पछिल्लो महिना नेपालिहरुको लागि खाना पकाउने ग्यास अभावले सास्ती दियो । भएका ग्यास सहर बजारमा लुछाचुडी हुन थालेपछी गाउँ बस्तिका भुइ मान्छेहरु सिटा दाउराको भरमा बाच्न बाध्य भएकाछन । यसै क्रममा माछापुछ्रे २ सार्दिखोलाका ग्रामीण बस्तिका उपभोताको लागि स्थानिय युवा धनबिर गुरुङले मनवीर बनेर ग्रामिण जनताको सेवा गरेका छन । हो सामाजिक अभियन्ता धनवीर गुरुङले पोखरामा सिमित रहेको ग्यास आपूर्तिलाई भुर्जुङखोला सम्म लगेर बिस्तार गरेकाछन , मङ्गलबार ग्यासको ब्यबस्थापन गरेपछी स्थानिय उपभोक्ताले खुसी ब्यक्त गरेकाछन ।
। दुर्गम बस्तीमा समेत खाना पकाउने एलपी ग्यासको पहुँच विस्तार हुन थालेपछि स्थानीय बासिन्दाले राहत महसुस गर्न थालेका छन्। ग्यासको नियमित आपूर्ति नहुँदा दाउरा तथा अन्य परम्परागत इन्धनमा निर्भर हुँदै आएका ग्रामीण परिवारलाई ग्यास वितरणले सहजता थपेको हो।
समाजसेवी धनवीर गुरुङको पहल तथा समन्वयमा शुभ चेरिस्मा इम्पोरियम प्रा.लि.सँग सहकार्य गरी स्थानीयस्तरमै ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएका छन । वडा कार्यालयको सिफारिसका आधारमा सोही वडाको कोलचोकमा रहेको सोनी सोहन किराना पसलको परिसरमा १६२ सिलिन्डर गृहलक्ष्मी र नेपाल ग्यास उपलब्ध गराइएको गुरुङले बताए । सरकारले तोकेको भाउ २०६० मा ग्यास बितरण गरिएको उनले बताए ।
स्थानीयस्तरमा ग्यासको बिक्री तथा वितरण केन्द्र स्थापना भएपछि उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउने वातावरण बनेको छ। यसले ग्रामीण क्षेत्रमा आधुनिक खाना पकाउने इन्धनको पहुँच विस्तार हुनुका साथै समय र श्रमको बचतसमेत हुने अपेक्षा गरिएको छ।ग्यास वितरणमा सहजीकरण गर्ने समाजसेवी, सम्बन्धित कम्पनीलाई उपभोक्ताले धन्यवाद दिएका छन्। ग्रामीण क्षेत्रमा यस्ता सेवा विस्तार गर्न सके परम्परागत इन्धनमाथिको निर्भरता घटाउन र दैनिक जीवनलाई थप सहज बनाउन सहयोग पुग्ने स्थानीयको अपेक्षा छ। सहजकर्ता गुरुङले सरकारले तोके भन्दा महङ्गो मुल्यमा ग्यास खरिदबिक्री नगर्न र त्यस्तो गरे प्रशासनलाइ सुचना दिन गुरुङले अनुरोध गरेकाछन । अझै पनि बाबा , नारायणी , शक्ति ब्रान्डका शिलिण्डर भएका ग्यासको आवश्यकता रहेको र आवश्यक पहल भैरहेको पनि उनले बताए । स्थानीय वडा सरकारले नागरिकको समस्या समाधान गर्न नसकेपछी आफुले पहल गरेको धनबिर गुरुङले बताए । उनले भने अझै पहल गर्छु ।

प्रतिक्रिया दिनुहोस्