२०८३ जेष्ठ २३
०६१४४५०००, ९८५६०३३३९१

१३ सिडिओको सरुवा , कास्किमा कुमानसिङ गुरुङ ,रुद्रादेवि शर्मा धनकुटाको प्रजिअ

नेपागल सरकारले  शुक्रबार १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ । एक बर्ष अबधी पूरा भएका प्रजिअहरुको सरुवा भएको हो ।यसअघि बागलुङमा प्रजिअ रहेका कुमानसिंह गुरुङ कास्कीको सिडिओ बनेका छन् ।

आज शुक्रबारको गृहमन्त्री समेतको जिम्मेवारी लिएका प्रधानमन्त्री बालेन्द्र शाहको निर्णयबाट सिडिओ फेरिएको हो । जस अनुसार कास्कीका रुद्रादेवी शर्मालाई धनकुटा सरुवा गरिएको छ ।

शर्मा कास्किमा रहेको एक बर्षको अबधिमा बजार अनुगमनले तिब्रता पाएको थियो भने सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानले सफलता पाउदै गएको थियो । सुशासनको पक्षमा शर्माको  कार्यशैलीलाइ सकारात्मक रुपमा लिइएको छ

कास्की सरुवा भएका कुमानसिङ     गुरुङ बागलुङमा प्रजिअ पदमा कार्यरत रहदा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो मुद्दा दायर पछि उनी निलम्बनमा परेका थिए । गुरुङ  कुश्मा नगरपालिकाको  प्रमुख प्रशासकिय अधिकृत रहेको अबधिमा एक योजनामा भ्रष्टाचार मुद्दा लागेको थियो उक्त मुद्दा विशेष अदालतबाट सफाइ पाएका थिए । सफाइ पायपछी यो पहिलो पदस्थापन हो । माछापुच्छ्रे गाउँ  पालिका , पर्यटन मन्त्रालय लगायत निकायमा कार्यरत गुरुङ  बिबादमा नमुछिएका सहसचिव हुन ।

यस्तै  स्याङजाका ईश्वरीप्रसाद अर्याललाई संखुवासभाको सिडिओमा लगिएको छ भने स्याङजामा निराजन घिमिरे आउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्