दाङ आसपासका मुटु रोगिहरुले अब आफ्नै सहरमा मुटुको उपचार सेवा पाउने भएकाछन । यसै हप्ता दाङमा मुटुको ‘एन्जियोप्लाष्टी सेवा’ शुरु भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त सेवाको शुरुवात गरिएकाे हो ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा.दिनेश उप्रेतीसहितको टोलीले शुक्रबार दुई बिरामीको एन्जियोप्लाष्टी गरेका हुन् ।
उनीहरुको अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ । क्याथ ल्याबसहित दश करोड रुपैयाँ बराबरका सामग्री ल्याएर सो सेवाको थालनी गरिएको अस्पतालले बताएको छ । यसअघि मुटुको उपचारका निम्ति जिल्ला बाहिर बुटवल , नेपालगन्ज जानुपर्ने बाध्यता थियो ।

प्रतिष्ठानबाट केही दिनअघि एन्जोयोग्राफी सेवा दिइएको थियो। जुन निदानात्मक उपचार थियो भने शुक्रबार उपचारात्मक सेवा सुरु गरिएको हो। दाङमै यो सेवा सुरु भएपछि जिल्लाबाहिरका बिरामीलाई पनि सेवा दिन सहज हुने प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले बताए।तर, प्रतिष्ठानमा एन्जियोप्लाष्टी सेवाको शुरुवातसँगै अब हृदयघातका बिरामीको दाङमै उपचार हुनेछ । प्रतिष्ठानमा यसअघि नै मुटुको इको सेवा पनि शुरु भइसकेको छ । सरकारले प्रत्येक जिल्लामा यस्तो विशेषज्ञ सेवा दिनु समयको माग रहेको छ । कास्किका स्थायी बासिन्दा डाक्टर देवकोटाले मुटु रोगबाट बच्ने उपाए र सचेतना दिदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्