२०८३ आश्विन १४
०६१४४५०००, ९८५६०३३३९१

खौला लाकुरी माविको कोषबाट मिटर ब्याज प्रकरण , ढिलो गरि अख्तियारले गर्दैछ छानबिन

 

बिध्यालय पढ्ने र पढाउने ठाँउ हो । सरकारले भवन शिक्षक , कर्मचारी सबैमा खर्च लगानी गरेको हुन्छ तर पर्वतको खौला लाकुरी माध्यमिक बिध्यालय कुश्मा १३ ले ढुकुटी खेलाएर पैसाको कारोबार गर्दै आएको छ । बिध्यालयले बिध्यार्थिबाट उठाएको भर्ना शुल्क , चन्दा सङ्कलन , तत्कालीन गाबिसको अनुदानबाट जम्मा भएको कोषलाई गाउमा ब्याजमा लगाउदै आएको थियो ।
स्थानीयलाई झन्डै ३० लाख बढी ब्याजमा लगाइएकोमा २५ लाख भन्दा बढी रकम फस्न पुगेको थियो । बिध्यालयको पैसा बैकमा नराखी बिध्यालयको प्रधानाध्यापक मिना भण्डारीको अग्रसरतामा बिब्यसले निर्णय गरि रकम बाडिएको थियो । बिध्यालयले कानुन बिपरित ब्याजमा लगाएको पैसा उठाउन नसकेपछी २०७९ सालमा बाहिर आएको थियो ।


सराङ्कोट पत्रीकाले बिध्यालयको कति रकम क कसलाइ बाढिएको र कति उठ्न बाकी छ भन्ने विवरण माग्दा सूचना नदिएपछी राष्ट्रिय सूचना आयोगमा पुनराबेदन गरि आदेश भएपछी २०८० जेष्ठ २४ गतेको मितिमा बिध्यालयले सूचना उपलब्ध गराएको थियो । हामिलाइ प्राप्त सूचना अनुसार बिध्यालयले गाउका ५५ जनालाइ २५ लाख ९७ हजार २८२ रुपैयाँ ब्याजा लगाएको पाइयो ।
बिध्यालयले दिएको रकम उठ्न नसक्दा आलोचना चुलिएको थियो । बैक खातामा सुरक्षित राख्नुपर्ने सार्वजनिक कोष रकम मनमौजी बाडेका कारण उठ्न मुस्किल परेको छ । महङ्गो ब्याजमा लगाउने गरेका कारण रकम उठ्न नसकेको हामिलाइ बिध्यालयका आसामिहरुले गुनासो गरेका छन । कोहि जमानी पनि छैन धितो पनि छैन जसलाइ मन लाग्यो उसैलाइ दिइएको छ । स्थानीय एक युवाले सराङ्कोटलाइ बताए ।
बिध्यालयका ॠण खाएका सुब बहादुर केसिले २०७८/७९ तिर १ लाख २५ हजार लिएका थिए । बार्षिक २४ प्रतिशतका दरले ब्याज जोडेर पैसा तिर्नै गारो परेको केसीले बताए । दशै पछि लगत्तै सावा बुझाउछु भन्दाभन्दै पनि आफुलाइ अख्तियारमा पुर्याइयो भन्दै उनले दुखेसो पोखे । सावा भन्दा बढी ब्याज भयो भन्दै दोब्बर भन्दा बढि पैसा मागेका छन के बेचेर दिने होला उनले भने ।
बिध्यालयले पैसा ब्याजा लाएर ढुकुटी खेल्ने काम किन गरेको भन्दा प्रधानाध्यापक मिना भन्डारी भन्छिन ” समितिले गरेको हो ।” तर आर्थिक अधिकार प्रधानाध्यापकलाइ हुन्छ नि भन्दा उनको बोल्ती बन्द भयो । बिध्यालयमा मावी तहको स्थायी शिक्षक हुदाहुदै प्रावी दरवन्दिको शिक्षक मिना भन्डारिलाइ प्रधानाध्यापक बनाएको पनि बर्षौ भयो । यस्तै चलखेल गर्न पाउने भएपछी वडालेपनी कानुन कुल्चेको कुल्च्यै छ। आस्थाको आधारमा प्रधानाध्यापक राखिदा बिध्यालयमा कनिस्ठले बरिस्ठलाइ राज गरिरहेको अबस्था छ । ब्यबस्था फेरियो तर खौला लाकुरी माविको अबस्था उहीँ छ । बिबादका बाबजुद बिध्यालयको मावी दरबन्दीमा कार्यरतलाइ नियमानुसार प्रधानाध्यापक बनाउने कार्य अगाडि बढाइएको कुश्मा नगरपालिकाका शिक्षा प्रमुख बिष्णु प्रसाद तिवारीले बताए । ब्याजमा लगानी गरेको रकम असुली भैरहेको पनि तिवारीले बताएका छन । करिव १० लाख रुपैया उठ्न बाकी रहेको सुचना तिवारिले सराङ्कोटलाइ दिएका छन ।
यो प्रकरण बिगत २ बर्ष देखि अख्तियारको छानबिनमा तानिएको छ । बयान लिने काम भइरहेकै स्रोतले बताएको छ । अख्तियारको छानबिनमा गएपछी फसेको रकम उठ्दै गएको छ तर चर्को ब्याज तिर्नेहरुले न्याय पाएका छैनन । कानुन त १० प्रतिशत भन्दा बढी ब्याज लिन मिल्दैन यद्यपि बिध्यालयले २४ प्रतिशत ब्याजमा लगाएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्