यदुनाथ बन्जारा
फेवाताल मात्र होइन पोखराको सार्वनामिक जग्गा , खोला घाट किनार , चोक चौतारो र मन्दिर पाटी पौवा समेत अतिक्रमण गरेर भवन कम्प्लेक्स बनाएर फाइदा लिन ठुलै गिरोहको साठगाठ रहेको सुचना पाइएको छ । सामाजिक संघ सस्थाको नाममा खुलेका त्यस्ता सस्थाले राज्यको सार्वजनिक सम्पती हडप्दा राज्यकै निकायको पनि मिलेमतो र सहकार्य हुँदै आएको छ । अतिक्रमण हटाउन पर्ने निकायहरुले नै बजेट दिएर सरचना निर्माण गर्न सहयोग पुर्याएको दावी गरेका छन ।
फिर्के खोला माथी फिस्टेल सिटि लायन्स भवन –
(२०७२ सालमा यसरी भत्काइएको थियो )
लायन्स क्लब भन्ने बितिक्कै अन्तर्राष्ट्रिय स्तरको सामाजिक सेवा गर्ने सस्था भन्ने बुझिन्छ । तर पोखरामा रहेको फिस्टेल सिटि लायन्स क्लबले फिर्के खोला मिचेर खोला माथी नै सटर कम्प्लेक्स बनाएर भाडा खादै आएको छ । खोलाको मापदन्ड त के खोला नै खाएको छ लायन्स भवनले । उक्त क्लबका सस्थापक तथा समाजसेवी बताउने प्रेम बहादुर जिसिका अनुसार सन २००३ देखि फिर्के माथी भवन सटर बनाएर भाडामा लगाइएको हो । लायन्स जस्तो पवित्र सस्थाले खोला अतिक्रमण गरि अबैध सरचना निर्माण गरि भाडा खान मिल्छ भन्ने प्रश्नमा जिसि भन्छन महानगरपालिकाले भोगाधिकार दिएको छ । उनले भने भवन निर्माणमा समेत नगरपालिकाले बजेट दिएको छ । तर कागज माग्दा दिन सकेनन ।
खोलाको माथी बनाइएको भवनलाइ महानगरले भोगाधिकाए र बजेट दियो भन्ने बिषय थप खोजिको बिषय बनेको छ । अबैध अतिक्रमण र सरचना निर्माणमा प्रेम जिसिले भने जस्तै गरि भोगाधिकार सहितको अनुमती दिएको हो र बजेट सहयोग गरेको हो भने त्यो चरम भ्रष्टाचारको नमुना हो । अख्तियार लगायतका राज्यका निकायले छानबिन गरि कानुनी दायरामा ल्याउन आवश्यक छ ।
२०७२ सालमा पोखरा उपत्यका नगर बिकास समितिका अध्यक्ष जित बहादुर गुरुङ ( मामा ),को पहलमा पोखरा उप महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत तिलक पौडेल र प्रजिअ यादव कोइरालाको टिमले फिर्के माथिको लायन्स भवनमा डोजर चलाइएको थियो । डोजरले आशिक क्षती पुर्याए पछि व्यापारी र लायन्स क्लबले आफै भत्काउने सर्तमा छोडिएको थियो । करिव एक बर्ष क्षतिपुर्ण अनुहार देखाएर बस्स्यो भवन । त्यसपछी क्लबले पुननिर्माण गरेर पसल चलाउन दिएर भाडा उठाउन निरन्तरता दिएका थिए । त्यस यता महानगर बन्यो , मान बहादुर जिसिको नेतृत्व पायो केही सुधार भएन , न मापदण्ड हटाइयो न भाडा आम्दानी राज्यको दायरामा आयो ? फगत गिज्ज्याइरह्यो शासक र प्रशासकलाई !
२०७९ मा लायन्स क्लबका गभर्नर भैसकेका धनराज आचार्य मेयर बनेर आए । तर पनि खोला माथिको अतिक्रमण हटाउने पहल समेत भएन , झन बलिया भएको महशुस गरे पोखरा फिश्टेल सिटि लायन्स र त्यहाका ब्यापारी हरुले । मेयरकै पार्टिका कार्यकर्ता भिमा पौडेल उक्त क्लबकी अध्यक्ष बनेर आइन । क्लबलाइ भाडा खाने आयु लम्बिदै गयो ।
भाडामा कसबाट कति असुली ?
सेवाको खोल ओढेर करिव बार्षिक ११ लाख उठाउछ लायन्स क्लवले , अरु लायन्स कसरी चल्छन ?
पस्चिम पट्टि बाम्बो चिया पसल रहेको छ । त्यसको छेउमा कामना मेडिकल रहेको छ । ५ बर्ष देखि बस्दै आएको मेडिकलले २०-२२ हजार मासिक भाडा बुझाउने गरेको सन्चालकले बताए । चिया पसलले पनि आफू बराबर भाडा तिर्ने उनले बताए । मिडिकलको छेउमा जि एम सु सेन्टर रहेको छ । उक्त पसलले १५९१० रुपैया लायन्सलाइ तिर्छ । त्यो सङ्गैको अर्को सम्पदा सुज कलेक्सन रहेको छ त्यसले २६ हजार भाडा लायन्सलाइ तिर्छ्न , सुज कलेक्सनको पछाडी ओरियो सप छ त्यसले मासिक ११ हजार रुपैया भाडा तिर्छ ।
फिर्के खोलाको माथी बनेको लायन्स भवनले मासिक करिव क९५ हजार भाडा उठ्छ तर त्यो भाडा त के भाडा कर समेत राज्यले पाउदैन । लायन्स क्लबले अबैध सरचना बनाएर भाडा उठाएर खाने गरेको छ । लायन्स जस्तो अन्तर्राष्ट्रिय सामाजिक सस्थाले यसरी अबैध बाटोबाट आय आर्जन र खर्च गर्दा कत्तिपनी आत्माग्लानी नहुनुलाई बिडम्बना मानिएको छ । बर्तमान अध्यक्ष समेत रहेकि भिमा पौडेल सङ्ग फिर्के खोला माथिको अबैध सरचना बनाएर भाडा उठाउदा कानुन बिपरित काम गरे जस्तो लाग्दैन भन्दा उनले भनिन ” लायन्सले उठाएको छ सामाजिक सेवा कार्यमा खर्च गरेको छ ” लायन्सलाइ यो अबैध कर्म गर्न कसले अनुमती दियो त ? यसमा उनको केही जवाफ छैन । ५ नम्बरका वडा अध्यक्ष बिष्णु बराल र ८ का वडा अध्यक्ष रुद्रनाथ बराल सङ्ग बुझ्दा ” स्पष्ट जवाफ पाइएन ।

जिरो किमि पुर्ब तर्फको यो सरचना निर्माण स्थल पोखरा महानगरपालिका वडा न ५ र ८ मा पर्छ । सटरको तलबाट खोला बग्छ । सटर पछाडिपट्टी पनि ब्यक्तिले जग्गा लिएर पुल बनाएका छन । लायन्सले बनाएको सटर भन्दा पस्चिमपट्टी ब्यक्तिको जग्गा छ तर त्यहा भने सुचना बोर्ड राखिएको छ । सुचनामा ” यो जग्गा ५ र ८ नम्बर वडामा पर्छ , फिर्केको मापदण्डमा पर्ने हुदा यहाँ वडाको अनुमती बिना सरचना बनाएमा तत्कालै कानुनी कारबाही गरिने छ ” भन्ने उल्लेख छ । यो सुचनालाई लायन्स भवनले गिज्ज्याइरहेको छ । खोलामाथी नै भवन बनाएर भाडा खान मिल्ने तर ब्यक्तिको जग्गामा भने … त्यस्तो सुचना । किन मौन छ महानगर ? किन मौन छ वडा कार्यालय ? के लायन्स भनेपछी जे गर्न पनि छुट हो ? कानुनी राज कहिले चल्छ पोखरामा ? राज्यको सम्पती कानुन मिचेर अतिक्रमण भै अर्को गैरसरकारी सस्थाले हडपेर भाडा खान दिनु क कसको मिलेमतो छ ? तत्काल छानबिन हुनुपर्छ ।
फिर्के खोला अतिक्रमण फिस्टेल लायन्स भवन एउटा उदाहरण मात्र हो राधाकृष्ण भवन , बहिरा संघ , पेक , लिटिल स्टेप बोर्डिङ लगायत दर्जनौ सस्थागत र ब्यक्तिगत गरि सयौ छन । खोला च्यापिएर निसासिएको छ । मिच्ने अतिक्रमणकारिहरुको स्वर र दम्भ ठूलो छ त्यसो हुनुमा कानुन कार्यान्वयन गर्ने निकायका खुट्टी कामेको सहजै बुझ्न सकिन्छ । बालेन सरकार अतिक्रमण बिरोधी हो भने पोखराको अतिक्रमण अब हान्नुपर्ने जानकार पोखरेलिहरु बताउछन । बुटवन , नेपालगज , हेटौंडामा सुरु भएको छ पोखरामा प्रतीक्षा गरौ ।


प्रतिक्रिया दिनुहोस्