२०८३ बैशाख २०
०६१४४५०००, ९८५६०३३३९१

सेवा हो कि स्वार्थ समुहको सेटिङ ? पोखरामा सरकारी स्कुल मासेर यातायात कार्यालय !

यदुनाथ वन्जारा

गण्डकी प्रदेश सरकारले लेखनाथमा यातायात कार्यालय सार्न न्वारान देखिको बल लगाउनुको रहस्यका पाना पल्टिदै गएको छ । एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री हुदा २०८१ भाद्र ११ गते लेखनाथमा यातायात कार्यालय खोल्ने निर्णय पहिलो प्राथमिकतामा परेको थियो ।
सरकारी कार्यालय खोल्दा चाहिने कार्यालय भवन , अफिस र सेवाग्राहीको लागि पार्किङ , सवारी चालक परिक्षाको लागि चाहिने ट्रायल ग्राउन्ड केहिपनी सरकारको अधिनमा छैन । तर पनि गण्डकी प्रदेश सरकार पोखराको यातायात कार्यालयबाट १५ मिनेटमा पुगिने ठाउमा यातायात कार्यालय खोल्न मरिहत्ते गरेर लागेको छ जवकि पृथ्वीचोकमा भैरहेको आफ्नो जग्गा समेत उपयोग गर्न असफल छ । सेवा दिन पर्याप्त कर्मचारी दिन नसकेर दिनको सय जनालाइ मात्र सेवा दिन कोटा लागू गरेको अबस्थाले सेवाग्राहीले सास्थी हैरानी खेपेका छन यो पिडालाइ छायामा पारेर १५ मिनेट पर लेखनाथमा कार्यालय खोल्न तम्सिनुको पछाडी ठूलो सेटिङ र चलखेलको गन्ध आएको छ ।

बिध्यालय मासेर यातायात कार्यालय

देशको दिर्घकालिन हित र बिकास गर्ने हो भने शिक्षामा लगानी गर्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय सिद्दान्त छ तर गन्डकी प्रदेश सरकार भएको शिक्षाको अवसरलाइ जरै देखि उखेलेर कमाउ धन्दा गर्ने खालका कार्यालय खोल्न लागि परेको पुष्टि गराएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३० पावर हाउसको घना बस्तिको बीचमा रहेको सहिद स्मारक आधारभुत बिध्यालयलाई मर्जको नाममा जरैबाट उखेलेर हटाइएको छ । बिध्यालयको कम्पाउन्डमा यातायातको बोर्ड झुन्ड्याइएको छ । करिव ४० जना बिध्यार्थी भएको उक्त बिध्यालयलाइ गत बर्ष त्रिभुवन शान्ति माविमा मर्ज गरिएको छ । मर्ज पछि पावरहाउस गगनगौडा क्षेत्रका बिध्यार्थिलाइ असुबिधा परेको छ । कतिपयले स्कुल छोड्न बाध्य पारिएकाछन ।
त्यो बिध्यालय मर्ज गर्नुको पछाडि गन्डकी प्रदेश सरकार र स्थानीय वडाका जनप्रतिनिधिको यातायात कार्यालय खोलाउने स्वार्थ रहेको कुरा ढिला गरि पुष्टि भएको छ । तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीको गृह नगर लेखनाथमा उनका केही कार्यकर्ता र केही कर्मचारिको उक्साहट र सेटिङमा लेखनाथको बिध्यालय फालेर यातायात कार्यालय खोल्न ठोस पहल पहिलयै भएको तर बिरोधका बाबजुत अघिल्ला भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश बहादुर केसि पछि हटेका थिए ।
यातायात कार्यालय राख्न सहिद स्मृती प्रा विलाई बिस्थापन गरिदा बिध्यालय ब्यबस्थापन समितिले अग्रसरता लिएको पाइएको छ । वडा शिक्षा समितिका सयोजक तथा वडा अध्यक्ष दुर्गा सुवेदी र बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम लिगलको सकृयतामा बिध्यालय उखेलेर अन्तै गाभ्ने र त्यहा यातायात कार्यालय खोल्ने योजना बुनेको सरोकार राख्ने ब्यक्तिले बताएका छन । बिध्यालयका प्रधानाध्यापक चन्द्रकला केसीले बिध्यालय मर्ज नगर्न पहल गर्दा धम्की खान परेको बताएकी छिन ।
बिध्यालय जोगाउने र ब्यब्स्थापन गर्ने जिम्मा लिएका बिब्यस अध्यक्ष प्रेम लिगन स्थानिय भन्दा बाहिरका मज्दुरका बालबालिका पढ्ने भएकोले मर्ज गरेर यातायात ल्याउन खोजेको बताए । यातायात कार्यालयको लागि सरकारी बिध्यालय मास्ने काममा ब्यबस्थापन समिती आफै लाग्नुलाई बिडम्बना मानिएको छ । वडा अध्यक्ष दुर्गा सुवेदी पनि लिगलकै पक्षमा वकालत गर्छन । स्थानियको मागमा यातायात परेको सुनाए । बजार र बस्तिको बीचको सरकारी बिध्यालय सरक्षण गर्नुपर्नेहरु नै बिध्यालय मास्ने कार्यमा लागेको पाइएको छ । केही बर्ष पछि स्थानियले पछुताउनुको बिकल्प छैन तर केही ब्यक्तिको ब्यापारिक स्वार्थको अगाडि तल्लो तहका नागरिकहरु निरीह बन्न पुगेका छ्न । शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्य बिध्यालय मर्ज गरेर बिध्यालयको जग्गा अरु कार्यालयको लागि दिन नमिल्ने बताउछन । अबको ५० बर्षलाइ हेर्ने हो भने त्यस ठाउका नागरिकले शिक्षाको लागि कहाँ जाने ? आचार्यले प्रश्न गरे ।
केन्द्रीय सरकारले बिध्यालयको जग्गा अरुलाइ दिनेत के भाडामा लगाउन पनि दिन्न तर पोखरामा बिध्यालय नै मासेर यातायात कार्यालयलाइ दिन तम्सेको छ यस प्रकरणमा संघ सरकारको ध्यान जान जरुरी छ ।

प्रदेश सरकारको द्वैध नीति रहस्यमय !

गण्डकी प्रदेश सरकारले आफ्नो कार्यालय मर्ज गर्ने , कर्मचारी कटौती गरि खर्च घटाउने नीति लिएको बताउछ तर भैरहेको कार्यालयलाइ ब्यबस्थापन गर्न छोडेर १५ मिनेटमा पुग्ने ठाउमा करोडौ खर्च गरेर अर्को कार्यालय खोल्न हतारिनुको पछाडी स्वार्थ समुहको चलखेल रहेको बुझिएको छ । खास गरि लाइसेन्सको धन्दा गर्ने ब्यबसायिको चङुलमा प्रदेश सरकार फसेको बुझिन आएको छ । लाइसेन्स खेती गर्ने ब्यबसायिले ट्रायल सेन्टर भाडामा लिइसकेको र त्यही भाडाको ट्रायल सेन्टरमा यातायात कार्यालयले परीक्षा सन्चालन गर्ने , ट्रायलको लागि गाडी भाडामा हाल्ने सम्मको सेटिङ मिलि सकेको बुझिएको छ । यसको लागि मुख्यमन्त्री स्वयम् लागि परेकाछन । उनले ल्याएको खर्च कटौती प्रस्ताव र कार्यालय मर्ज नीति धुलिसात हुन पुगेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पान्डेले फेरेका मन्त्री मध्य एमालेबाट भौतिक पुर्वाधार तथा यातायात मन्त्री बनेका गोविन्द नेपालिले लेखनाथमा यातायात खोल्ने आफ्नो प्राथमिकतामा पारेकाछन । मन्त्री नेपालिले स्थानिय केही वडाका जनप्रतिनिधि र केही स्वार्थ समुहको पहलमा लागेर कार्यालय खोल्न मुख्यमन्त्री पान्डेलाइ समेत साक्षी राखेर निर्णय गराएका छन । बैशाख १७ गते बसेको बैठकले जेष्ठ १ गते बाट यातायात कार्यालय खोलिने भन्दै खुसियाली मनाइएको छ । शिक्षालय मासेर यातायात खोल्दा खुसियाली बाढ्नेले भविस्यका नागरिकलाई के शिक्षा देलान । लाइसेन्सको खेती फस्टाउन एकन्त ठाउँ खोजिएको कतिपयले टिप्पणी गरेकाछन । केही ड्राइभिङ ब्यबसायीले ३ बर्ष अघिबाट सुरु गरेको अभियान स्कुल हटाएपछी पूरा हुने जमर्को गरेका छन।

पोखरा यातायात मै कोटा प्रणाली –

पोखराको यातायात कार्यालय आफ्नै जग्गा र भवनमा छ । तर प्रदेश सरकारले कर्मचारी पूरा दिन नसक्दा कोटा लागू गरेको छ । दिनको सय जना मात्र सेवाग्राहीले सेवा पाउँछन् । यहाको भएको कार्यालय चलाउन कर्मचारी दिन नसकेको सरकारले लेखनाथमा के स्वार्थले खोलेको कार्यालय ? प्रबिधि मैत्री बनाएर , कर राजस्वलाइ अनलाइन सिस्टममा ढाल्ने हो भने पोखराकै कार्यालय पनि पर्यप्त हुन्छ तर विभिन्न स्वार्थ समुहलाइ मलजल गर्न भएको बिध्यालय मासेर यातायात कार्यालय खोल्नु आफैमा बिबादास्पद बिषय बनेको छ ।
सरकारले नेता र व्यावसायिको स्वार्थमा कार्यालय खोल्ने हो भने हेम्जामा पनि खोल्नुपर्ने हुन्छ , छोरेपाटनमा खोल्नुपर्ने हुन्छ । भैरहेको जग्गा प्राप्ति गर्न नसक्दा अरबौको सम्पतीमा निजि अस्पताल चलेको छ उता भने मजदुर किसान जस्ता दुखी गरिवका छोराछोरी पढ्ने स्कुल मासेर यातायात कार्यालय खोल्ने अनि भाडाको ट्रायल सेन्टरमा लाइसेन्सको खेती गर्न गोप्य र एकान्त ठाउँ खोजिएको छ त्यो रहस्यमय छ पुनर्विचार गर्नुपर्छ । यातायात मन्त्री गोविन्द नेपाली भैरहेको पोखराको कार्यालयलाइ पर्याप्त कर्मचारी दिन नसकेर कोटा लागू गर्न बाध्य पार्ने अनि हतारमा स्कुल मासेको भवनमा यातायात कार्यालय राख्न हतारिएको वास्तविक रहस्य खोजिको बिषय बनेको छ संबंधित निकाय र संघ सरकारको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्