नेपालमा सुचनाको हक सम्बन्धि कानुन कार्यान्वयनमा आएको १७ बर्ष पूरा भैसकेकोछ तर पनि कतिपय सार्वजनिक निकायहरु अझै पनि सुचनाको हक कार्यान्वयन गर्न आलटाल गर्दै आएकाछन । यसरी आलटाल गर्नेमा निजि बैक तथा बित्तिय सस्थाहरु अग्रपंक्तिमा रहेका छन । राष्ट्रिय स्तरका क बर्गका बैकका प्रदेश कार्यालय र शाखा कार्यालयहरु , बिकास बैक , फाइनान्स कम्पनी , लघुबित्त कम्पनिहरु रहेका छन ।

गोपनियताको हक भजाएर दिनुपर्ने सुचना पनि नदिने , सुचना अधिकारी नतोक्ने , स्वत प्रकाशन नगर्ने गरेपछी सुचना अभियन्ता यदुनाथ बन्जाराले राष्ट्र बैक समक्ष २०८१ असोज १६ गते निवेदन गरि बैक तथा बित्तीय सस्थाका प्रदेश र शाखामा सुचना अधिकारी तोक्नुपर्ने हो कि नपर्ने हो ? पर्ने भए निर्देशन जारी होस नपर्ने भए कारण सहित जवाफ पाउ भन्ने सुचना माग गरेकोमा रास्ट्र बैकको नियमन बिभागले २०८१ असोज २२ गते नै राष्ट्र बैकबाट स्वीकृति अनुमति लिएका सबै बैक तथा बित्तीय सस्थालाइ एकीकृत सर्कुलर पठाइ सुचनाको हक सम्बन्धी ऐन नियम कार्यान्वयन गर्न भनेको थियो ।राष्ट्र बैकले सबै बैक तथा बित्तीय सस्थाका प्रदेश तथा शाखा कार्यालयहरूमा नियमानुसार सुचना अधिकारी तोक्न र ऐन कार्यान्वयन गर्न भनेको थियो ।
राष्ट्र बैकले कार्यबिधी समेत संशोधन गरि गरेको निर्देशन समेत कतिपय बैक तथा बित्तिय सस्थाले टेरेका छैनन । बिभन्न बहानाबाजी गर्दै सुचना अधिकारी नियुक्त नगर्दा नागरिकले सूचना पाउन पापड पेल्नपर्ने अबस्था आएको छ । सरकारी स्वामित्वका अधिकास बैकहरुले सूचना अधिकारी सम्बन्धी कानुन पालना गरेको भएपनी निजि लगानिका बैकहरुले झन्डै २ बर्ष अगाडिको राष्ट्र बैकको निर्देशन नमानेपछी पोखरा कार्यालयलाइ अनुरोध गरेपछी राष्ट्रबैक पोखराले आफू मातहतका सबै बैक तथा बित्तीय सस्थाहरुलाइ एकीकृत निर्देशन कार्यान्वयन गर्न ताकेता गरेको छ । राष्ट्र बैक पोखराका उप निर्देशक समेत रहेका सुचना अधिकारी राम कुमार कार्किले मातहतका बैक तथा बित्तीय सस्थाहरुलाइ राष्ट्र बैकको एकीकृत निर्देशन कार्यान्वयन नगरेको भए गर्न अनुरोध गरिएको बताए ।

बैक तथा बित्तीय सस्थाको केन्द्रिय कार्यालयले नै आफ्ना मातहत रहेका प्रदेश तथा शाखा कार्यालयहरुलाइ सुचनाको हक कार्यान्वयन गर्न निर्देशन दिनुलाइ आनाकानी गर्नुलाई किमार्थ राम्रो मान्न सकिन्न । सुशासन र पारदर्शिताको लागि सुचनाको हकलाइ सेतुको रुपमा लिइन्छ । राष्ट्र बैकको निर्देशन नमान्ने उपर आवश्यक कारवाही गर्न खुट्टा कमाउनु हुन्न । हामी निरन्तर खबरदारीमा छौ ।

प्रतिक्रिया दिनुहोस्