२०८३ आश्विन २४
०६१४४५०००, ९८५६०३३३९१

मालढुङ्गा पुलको एप्रोच द्रुत गतिमा बन्दै , एक हप्ता भित्र पुल सन्चालन हुने सम्भावना

 

असोज ११ गते आएको भारी बर्षाको कारण कालीगण्डकी नदिमा आएको बाढिले पर्वत र बागलुङ जोड्ने माल्डुङ्गा पुलको दक्षिण तर्फको एक्युट्मेन्ट एप्रोच सडक बगाएका कारण पर्वत र बागलुङको सम्बन्ध टुटेकोछ । अहिले बागलुङ जान म्याग्दिको बेनी घुमेर आउनुपर्ने बाध्यता  छ ।
यतिखेर बाढिले  बगाएको एप्रोचको निर्माण कार्य तिब्र गतिमा अघि बढाइएको छ । सन १९९१ मा चिन सरकारको सहयोगमा मालढुङ्गामा बनेको ओपन स्पान्ड्रल आर्क पुलको पर्वत तर्फको अप्रोच सडक कटिङ गरि बगाउदा झन्डै २५ मिटर चौडाइको एप्रोच सडक निर्माण गर्नुपर्ने भएको छ । खोलाबाट पुलको मुखसम्म २४ मिटर उचाइको फिलिङ गर्नुपर्ने भएको छ ।
एप्रोच सडक निर्माणकार्यलाई सडक डिभिजन कार्यालय पोखराले द्रुत गतिमा कार्य अगाडि बढाएको छ । गहिरो र फराकिलो खाल्डो निर्माण गरि निकास खोल्नपर्ने भएकोले डिभिजन सडक कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारी सहितको प्राविधिक टोलि बिगत एक हप्ता देखि मालढुङ्गामै खटिएको छ । यसै हप्ता भित्र कार्य सम्पन्न गरी पुल सन्चालनमा ल्याउने योजना सहित साझ बिहान लगाएर काम भैरहेको सडक डिभिजन कार्यालय पोखराका प्राविधिकले बताएकाछन ।
पुलको अप स्ट्रीम र डाउन स्ट्रीम साइडमा नदिको बहाव तथा इरोजन बाट जोगाउन टेण्डन एङ्करिङ द्वारा इन्टरकनेक्टेड ग्याभिन प्रोटेक्सन ब्यबस्था गरिएको सडक डिभिजन पोखराका इन्जिनियरले बताए । फिलिङ्ममा जिओब्याग समेत प्रयोग गरिएको बताइएको छ ।
नेपालिहरुको महान चाडपर्व आइरहेको बेला प्रकृतिक प्रकोपले पारेको सङ्कट टार्न सरकारी सयन्त्रले सकृयता देखाएको छ । मालढुङ्गा स्थित कालिगन्डकी नदिले पुललाइ क्षती पुर्याउदा हजारौ नागरिकले सास्ती बेहोर्न बाध्य भएकाछन । निर्माणमा भएको तिब्रतालाइ नियाल्दा आउदो मङ्गलबार सम्म पुल चल्न सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्