राष्ट्रिय मावि पछिल्ला बर्षहरुमा चर्चित छ । पढाइको नतिजाको चर्चाले होइन चलखेलको चर्चाले । हो अन्जुली बोर्डिङलाइ घर जग्गा भाडमा दिएर नितिगत भ्रष्टाचार गरेको कुरा अख्तियारले मुद्दा चलायो , विशेष अदालतले भाडामा दिने सम्झौतालाई गैरकानुनी मान्यो तर सम्झौता गर्नेहरु चोख्याइयो । बिशेषको फैसला चित्त नबुझेको कारण अख्तियार भ्रष्टाचारमा सजायको माग दावी गर्दै सर्वोच्च अदालत गएको छ ।
सर्वोच्चमा पुनराबेदन रिट गएको मसि नसुक्दै राष्ट्रिय मावी अर्को बिवादमा मुछिएको छ दशै मेला भ्रष्टाचार कान्ड । हो गएको दशैमा राष्ट्रिय माविको चौरमा मेला गर्दा लिनुपर्ने भाडामा अनाधिकृत रुपमा भाडा आम्दानी छुट गरि सरकारी बिध्यालयलाइ हानी नोक्सानी पुर्याएको भन्दै अख्तियारले राष्ट्रिय मावी बिरुद्द भ्रष्टाचार मुद्दा अनुसन्धान गरिरहेको छ ।
त्यस प्रकरणमा राष्ट्रिय माविले आफ्नो नाममा रहेको पुरानो टुडिखेल चौर स्थानीय बुद्दटोल क्लवलाइ दशै मेला गर्न भाडामा लगाएको थियो । अघिल्लो बर्षको दर रेटमा नबढाइ स्कुल ब्यबस्थापन समितिले क्लबलाइ भाडामा दिएको थियो त्यसमा पनि समितिले २५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरेपछी बिब्यस भित्रै अन्तरबिरोध भएको थियो । एक कान दुई कान मैदान भने झै त्यो छुट काण्ड अख्तियार सम्म पुग्यो र अख्तियारले केश फाइल गरि अनुसन्धान अघि बढायो ।
राष्ट्रिय मा.वि.को जग्गामा सञ्चालन भएको दशैंको फूलपाति मेलामा विभिन्न २५० भन्दा बढी स्टल, बालउद्यान, रेष्टुरेन्ट र फुटपाथबाट भाडा बापत विद्यालयमा प्राप्त करिब रु. ६० लाख रकमको वि.व्य.स., प्र.अ. र वडा अध्यक्ष समेतको मिलेमतोमा हिसाब–किताब पारदर्शी नराखी हिनामिना गरेको” उजुरीका आधारमा उक्त प्रकरणमा जोडिएका ब्यक्तिहरुसङ्ग छानबिन गरिरहेको छ ।
अहिले भाडा छुट दिने विव्यस र छुट लिने बुद्दटोल क्लबका पदाधिकारीहरुको भोक निद हराम भएको छ । तत्कालिन बिब्यस अध्यक्ष राम बिक्रम राणा , सदस्य बरुणबिक्रम राणा समेतको खास पहलमा भाडामा लिने पक्षले निवेदनमा तोकेर छुट माग समेत नगरेको अवस्थामा बिब्यसले २५ प्रतिशत रकम छुट गर्ने निर्णय गरि बिध्यालयलाइ हानी नोक्सानी पुर्याइ भ्रष्टाचार गरेको बिषयमा छानबिन भैरहेको बुझिएको छ । अख्तियारले छुट लिने बुद्दटोल क्लवका पदाधिकारी सङ्ग इन्क्वारी गरेको र बिध्यालयलाइ थप कागजात माग गरेर अनुसन्धानलाई तिब्रता दिएको छ । छुट दिने कार्यमा तत्कालिन बिब्यसले गरेको पहल रहस्यमय रहेको छ । खास चुरो कुरो अनुसन्धान पछि खुल्ने छ प्रतीक्षा गरौ ।
टुडिखेलको १८ लाखको दुवो काण्ड के हुँदै छ ?
दुवो जहाँ रोप्यो त्यही मौलाउछ तर पोखरा १ हरिचोकको पुरानो टुडिखेलमा रोपेको १८ लाखको दुवो कहाँ हरायो अत्तोपत्तो छैन । १५ लाख रुपियाँ वडा नम्बर १ कार्यालय र राष्ट्रिय माविको समेत लागत सहभागीता समेत गरि करिव १८ लाख रुपैयाँ खर्च भएको दुवो रोपण कार्यक्रममा समेत अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछी छानबिन भएको सन्देश बाहिरिएको थियो तर त्यो सन्देशले सार्थकता पाउन सकेको छैन ।
अनुसन्धान भएको बिषय तामेलिमा गयो कि छानबिन हुँदै छ भन्ने बारेमा नागरिकलाइ सुचना दिन अख्तियारले कन्जुस्याइँ गर्नुहुन्न । सुशासन र सदाचार देश र जनताको लागि हो त्यसैले सुचना पनि सार्वकनिक गर्न आवश्यक महशुस गरिएको छ । पछिल्लो समयमा बढेको कुशासनलाई न्यूनीकरण गर्न अख्तियार र नागरिक बीच अन्योन्याश्रीत सम्बन्धको बिकास गरेमा मात्र नागरिकले अख्तियारलाई सुचना दिनेछन । टुडिखेलको १८ लाखको दुवो त मर्यो मर्यो छानबिन नमरोस र जनताको आशाको दियो ननिभोस ।

प्रतिक्रिया दिनुहोस्