बिकृति बिसङ्गति रहित समाजको निर्माम हाम्रो अभियान भन्ने मुल उद्देश्यले स्थापित सामुदायिक सेवा केन्द्र एबम सामुदायिक प्रहरी सेवा पोखरा १ बगरको २३ औ बार्षिक साधारणसभा तथा बार्हौ अधिबेशन सम्पन्न गरिएको छ । शनिबार राष्ट्रिय माविको सभा हलमा आयोजित अधिबेशनाबाट कृष्ण बहादुर तामाङको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा कमल प्रसाद बास्तोला , सचिवमा सावित्री पौडेल कोषाध्यक्षमा बाबुराम भन्डारी सहसचिवमा कृष्ण प्रसाद दहाल चयन भएका छन । यस्तै कार्यसमिति सदस्यमा बलराम अधिकारी , रजनी शर्मा चपाइ , लक्ष्मी शर्मा , देवराज भन्डारी , यदुनाथ बन्जारा , ॠतुकुमारी काफ्ले , अच्युत प्रसाद शर्मा र सुशील चन्द्र पौडेल चयन भएकाछन । अधिबक्ता हरि प्रसाद अधिकारीको सयोजकत्वमा रहेको बैकुण्ठ अधिकारी र सीता अधिकारी रहेको निर्वाचन मण्डलले चुनाव सम्पन्न गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्किका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवीन कार्किले साधारणसभाको उद्घाटनमा बगर सामुदायिकले सामाजिक बिकृती र बिसङ्गती बिरुद्द खेलेको भुमिकाको प्रशंसा गर्दै समाजको शान्ती अमनचयनमा बिशेष योगदान पुगेको बताए । सम्बिधानसभा सदस्य शारदा पौडेल, सामुदायिक सेवा केन्द्र बगरका सस्थापक अध्यक्ष सीता गुरुङ ,१ नम्बर वडा अध्यक्ष शाहरा प्रधान , सामुदायिक जिल्ला समन्वय समिती कास्किका भिम पराजुली ,सल्लाहकार पुरुसोत्तम श्रेष्ठ सामुदायिक सेवा केन्द्र हेमजाका अध्यक्ष देविप्रसाद अधिकारी , पोखरा उध्योग बाणिज्य संघका सदस्य भानुभक्त अधिकारी ले शुभकामना ब्यक्त गरेका थिए।



प्रतिक्रिया दिनुहोस्