२०८३ आश्विन १०
०६१४४५०००, ९८५६०३३३९१

बिन्ध्यबासिनी माविको भूपु बिध्यार्थी मन्चमा हरिबहादुर बरुवाल अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन

देशकै ख्यातिप्राप्त ल विन्ध्यवासिनी माध्यमिक विद्यालयका भुपु बिध्यार्थिहरुको सस्था भुतपुर्व बिध्यार्थी मन्चको २१ औ साधारणसभा तथा नवौ अधिबेशन सम्पन्न भएको छ । भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, पोखराको नवौँ अधिवेशनले हरिबहादुर बरुवालको नेतृत्वमा सर्वसम्मत समिति गठन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सञ्जय थापा, सचिवमा माधव शर्मा, कोषाध्यक्षमा रिता तिमिल्सिना तथा सदस्यहरूमा सिर्जना थापा, मिनुका भुजेल, महेन्द्र बानियाँ, शकुन्तला केसी, एकराज नेपाली, कृष्ण थापा र सूर्य गायक सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

साधारणसभा बिध्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो। पूर्वमन्त्री कुमार खड्का तथा शिक्षाविद् एवं समाजसेवी नरहरी भट्टराई विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष सुभाषबाबु अधिकारी, भुतपूर्व अध्यक्ष रामबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सन्दीप थापा, समाजसेवी चित्र थापा, बेनीबहादुर बस्नेत,गणेश थापा र पूर्णचन्द्र नेपाली लगायतको उपस्थिति रहेको थियो।

संस्थाका सचिव भीम गायकले सञ्चालन भएको कार्यक्रममा उपाध्यक्ष सञ्जयबहादुर बस्नेतले स्वागत मन्तव्य राखेका थिए । अध्यक्ष बरुवालले संस्थाको गतिविधि, उपलब्धि तथा भावी योजनासहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।

पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गर्दै प्रधानाध्यापक आचार्यले विन्ध्यवासिनी माध्यमिक विद्यालय आफैंमा इतिहास बोकेको नेपालको नम्बर वान स्कुल भएको र यस विद्यालयले देशलाई आवश्यक पर्ने इन्जिनियर, डाक्टर, कर्मचारी, मन्त्री, सांसद तथा प्रदेश प्रमुखजस्ता दक्ष जनशक्ति दिएको उल्लेख गर्दै विद्यालय र भूतपूर्व विद्यार्थी मञ्चबीचको सम्बन्ध अझ सुदृढ हुनुपर्नेमा जोड दिएका थिए ।

सम्मानित व्यक्तित्व पूर्णचन्द्र नेपालीले आफ्नो जीवनसंघर्ष र सांगीतिक यात्राका अनुभव सुनाउँदै गित प्रस्तुत गरेका थिए । स्थानीय संघसंस्थाको तर्फबाट दुर्गादेवी बस्नेतले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेकिथिइन ।

अध्यक्ष हरिबहादुर बरुवालद्वारा प्रस्तुत कार्यपत्र सर्वसम्मत रूपमा पारित गरिएको थियो । निर्वाचन समितिका सदस्य दयाशंकर अधिकारीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराउँदै जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्