नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तरगत झापा जिल्लाको संघीय निर्वाचन क्षेत्र नम्वर १ को क्षेत्रीय अधिवेशनबाट उपसभापति विश्वप्रकाश शर्मा करिब ९० प्रतिशत मत पाएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
७१० क्षेत्रीय प्रतिनिधि मतदानमा सहभागी भएकोमा उपसभापति शर्माले ६३८ मत प्राप्त गरेर शर्मा विजयी भएका हुन् ।
नरेन थापा कास्की १(क) मा निर्विरोध
आगामी स्थानीय तहको निर्वाचनमा पोखराको मेयरका लागि चर्चा पाइरहेका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापा ‘नरेन’ नेपाली कांग्रेस कास्की–१ ‘क’ को सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।
कास्की–१ को क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका थापाले सर्वसम्मतिका लागि भन्दै पछाडि हटेर प्रदेशमा सर्वसम्मत भएका हुन् । यश अघि क्षेत्रीय सभापतिमा लड्ने चर्चा थियो । त्यहा युवा नेता सरोज केसि र ओम गुरुङ उठेका छन । आज मङ्गलबार चुनाव हुनेछ ।


प्रतिक्रिया दिनुहोस्