पोखरा- २ बगलुङ बसपार्कमा निदान आयुर्वेद क्लिनिक चलाउदै आएका प्रफुल्ल यादवलाई कास्की प्रहरिले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । रौतहट जिल्ला स्थायी घर भएका ३८ बर्षिय यादबलाइ बिहीबार अपरान्ह कास्की प्रहरीले पक्राउ गरि हिरासतमा राखेको हो ।
यादवले आफ्नो क्लिनिकमा पायल्स रोगको उपचार गर्न आएकी एक युवतीलाई योन दुर्व्यवहार गरेको भन्दै दशै अगाडी नै उजुरी परेको थियो । करिब एक हप्ता अगाडि उजुरी परेको भएपनी यादवलाइ बिहिवार पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवानले पुष्टि गरे ।
पिडित युवतिले आफुलाइ उपचार ठिक पार्ने बहाना बनाइ महिलाको संबेदनसिल अङ्गमा छुने चलाउने लगाएतका अश्लिल हर्कत गरेको बताएको पिडितका आफन्तले सराङ्कोटलाइ बताए । आयुर्वेद क्लिनिक सन्चालक प्रफुल्ल यादवले ती युवतिलाइ झुक्यानमा पारी ललाइ फकाइ पायल्स पुरै निको पार्न यसो गर्नुपर्छ , उसो गर्नुपर्छ भन्दै योनाङ्ग र छाती चलाएका थिए -पिडित युवतिलाइ हवाला दिदै आफन्तले बताए ।
कास्की प्रहरिमा ठाडो उजुरी परेको र थप अनुसन्धान भैरहेको बताइएको छ । घटना स्थल मुचुल्का र पिडित सङ्ग थप बुझ्ने काम भैरहेको कास्की प्रहरीले बताएको छ । पिडित युवतिको किटानी जाहेरी पर्न बाकी छ । पिडित पक्षबाट कुनि होस्टाइल भएन भने योन सङ्ग सम्बन्धित अपराधमा मुद्दा चल्न सक्ने प्रवल सम्भावना रहेको ठाडो उजुरीमा सम्लग्न ब्यहोराबाट बुझ्न सकिने प्रहरी स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्