नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय समिति सभापतिमा युवा नेता सरोज केसी निर्वाचित भएका छन्। बिहीबार राति सार्वजनिक अन्तिम मतपरिणामअनुसार उनी आफ्ना निकटतम प्रतिस्पर्धी ओमप्रकाश गुरुङलाई ६१ मतान्तरले हराउँदै विजयी बनेका छन ।
दुई दिनअघि सम्पन्न मतदानको मतगणना बिहीबार राति साढे १ बजे सकिएको थियो। कुल खसेको ९७० मतमध्ये विजयी केसीले ४७२ मत पाए। उनका निकटतम प्रतिस्पर्धी गुरुङले ४११ मत ल्याए। सभापतिका अर्का उम्मेदवार अप्सरा श्रेष्ठले भने ७० मत मात्र पाइन।
युवा नेता सरोज केसी लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय छन्। उनी यसअघि प्रदेश सभा सभापति थिए। उनले पार्टी रूपान्तरणमा सकृय भुमिका निर्वाह गर्ने बताएका छन ।
कास्की क्षेत्र नम्बर १ अन्तर्गतका अन्य समितिमा पनि नयाँ नेतृत्व चयन भएको छ। क्षेत्र नम्बर १ (ख) को सभापतिमा अर्जुन गुरुङ निर्वाचित भए। सोही क्षेत्रको उपसभापतिमा लोकबहादुर गुरुङ विजयी भए भने सचिवमा २९६ मत ल्याएर किरण अधिकारी चुनिए। यसअघि कास्की क्षेत्र नम्बर १ (क) को सभापतिमा नरेन्द्र थापा सर्बसम्मत निर्विरोध निर्वाचित भइसकेका छन्। यसपटकको चुनावमा अधिकास स्थानमा युवा निर्वाचित भएकाछन ।
एक नम्बर क्षेत्रबाट केन्द्रिय महाधिबेशनमा जीवन परियार , कृष्ण केसी, भानु ढकाल ,तिलक रानाभाट , दिपक गुरुङ माइला , बुद्धिमान गुरुङ , किशोरदत्त बराल , राजेन्द्रमणी लामिछाने नवीन सिग्देल रेनुका गुरुङ सहित १० जना निर्वाचित भैसकेका छन । अब कास्की ३ को परिणाम आउन बाकी छ ।


प्रतिक्रिया दिनुहोस्