२०८३ आश्विन १२
०६१४४५०००, ९८५६०३३३९१

कास्की १ क्षेत्रीय सभापतिमा सरोज र नरेन्द्र को भिडन्त

 

सरोज केसीको साहस –

नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को सभापति पदमा सरोज केसीले उम्मेदवारी घोषणा गरेका छन् । उनले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी संगठनलाई व्यवस्थित, सक्रिय र बलियो बनाउँदै कार्यकर्ता र आम मतदाताबीचको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेका हुन ।

आफूले लामो समयदेखि संगठनमा काम गर्दै आएका साथीहरू, अग्रज नेता तथा शुभेच्छुकसँगको छलफल र सुझावपछि सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको उनको भनाइ थियो । उनले कास्की १ मा पार्टीको संगठनलाई व्यवस्थित, सक्रिय र बलियो बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताए । नेतृत्व तहदेखि आधार तहका कार्यकर्तासँग नियमित संवाद गर्ने र संगठनका गतिविधिलाई निरन्तरता दिने वातावरण बनाउने प्रतिबद्धता उनले बताएका छन ।

केसीले आफ्नो उम्मेदवारी कसैको विरोधमा नभई कास्की क्षेत्र नं. १ को कांग्रेसलाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रस्तुत गरेको बताए । उनले नयाँ पुस्तालाई संगठनमा जोड्ने, कार्यकर्तामा भरोसा बढाउने र जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउने चुनौती रहेको उल्लेख गर्दै नेतृत्वले निर्देशन दिनुभन्दा पहिले कार्यकर्ताको अवस्था बुझेर जिम्मेवारी पूरा गर्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता हुने बताए । उनले आफ्नो उम्मेदवारीलाई केवल व्यक्तिको उम्मेदवारीका रूपमा नलिई संगठनभित्र जिम्मेवारी, सहभागिता र नयाँ कार्यशैलीको प्रयासका रूपमा बुझिदिन क्षेत्रीय प्रतिनिधि, सक्रिय सदस्य, नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन् ।

नरेन्द्र थापाको दृढता –

कास्किको क्षेत्र नम्बर १ लाई काङ्ग्रेस नेताको उर्बर क्षेत्र मानिन्छ । तारानाथ रानाभाट , यज्ञ बहादुर थापा , कृष्ण केसी लगायतका नेताको बिरासतले धानेको त्यस क्षेत्रमा नरेन्द्र थापाले पनि सभापतिमा उम्मेदवारी दिएकाछन । २६ नम्बरका वडा अध्यक्ष समेत रहेका थापाले आफुलाइ पोखराको मेयरको उम्मेदवारको रुपमा पेश गरेका छन ।
कास्की १ मा उठेका दुबैजना उम्मेदवार युवाको प्रतिनिधित्व गर्छन । सङ्गठन निर्माण र कार्यकर्ताको सरक्षणमा कसले योगदान गरेकाछन भन्ने बिषयमा काङ्ग्रेसको यो अधिबेशनले अबस्य तौलिने नै छ । कार्यकर्ताको मत कता जान्छ भन्ने बिषय मौन रहेको छ । दुबैले आफ्नो बिजयको दावी गरेका छन । आउदो चुनावलाइ समेत यो नतिजाले अर्थ राख्ने जानकारहरु बताउछन ।

प्रतिक्रिया दिनुहोस्