यी ७ जनाले गरे पुरस्कार ह्याट्रिक, १० पत्रकारलाई २ पटक, ८५ लाई १ पटक
पोखरा
पत्रकारितालाई चौथो अंगका रुपमा लिइन्छ तर सधै देश र जनताका कुरा लेख्दै आएको पत्रकार आफू भने पर्दा पछाडिको पात्र बनेर बसेको हुन्छ। आफू र आफ्नो पेशाको खबर सायदै लेखिन्छ । आज हामी पत्रकार र पत्रकारको छाता सस्था पत्रकार महासंघसँग जोडिएका केही कुरालाई पाठकसम्म पुर्याउने जमर्को गर्नेछौ ।
नेपाल पत्रकार महासंघको स्थापना २०१२ साल चैत्र १६ गते भएको थियो। शाखा बिस्तार गर्ने क्रममा २०३४ साल असार १२ गते कास्की शाखाको स्थापना भएको अभिलेखबाट देखिन्छ। कास्की शाखाको सस्थापक अध्यक्ष उमाकान्त शर्मा रहेका थिए । त्यसपछी माधवप्रसाद बरालसम्म आइपुग्दा १२ औ कार्यकाल चलिरहेको छ ।
सस्थापक अध्यक्ष देखि हालसम्मको अध्यक्षहरु
१. उमाकान्त शर्मा — संस्थापक अध्यक्ष
२. माधव शर्मा
३. कुशुमकेशव पराजुली
४. कृष्ण प्रसाद बास्तोला
५. पुण्य पौडेल
६. रविन्द्र बास्तोला
७. नारायण कार्कि
८. बद्रीविनोद प्रतीक
९. रामकृष्ण ज्ञवाली
१०. दीपेन्द्र श्रेष्ठ
११. बिमला भन्डारी र
१२. माधवप्रसाद बराल — वर्तमान अध्यक्ष रहेका छन ।
पुरस्कारको नालिबेली
पत्रकार महासंघ कास्कीले शाखा स्थापनाको २ दशकपछिबाट पत्रकारिता पुरस्कार स्थापना गरि सन्चालनमा ल्याएको छ । हामीले सूचनाको हक सम्बन्धी औजार प्रयोग गरेर पुरस्कार सम्बन्धी जानकारी लिएका छौ । कास्की शाखाले विभिन्न दाताहरुको आर्थिक सहयोग कोषबाट ८ वटा पत्रकारिता पुरस्कार स्थापना गरि बितरण गर्दै आएको पाइएको छ। जसमा १ प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता पुरस्कार र गजेन्द्र भन्डारी स्मृति पत्रकारिता पुरस्कर २०५४ सालबाट बितरण सुरु गरिएको थियो। दयाशंकर पालिखे स्मृति पत्रकातिता पुरस्कर १ लाख १ हजार १११ रुपैयाँ राशी भएको पुरस्कार हो उक्त पुरस्कार २०५४ मा केशवराज पराजुलीलाई दिइएको थियो ।
पत्रकार महासंघले ८ वटा पुरस्कार सन्चालन र बितरण गर्दै आएको छ । ती मध्य पोखरा पत्रकारिता पुरस्कार बाहेक सबै दाताको सौजन्य अक्ष्यय कोषबाट चलेको छ । अक्षयकोषमा बजेट राख्ने र ब्याजबाट पुरस्कार बितरण गरिदै आइएको छ ।
क–कसले कति पटक पाए पुरस्कार ?
कास्कीमा हाल २०४ जना पत्रकार महासंघको सदस्य रहेका छन । राष्ट्रिय पुरस्कार बाहेक कास्कीका सदस्यलाई पुरस्कार दिने गरिएको पाइन्छ । कास्की शाखाले पत्रकारलाई पुरस्कार दिन थालेको ३० बर्ष भएको छ । यो अबधिमा १२६ वटा पुरस्कार बितरण गरिएको छ । पत्रकारको संख्या र पुरस्कार बितरणको संख्यालाई नियाल्दा यहाँ कार्यरत मध्य आधा भन्दा बढिले पत्रकारिता सम्मान तथा पुरस्कार पाइसकेको हुनुपर्ने देखिन्छ । तर त्यसरी बितरण गरिएको पाइदैन।
महासंघले गठन गरेको पुरस्कार छनोट समितिले एउटै ब्यक्तिलाई तीन पटकसम्म पुरस्कृत गरेको महासंघ कास्की शाखाबाट प्राप्त बिबरणबाट खुलेको हो । पत्रकारितामा योगदान गरेको ब्यक्तीको अभाव भएको कारण एउटै ब्यक्तिलाई तेहर्याउन परेको हो वा अरु खास कारण केही छ ? त्यो भने छुट्टै खोजिको बिषय बनेको छ । सोधकर्ताहरुले यसमा गम्भीरतापूर्वक अध्यन गर्ने बिषय बनेको छ ।
तीन पटक सम्म (ह्याट्रिक) पुरस्कार पाउनेहरुमा
माधव शर्माले २०५७ मा प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता पुरस्कार, २०६६ मा पोखरा पत्रकारिता सम्मान, र २०७८ मा किर्ती स्मृति पत्रकारिता बृति पाएको देखिन्छ ।
यस्तै कृष्णप्रसाद बास्तोलाले २०५८ मा प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता पुरस्कार, २०६९ मा किर्ती स्मृति पत्रकारिता बृति पुरस्कार र २०७० मा पोखरा पत्रकारिता सम्मान प्राप्त गरेको देखिन्छ ।
अर्का पात्र बद्री बिनोद खनाल प्रतिकले पनि पुरस्कारमा ह्याट्रिक गरेकाछन, उनले २०६५ मा प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता पुरस्कार, २०६२ मा पोखरा पत्रकारिता सम्मान र २०७४ मा किर्ती स्मृति पत्रकारिता बृति पुरस्कार पाएका छन । प्रतीक सरकारी विद्यालय स्थायी शिक्षक थिए उनी हाल सेवा निबृत छन ।
अर्का प्रतिभा पुण्य पौडेलले पनि पुरस्कारमा ह्याट्रिक गरेका छन २०७३ मा प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता पुरस्कार, २०६८ मा पोखरा पत्रकारिता सम्मान र २०५४ मा गजेन्द्र भन्डारी स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरेका छन ।
ह्याट्रिक गर्ने अर्का पत्रकारमा गंगाधर पराजुली रहेका छन। उनले २०६९ मा प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता पुरस्कार, २०५७ मा गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार र २०७९ मा पोखरा पत्रकारिता सम्मान पुरस्कार प्राप्त गरेका छन ।
पुरस्कारमा ह्याट्रिक गर्ने अर्का प्रतिभामा नारायण कार्की रहेकाछन। उनले २०७० मा प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता पुरस्कार, २०५५ मा पोखरा पत्रकारिता सम्मान, र २०७६ मा किर्ती स्मृति पत्रकारिता बृति पाएका छन ।
यस्तै अर्का ह्याट्रिक गर्ने प्रतिभामा रामकृष्ण ज्ञवाली रहेकाछन । उनले २०७६ मा प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता पुरस्कार, २०६८ मा गजेन्द्र भन्डारी स्मृति पत्रकारीता पुरस्कार पाएका छन भने उनले टंकादेवी पत्रकारिता पुरस्कार पाएकाछन (पाएको मिति खुलाइएको छैन)
पोखराका ७ जना पत्रकारले पत्रकारिता पुरस्कारमा ह्याट्रिक गरेर १२६ मध्य २१ पुरस्कार लिएको देखिन्छ। पुरस्कार पाउने ७ जना मध्य ६ जना पत्रकार महासंघ कास्कीका अध्यक्ष बनेकाछन । यी पुरस्कार प्रतिभा छनोट समितिमा को को थिए भन्ने बिषय हामीलाई उपलब्ध भएको छैन। आगामी अंकमा त्यस बिषयमा थप खोजी गर्नुपर्ने छ । छनोट समितिको गठन र प्रतिभा छनोटको आधार पनि पारदर्शी हुन जरुरी देखिन्छ ।
दुई वटा पुरस्कार पाउनेहरुको सूची पनि लामै रहेको छ ।
२ वटा पुरस्कारले सम्मान हुने प्रतिभा यी हुन –
क. कृष्णमणि बराल २०६९ र २०८२ साल
ख. दुर्गा बराल (बात्सायन) – २०५९ र २०७२ साल
ग. कुसुमकेशव पराजुली – २०७१ र २०५६ साल
घ. श्यामनाथ कुवर –२०६२ र २०७५ साल
ङ. त्रिभुवन पौडेल २०७५ र २०८० साल
च. रविन्द्र बास्तोला – २०७० र २०७५ साल
छ. नवीन सिग्देल – २०७१ र २०७७ साल
ज. दिपेन्द्र श्रेष्ठ – २०७९ र २०… खाली
झ. राजबहादुर गुरुङ –२०६३ र २०८१ साल
य. रमेश पौडेल – २०५९ र २०७२ साल
यहाँ १० जनालाई २ पटक पुरस्कार प्रदान गरिएको छ । यी मध्य दुर्गा बराल र कृष्णमणी बराल बाहेक ८ जना पत्रकार महासंघ कास्कीको अध्यक्ष तथा पदाधिकारीको पद हासिल गरिसकेका प्रतिभा हुन भने पुरस्कृत प्रतिभा छनोट समितिको समेत जिम्मेवारी निभाएका ब्यक्ती हुन । १२६ पुरस्कृत मध्य ८५ जनाले एकपटक मात्र पुरस्कार प्राप्त गरेका छन । यी बाहेकका पत्रकार छनोट समितिको नजरमा पर्न सकेका छैनन । कसैलाई ह्याट्रिक गराउनु कसैलाई स्मरण समेत नगराउनुले पत्रकार जगतमा पनि बेथिती र भेदभाव रहेको पुष्टि गराएको छ । कतिपय पुरस्कृत प्रतिभा छनोट समितिमा रहनेहरुले पुरस्कार साटासाट गरि बितरण गरिएको चर्चा चल्ने गरेको छ। पुरस्कारको छनोट समिति पुरस्कृत पात्रहरुको इतिहासलाई खोतलेर हेर्ने हो भने यो तथ्य बाहिरिने प्रचुर सम्भावना रहेको छ ।
एकपटक मात्र पुरस्कृत हुने ८५ जना प्रतिभाहरु यस प्रकार रहेकाछन –
१) प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता पुरस्कार
क्र.सं. पुरस्कार प्रदान गर्ने व्यक्ति पुरस्कार मिति
१ केशवराज पराजुली २०५४
२ तिलकमान गुभाजु २०५५
३ तेजनाथ घिमिरे २०५६
४ भूपनिधि पन्त २०५७
८ विनयकुमार कसजु २०६१
९ विश्वबन्धु भण्डारी २०६२
१० विश्वरत्न शाक्य २०६३
११ कर्णबहादुर कार्की २०६५
१३ नवराज सुवेदी २०६६
१४ नारायण भट्टराई २०६७
१५ विष्णु निष्ठुरी २०६८
२) गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार
क्र.सं. पुरस्कार प्राप्त गर्ने व्यक्ति मिति
१ पुण्य पौडेल २०५४
२ ओम शर्मा २०५५
३ पदम रेग्मी २०५६
५ रुद्रबहादुर थापा २०५८
७ निर्मला शर्मा २०६०
८ हिमनिधि लौडारी २०६१
९ दुर्गा भण्डारी २०६३
११ धनराज आचार्य २०६४
– आरजु विष्ट सल्यानी २०६४
१२ रुद्र भट्ट २०६५
१३ हेमराज बराल २०६६
१४ वासुदेव मिश्र २०६७
१६ विनोद लामिछाने २०६९
१९ हरी बास्तोला २०७२
२० भिष्मराज बराल २०७३
२१ रुपनारायण ढकाल २०७४
२३ भरत कोइराला २०७६
२४ राम गुरुङ २०७७
२५ रामप्रसाद तिमिल्सेना २०७८
२६ कुलचन्द्र न्यौपाने २०७९
२७ ओम हमाल २०८०
२८ केशव पाठक २०८१
२९ दुर्गा अधिकारी २०८२
३० लालप्रसाद शर्मा २०८३
३) पोखरा पत्रकारिता सम्मान
क्र.सं. पुरस्कार प्रप्त गर्ने व्यक्ति पुरस्कार मिति
८ पो.ले.म.न.पा २०७४
१० सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रस्ट २०७६
१२ लक्ष्मी हाउस २०७८
१३ गंगाधर पराजुली २०७९
१४ राजु भण्डारी एवं भण्डारी परिवार २०८०
१६ सहारा क्लब २०८२
४) जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार
क्र.सं. पुरस्कार प्रप्तगर्ने व्यक्ति पुरस्कार मिति
१ बिभु भुषाल २०६८
३ घनश्याम पाण्डे २०७०
– दुर्गा अधिकारी २०७०
४ ऋषीकान्त पौडेल २०७१
५ प्रेम नेपाली २०७२
६ रुद्र श्रीस २०७३
७ रञ्जन अधिकारी २०७४
८ गिता राना २०७५
९ अर्जुन गिरी २०७६
१० भीम थापा २०७७
११ गौरव त्रिपाठी २०७८
११ दुर्गा राना मगर २०७९
१२ कृपा भण्डारी २०८०
१३ फडिन्द्र अधिकारी २०८१
१४ एकराज गिरी २०८२
५) मीना पत्रकारिता पुरस्कार
क्र.सं. पुरस्कार प्राप्त गर्ने व्यक्ति पुरस्कार मिति
१ दुर्गा भण्डारी २०७१
२ दीपक परियार २०७२
३ शान्ति गुरुङ २०७३
४ सरिता तिमिल्सेना २०७४
५ खेम सारु २०७५
६ स्मीता अधिकारी २०७६
७ रोशनी गुरुङ २०७७
८ रविना आले मगर २०७८
९ बिना कुमारी थापा २०७९
१० बालकुमारी पौडेल २०८०
६) टंकादेवी तुलसीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार
क्र.सं. पुरस्कार प्रप्त गर्ने व्यक्ति पुरस्कार मिति
१ उमा सिंह रणोपरान्त २०६७
३ इश्वरी न्यौपाने
४ रीता गुरुङ
५ गणेश पाण्डे
७ ऋषी धमला २०७२
८ माधव पनेरु २०७३
९ जमुना शर्मा वर्षा २०७४
१० ऋषी बराल २०७५
११ कमल पौडेल अथक २०७६
१२ मोतीसागर अधिकारी २०७७
१३ भूपाल गुरुङ २०७८
१४ सन्देश श्रेष्ठ २०७९
१५ प्रकाश ढकाल २०८०
१६ धन बस्नेत २०८१
१७ सागरराज तिमेल्सिना २०८२


प्रतिक्रिया दिनुहोस्