२०८३ कार्तिक १६
०६१४४५०००, ९८५६०३३३९१

तिहारका लागि उपल्लो मुस्ताङ हुदै १२ सय च्याङ्ग्रा पोखरा झर्दै पोखरामा ६–७ सय च्याङ्ग्रा आइपुग्ने, प्रतिगोटा मूल्य ४२ देखि ४६ हजार रुपैयाँसम्म

पोखरा । नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट च्याङ्ग्रा बजार झर्न थालेका छन् । तिहारलाई लक्षित गर्दै यस वर्ष करिब १२ सय च्याङ्ग्रा उपल्लो मुस्ताङको जोमसोम हुँदै पोखरा तथा अन्य बजारतर्फ ल्याइँदैछ ।
च्याङ्ग्रा व्यापारीहरूका अनुसार जोमसोमबाट पोखरातर्फ झारिएका च्याङ्ग्रामध्ये केही काठमाडौं पुग्नेछन् भने केही बेनी र बागलुङ क्षेत्रमा खपत हुनेछन् । कुल १२ सय च्याङ्ग्रामध्ये पोखरामा भने ६ देखि ७ सयको हाराहारीमा मात्र आइपुग्ने व्यापारी रमेश खड्की बताउँछन् ।
तिहारमा च्याङ्ग्राको मासुको माग बढ्ने भएकाले व्यापारीहरूले हिमाली क्षेत्रबाट च्याङ्ग्रा संकलन गरी बजारसम्म ल्याउने गरेका छन् । विशेषगरी पोखरामा तिहारका बेला च्याङ्ग्राको मासु खाने परम्परा र उपभोक्ताको आकर्षणका कारण यसको कारोबार बढ्ने गरेको छ


व्यापारी खड्कीका अनुसार यस वर्ष मुस्ताङ्गी च्याङ्ग्राको मूल्य प्रतिगोटा ४२ हजारदेखि ४६ हजार रुपैयाँसम्म पर्नेछ । च्याङ्ग्राको आकार, तौल र गुणस्तरअनुसार मूल्यमा केही फरक पर्न सक्ने उनको भनाइ छ ।
मुस्ताङ र डोल्पाका उच्च हिमाली क्षेत्रमा चरन गर्ने च्याङ्ग्रालाई उपभोक्ताले विशेष स्वादका रूपमा लिने गरेका छन् । जडिबुटी खाएको र प्राकृतिक चरनमा हुर्किएको विश्वासका कारण पनि पोखरेली उपभोक्ताहरू च्याङ्ग्राको मासु खान बढी अग्रसर हुने गरेका छन् । तिहारको समयमा च्याङ्ग्राको मासुलाई विशेष परिकारका रूपमा लिने चलनले यसको माग थप बढाउने गरेको छ ।
हिमाली क्षेत्रबाट च्याङ्ग्रा ल्याउन लामो दूरी पार गर्नुपर्ने भएकाले ढुवानी, चरन तथा व्यवस्थापन खर्चले पनि बजार मूल्�

प्रतिक्रिया दिनुहोस्