२०८३ कार्तिक १४
०६१४४५०००, ९८५६०३३३९१

पोखरामा शनिबार ‘टीभीएस अपाचे रेसिङ एक्सपिरियन्स जीपी क्वालिफायर’ हुने

राइडिङप्रेमी तथा मोटरसाइकल राइडरहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले पोखरामा शनिबार (कात्तिक १४ गते शनिबार ) ‘टीभीएस अपाचे रेसिङ एक्सपिरियन्स जीपी क्वालिफायर’ आयोजना हुने भएको छ।
पोखरा–पालेपाटनस्थित पञ्चरत्न ड्राइभिङ स्कुलमा बिहान ९ बजेदेखि सुरु हुने कार्यक्रममा सात देशका २० सहरमा सञ्चालन भइरहेको रेसिङ प्रतियोगिताको छनोट चरणअन्तर्गत पोखराका राइडरहरूले सहभागिता जनाउन पाउनेछन्।
कार्यक्रममा सहभागी राइडरहरूलाई प्रमाणित रेसिङ प्रशिक्षकहरूबाट अत्यावश्यक रेसिङ सीपसम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ। प्रशिक्षणसँगै सहभागीहरूले ट्र्याकमा आफ्नो सीप, गति र क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन्।
प्रतियोगिता १६० सीसी, २०० सीसी र ३१० सीसी गरी तीन विधामा सञ्चालन हुनेछ। छनोट चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने राइडरहरू काठमाडौंमा हुने राष्ट्रिय फाइनलका लागि छनोट हुनेछन्। राष्ट्रिय फाइनलबाट अगाडि बढ्ने राइडरले भारतको मद्रास इन्टरनेसनल सर्किटमा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछन्।
कार्यक्रममा सहभागी हुन राइडरहरूले १ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ। उक्त रकम कार्यक्रमस्थलमा उपस्थित भई चेक–इन गरेपछि फिर्ता गरिने आयोजकले जनाएको छ। सहभागीहरूलाई हेलमेट, राइडिङ ज्याकेट, जुत्तालगायत आवश्यक सुरक्षा सामग्री उपलब्ध गराइनेछ।
रेसिङ प्रतियोगिता अवलोकन गर्न चाहने दर्शकका लागि प्रवेश निःशुल्क रहनेछ। पोखरा तथा आसपासका राइडर र मोटरसाइकल खेलप्रेमीलाई कार्यक्रममा सहभागी हुन आयोजकले आह्वान गरेको छ। इच्छुक राइडरहरूले कार्यक्रमको प्रचार सामग्रीमा रहेको क्यूआर कोड स्क्यान गरी दर्ता गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्