२०८३ आश्विन १०
०६१४४५०००, ९८५६०३३३९१

ए वन ग्रेटर नेपाल यातायातको चौथो साधारणसभा सम्पन्न , व्यावसायिक सस्था एकीकरणको माग ।

पोखरालाइ केन्द्र बनाएर संचालित ट्याक्सी ब्यबसायीहरुको सस्था ए वन ग्रेटर नेपाल यातायात प्रालिले चौथो साधारणसभा सम्पन्न गरेको छ । पोखराको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रमुख अतिथी नेपाल यातायात व्यावसायि राष्ट्रिय महासङका केन्द्रिय अध्यक्ष पुण्यप्रसाद सिटौला सरोजले छरिएर रहेका यातायात ब्यबसायी सस्थाहरुलाइ एकीकरण गर्न निर्देशन दिए । ट्याक्सीको सट्टा दर्ता कार्यलाइ सङ्केत गर्दै उनले भने ” एक दुई लाखमा नम्बर किनेर झोलामा हाल्ने अनि व्यावसायिलाई १७- १८ लाखमा बिक्रि गर्ने बिचौलियाको गिरोह र दलालको चक्करमा फस्न यातायात व्यावसायिहरु बाध्य भएका छन ।” गुणस्तरीय सेवा दिन राम्रो गाडी हाल्नेलाइ बिरोध नगरौ बरु हामिलेपनी राम्रो गाडी हालौ अध्यक्ष सिटौलाले भने ।
उद्घाटन सत्रमा मजदु्र नेता किरणबाबु पन्त , महासङका सल्लाहकार बलराम सापकोटा , महासङ प्रदेश सयोजक महेश थापा , ट्याक्सि तर्फका बर्गिए सयोजक प्रकाशमणी तिवारी , महासङका केन्द्रिय उपमाहासचिव भानुभक्त बराल , बरिस्ठ उपाध्यक्ष द्वय केदार पौडेल , ऐन कुमार साही , लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा ४ सय सवारी स्वरोजगार चालक मध्य बर्ष भरी दुर्घटना दावी नलिएका १५ जना असल चालकलाइ नगद सहित सम्मान प्रदान गरिएको थियो । साथै उत्कृष्ट असल चालक ,सर्बोत्कृस्ट ब्यबसायी र चार दशक बढी चालक सेवा गरेका लाई दिर्घ सेवा पदक प्रदान गरिएको छ थियो ।
बन्दसत्रमा अध्यक्ष अर्जुन पौडेलको २०८२/८३ को कार्यप्रगती तथा २०८३/०८४ को प्रस्तावित कार्यक्रम , संचालक कोषाध्यक्ष मोहदत्त आचार्यले प्रस्तुत गरेको ०८२/०८३ को आर्थिक प्रगती तथा २०८३/०८४ को अनुमानित आय ब्यय विवरण , र ढाकामोहन एन्ड असोसियट फर्मले पेश गरेका लेखा परिक्षण प्रतिबेदन उपर छलफल गरि सर्बसम्मत रुपमा पारित गरिएको थियो । साधारणसभा कार्यक्रम प्रालिका अध्यक्ष अर्जुन पौडेलको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्