरेको निर्णय बिरुद्द हुने फिर्ता नगरि नस्ट गर्दा स्थानियको बिरुद्द हुने भएपछि यो समाचार तयार पार्दा सम्म के हुने भन्ने बिषयमा टुङ्गो लागेको छैन । जिल्ला परीक्षा समितिको बैठक बसेर निर्णय गरिने बताएका छन ।
मधेस प्रदेश सरकारको शिक्षा मन्त्रालयले परिक्षालाइ मर्यादित बनाउन गरेको निर्देशन बमोजिम जिल्ला परीक्षा समितिले यस्तो निर्णय गरि सुचना प्रकाशन गर्दा पनि यत्रो सङ्ख्यामा नियम उल्लंघन हुनुले तराइमा हुने परिक्षाको बेथिती र अराजकतालाइ सङ्केत गरेको छ । परिक्षामा हुने अनियमितता र मर्यादा बिपरित कार्यलाइ राम्रो मान्न नसकिने शिक्षाका जानकार बिष्लेषकहरुले बताएकाछन ।
सिराहा जिल्ला परीक्षा समितिले गरेको सुचना र अनुगमन नियमन गर्ने महत्वपूर्ण कडि हो । गैरकानुनी कार्यमा प्रयोग भएको बरामदी समान नस्ट नगर्न दलका नेता कार्यकर्ताहरुले विभिन्न दवाब र प्रभाव दिएको कुरालाइ लिएर छुट दिने र मोबाइल फिर्ता गर्ने हो भने त्यसले पार्ने दुरगामी नकारात्मक असरको जिम्मेवारी कसले लिने ? अत कानुन बमोजिम प्रकाशित सुचना बमोजिम नस्ट गरेर आगामी बर्षको परिक्षालाइ मर्यादित बनाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्