२०८३ आश्विन १२
०६१४४५०००, ९८५६०३३३९१

सिटिजन फर्निचरमा दसैँतिहार अफर,  सबै समानमा ३० प्रतिशतसम्म छुट

 

नेपालिहरुको महान चाड दशै तिहारको आगमन सङ्गै व्यापार प्रबर्द्धनमा बिशेष छुट कार्यक्रम अघि सार्दै पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले दसैँतिहार अवसरमा छुट सुविधाको घोषणा गरेको छ । विगतका वर्षमा झैं यस वर्ष पनि विभिन्न फर्निचर एवं फर्निनिङका सामानमा २० देखि ३० प्रतिशतसम्म छुट सुविधा दिइएको संचालक दीपक कार्कीले जानकारी दिए । शनिबार शुभकामना आदानप्रदान एवं पत्रकार भेटघाटमा उनले यसबारे जानकारी दिएका हुन् ।
२०७० असार २६ देखि पोखरामा सिटिजन फर्निचर संचालन सुरु भएको हो । कम्पनीले न्यूरोड क्षेत्रमै मुख्य शोरुमसहित ४ आउटलेट संचालन गरेको छ । सिटिजन फर्निचरसहित सिटिजन फर्निसिङ सप्लायर्स संचालित छ । यसैगरी, सिटिजन फर्निचर एण्ड फर्निसिङ हव तथा अर्को सिटिजन कम्प्युटर एण्ड मेन्टिनेन्स पसल छ ।
यहाँ सोफा, दराज, अफिस टेबल, डाइनिङ टेबल, टि–टेबल, पर्दा, कार्पेट, कुर्सी, डोरमेट लगायत अफिस तथा घरायसी प्रयोजनका आवश्यक सामग्री उपलब्ध छन् ।
संचालक कार्कीका अनुसार सोफा मात्र २० हजारदेखि ५ लाखसम्मका छन् । उनले दसैँतिहार तथा छठ पर्वसम्म नै विभिन्न सामान खरिदमा छुट दिइएको बताए । युवा व्यवसायी कार्कीले सस्तोभन्दा पनि क्वालिटीको पछाडि लाग्न सम्पूर्ण ग्राहक महानुभावमा आग्रह गरेका थिए ।
नेपाल सरकारलाई कर बुझाएर वैधानिक ढंगले आफूहरुले संचालन गरेको हुँदा ढुक्क भएर सामान खरिद गर्न आग्रह गरे । उनले आफ्नो फ्याक्ट्रीमा जुनसुकै मोडलका सोफा, दराज बनाएर दिन सकिने जानकारी दिए । मार्केटको आवश्यकताअनुसार राम्रै लगानी गरिरहेको पनि उनी बताउँछन् ।

बेदर्ताका अनलाइन बिजनेस सबैको समस्या 

बजारमा अनलाइनबाट भैरहेको ब्यापारले उपभोक्ता र सरकार दुबैलाइ समस्यामा पारेको छ । करको दायरामा न आउने र गुणस्तरीय समान पाउन नसकिने रोग नै बनेको छ । पुतली देखाएर झुसिलकिराको व्यापार गर्नेहरुका कारण ग्राहक ठगिएका छन । समान फिर्ता र मर्मत समेत नहुने भएपछी लगानी खेर गैरहेको उपभोक्ताको गुनासोलाइ कसले सम्बोधन  गर्ने ?
दर्ताबिना संचालित अनलाइन बिजनेस नियमन गर्नुपर्नेमा जोड दिँदै संचालक कार्कीले भने, ‘मार्केटमा फेसबुक र टिकटकमा अलिकति ट्याक्कटुक्क पार्न सक्यो भने प्रलोभन पार्न सकिने रहेछ । तसर्थ नेपाल सरकारसँग दर्ता नभइकन संचालित अनलाइन बिजनेस नियमन गरिनुपर्छ । अहिले वारेन्टी वा ग्यारेन्टी दिने भनिन्छ, भोलि समाउन जाने कहाँ ?’
गण्डकी प्रदेश सरकारबाट युवा उद्यमीको रुपमा सम्मानित कार्की छोटो समयमै सफल उद्यमी बनेका छन् । सफल हुन कुनै पनि चिजमा निरन्तर लाग्नुपर्ने उनको सुझाव छ । चाउथेको फ्याक्ट्री र न्यूरोडका शोरुममा करिब २७० जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका छन् ।
सिटिजनले सामाजिक उत्तदायित्वका विभिन्न कार्यक्रममा पनि उस्तै सक्रियता देखाउँदै आएको छ । रसुवा बाढीपीडितको सहयोगार्थ सुरुमै १ लाख ११ हजार ११ रुपैयाँ राहत जम्मा गरेको सिटिजनले गत महिनामात्रै पाल्पाको ऐतिहासिक लाखे नाच देखाएको थियो ।
नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले हाम्रो देशको वनजंगल सदुपयोग गर्न सक्ने हो भने विदेशमा जाने पैसा रोकिने बताए । निजी क्षेत्रमाथि आक्रमण भइरहेको बेला एउटा युवा उद्यमीको उत्साहलाई हामीले सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।
सो अवसरमा सिटिजन फर्निचरका अर्का संचालक गुरुदत्त पौडेलले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिए । कार्यक्रम संचालन पाल्पाली समाजका प्रेस सल्लाहकार विजय नेपालले गरेका थिए । चाडपर्वमा छुट सम्बन्धि विशेष अफर आफ्ना ग्राहकहरुका लागि कोसेलिको रुपमा ल्याइएको दिपक कार्किले बताए ।

प्रतिक्रिया दिनुहोस्