पछिल्लो समय पोखराको बजारमा इलेक्टि्क स्कुटरको प्रयोग बाक्लो देखिएको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा पोखरामा विद्युतीय स्कुटरप्रति उपभोक्ताको आकर्षण बढ्न थालेको हो । पेट्रोलको नियमित खर्च घटाउने र वातावरणमैत्री सवारी प्रयोग गर्ने उद्देश्यले विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकको संख्या पछिल्लो समय बढेको व्यवसायीहरूले बताएका छन्।
पोखरामा स्क्वायर मोटरले बिक्री गर्दै आएको TVS iQube Electric स्कुटरमा ग्राहकको चासो बढेको सञ्चालक विनोद पोटेले बताए। उनका अनुसार इन्धनको मूल्यमा हुने वृद्धि र पेट्रोलियम सवारी सञ्चालनको बढ्दो खर्च र आकर्षक मोडलका कारण विद्युतीय स्कुटर रोज्ने ग्राहक बढेका हुन्।
“पेट्रोलको मूल्य बढेसँगै विद्युतीय स्कुटरतर्फ ग्राहकको आकर्षण बढेको बताउदै आवतजावतका लागि इन्धनको खर्च बचत हुने भएकाले ग्राहकहरूले यसको बारेमा बढी बुझ्न र खरिद गर्न थालेका छन्,” पोटेले भने।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार TVS iQube Electric को सुरुआती मूल्य २ लाख ७९ हजार रुपैयाँ रहेको छ। यसमा ५ वर्षको वारेन्टी उपलब्ध हुने उल्लेख छ। वारेन्टीमा ब्याट्री, मोटर र MCU समेत समेटिएको विज्ञापनमा उल्लेख गरिएको छ।
TVS iQube का 3.0 र 3.5 संस्करण बजारमा उपलब्ध छन्। यायात कम्पनिले स्कुटरको रियल वर्ल्ड रेन्ज ११५ किलोमिटर र IDC रेन्ज १४५ किलोमिटरसम्म रहेको दाबी गरेको छ। दैनिक कार्यालय, व्यवसाय तथा छोटो दूरीको आवतजावतका लागि यस्तो रेन्ज उपयोगी हुने कम्पनीको दाबी छ।
त्यस्तै, स्कुटरमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २ घण्टा लाग्ने बताइएको छ। छोटो समयमा चार्ज गर्न सकिने भएकाले नियमित प्रयोगकर्ताका लागि सहज हुने व्यवसायीहरूको भनाइ छ। बिगत एक बर्ष देखि TVS को इलेक्टि्क स्कुटर चढ्दै आएका रमेश शर्माले विद्युतीय स्कुटरले आफू पुर्ण सन्तुष्ट रहेको बताए । खर्च पनि नहुने बाताबरण पनि जोगिने भएपछी आफू प्रभावित भएको उनले बताए ।
पोखरामा विद्युतीय सवारीको प्रयोग बढ्दै गएसँगै चार्जिङ पूर्वाधार, ब्याट्रीको आयु, बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको उपलब्धतालाई पनि ग्राहकले प्राथमिकतामा राख्न थालेका छन्। स्क्वायर मोटरले पोखरामा TVS iQube को बिक्री तथा ग्राहक सेवा प्रदान गर्दा ग्राहकको सन्तुष्टि पाएको सञ्चालक पोटेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्