२०८३ श्रावण २२
०६१४४५०००, ९८५६०३३३९१

सरकारी कर्मचारी निजि अस्पतालका प्रबन्ध निर्देशक ! मापदण्ड अनुसार कहिले चल्छ निजि अस्पताल ?

पोखराका अधिकास स्वास्थ्य सस्थाहरु टिठलाग्दा छन । दर्ता कसरी भए ? नविकरण कसरी हुन्छन बुझीसाध्य छैन । अस्पतालले मापदन्ड नपुर्याइ सन्चालन गर्दा बिरामिहरु पीडा माथी सास्थी खेप्न बाध्य पारिएकाछन तर पनि राज्य निरीह बनेर टुलुटुलु हेरेर बसेको छ । न अनुगमन छ न नियमन र कारबाही नै ।
यस्तै एउटा उदाहरण बनेको छ पोखरा १० रंगशाला गेट अगाडी रहेको एपेक्स मल्टिस्पेसलिटी हस्पिटल । एउटा सामान्य आबासिय घरलाइ अस्पताल बनाएर चलाइएको छ । बिरामिहरुलाइ माथिल्लो तलामा जान न लिफ्ट छ न र्याम्प नै । अशक्त बिरामिहरु भरेङ चढ्न नसकेर अलपत्र परेको देखिन्छ्न । अस्पतालको लागि योग्य भवन नहुदा पनि त्यस्ता अस्पतालले राज्यबाट अनुमती लिन सफल भएकाछन ।

विशेषज्ञको उपचार सेवा नै शङ्कास्पद –

एपेक्स मल्टिस्पेसलिटी अस्पतालमा अरु बेला त खासै बिरामी देखिन्नन तर काठमाडौबाट महिनामा एकपटक आउने सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर अन्शुमाली जोशी आएको दिन भने हाट बजारनै लाग्ने गरेको पाइन्छ । डाक्टर जोशिको टिकट अस्पतालले नै काट्ने गरेको भएपनी उनले काठमाडौको फाइलमा बिरामी जाच्ने गरेकाछन । अस्पताल पोखराको , डाक्टरको टिकट पनि पोखराकै हस्पिटलको नाममा काटिन्छ तर बिरामिको कार्ड र फाइल भने डाक्टर  जोशिले  काठमाडौको क्लिनिकको नामको रहेको छ जवकी त्यो कार्ड र फर्ममा कुनै दर्ताको सङ्केत पाइदैन ।

ओपिडि टिकट चार्ज ११ सय !

डाक्टर अन्शुमाली जोशिलाइ देखाउन ११ सयको ओपिडि टिकट काट्नुपर्छ । ९४० को ओपिडी टिकट , ६० रुपियाँको कार्ड , र १ सय रुपैयाँ सर्भिस चार्ज गरि ११ सय रुपैयाँको टिकट लिनुपर्ने रहेछ । बिरामीसङ्ग १ सय रुपैयाँ सर्भिस चार्ज लिएको किन त्यो भने जवाफ पाइएन । डाक्टरले गर्ने जाच नै सर्भिस चार्ज हो भन्ने बुझेकाले एपेक्स अस्पतालको काइदा गज्जबकै फाइदा जनक रहेको पाइयो । डाक्टर जोशिले एकै दिन १८० जनाको ओपिडी चेक गरेका थिए । त्यसमा सर्भिस चार्ज मात्र १८ हजार सङ्कलन भएको हुन्छ । ल्याब शुल्क , औषधी बिक्रिको फाइदा अलग्गै छदैछ ।

कर कसले तिर्छ ? एकिन छैन ।

अस्पतालमा बिरामी सङ्ग लिने शुल्कमा डाक्टरले १५ प्रतिशत टिडिएस तिर्नुपर्ने कर कानुनमा ब्यबस्था छ । तर एपेक्स अस्पतालमा काठमाडौबाट आएका डाक्टर अङ्शुमाली जोशिको नाममा बिरामिले काटेको टिकटको कर कसले तिर्छ कि तिर्दैन भन्ने बिषय एकिन हुन सकेन । अस्पतालका प्रबन्ध निर्देशक बासुदेव कोइराला सङ्ग टिडिएस कसले तिर्छ त भन्ने जिज्ञासा राख्दा ठोस जवाफ पाइएन । डाक्टरले उठेको टिकटको पैसा सबै लाने भएकोले उनैले तिर्छन होला कोइरालाले भने ।
टिकट अस्पतालको नाममा काटिन्छ भने अस्पतालले नै कर सङ्कलन गरेर आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने हो तर एपेक्स अस्पतालको कार्यशैली बुझ्दा र डाक्टर जोशिले काठमाडौको आफ्नै क्लिनिकको कार्ड प्रयोग गरेको देख्दा कर चुहावट भएको आशङ्का उठ्नु अस्वभाविक होइन । असार २४ गते मात्र १७० बढी बिरामिले टिकट काटेका थिए । १०४० का दरले हिसाब गर्दा झन्डै २६ हजार बढी टिडिएस कर कार्यालयमा दाखिल हुनुपर्ने देखिन्छ । दाखिल भयो होला त यो कर ? यो त एक महिनाको एक पटकको कर रकम हो बर्षभरी को लेखाजोखा कर कार्यालयले गर्यो भने चुहावट भए नभएको खुल्ने नै छ । बिरामिको टिकट र इन्ट्री रजिस्टर हेरे पुग्छ ।
अस्पतालले बिरामिको फाइल र कार्ड पोखराको नाममा नराख्नुले थप शङ्का निम्त्याएको छ । बिरामी जाच्दा डाक्टरले काठमाडौको क्लिनिकको नामाङ्कित कार्ड प्रयोग गर्नु कर इधर उधर गर्न खोजेको त होइन भन्ने आशङ्का जिबितै राखेको छ । यथार्थ कुराको जानकारी अस्पताले गराउनुपर्ने हुन्छ ।

गन्डकी अस्पतालका स्थायी कर्मचारी निजिका म्यानेजिङ डाइरेक्टर !

बासुदेव कोइराला पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान अन्तरगतको गन्डकि अस्पतालका ल्याबका स्थायी कर्मचारी हुन । उनी एपेक्स अस्पताल पोखरा -१० इन्द्रचोकका प्रबन्ध निर्देशक हुन । पोखरा १२ स्थायी ठेगाना भएका बासुदेव कोइरालाले एपेक्स अस्पतालमा २० हजार कित्ता शेयर हालेको कम्पनी रजिस्ट्रारको अभिलेखमा देखिन्छ । सरकारी अस्पतालमा स्थायी सेवा गरिरहेका पारामेडिक्स कर्मचारीले निजि अस्पतालमा लगानी गरेका मात्र छैनन निजि अस्पतालको प्रशासनिक प्रमुख पद प्रबन्ध निर्देशक समेत बनेर जिम्मेवारी बहन गरेकाछन ।
गन्डकी अस्पतालको ल्याबमा हेमाटोलोजी बिभागमा कार्यरत बासुदेव कोइरालाले एपेक्स अस्पतालमा आफ्नै ल्याब समेत चलाएर स्वार्थको द्वन्द्व मा मुछिएका छन । सरकारी कर्मचारीले बिभागिय अनुमती लिएर मात्र बाहिर पार्ट टाइम प्राक्टिस गर्न पाउँछन् । यहाँत निजि अस्पताल नै खोलेका छन त्यतिमात्र होइन त्यो अस्पतालको प्रवन्ध निर्देशक बनेर अस्पताल चलाएकाछ्न । यसमा कोइरालाले बिभाग्बाट अनुमती लिएका छन या छैनन त्यो भने राज्यले छानबिन गरोस । हामिले बासु कोइरालासङ्ग प्रतिक्रिया लिदा उनले आफू ब्यबस्थापन पढेको र अनुभव भएकोले प्रबन्ध निर्देशक बनेको स्वीकार गरे । १५ शैया सम्मको अस्पताल महानगरपालिकाले हेर्ने क्षेत्रमा पर्छ हेरेर अनुगमन , नियमन गरोस । स्वास्थ्य सस्थालाइ मापदण्डअनुसार चलाओस , स्वार्थको द्वन्द्व हटाओस ।

प्रतिक्रिया दिनुहोस्