नेपालीहरूको महान चाड दशै तिहार पोखरा -७ का खर्कबहादुर थापालाइ अझै बिशेष बन्न पुगेको छ , यो अवसर जुटाइदीएको छ भिएडब्लु पोखराले । पोखराबाट यामाहाको मोटरसाइकल किनेका पोखरा ७ का खर्कबहादुर थापाले आइफोन उपहार पाएका छन् । यामाहा मोटरसाइकल तथा स्कुटरको पोखराका लागि आधिकारिक बिक्रेता भिएडब्लु इन्टरप्राइजेज प्रालिले संचालन गरेको भाग्यशाली उपहार योजना अन्तर्गत थापाले आइफोन १७ जितेका हुन् ।
दसैं पर्वलाई लक्षित गरी आयोजना गरिएको टेस्ट राइड तथा मोटर साइकल खरिद गर्नेहरु सहभागी भएका मध्येबाट गोलाप्रथा गरी भाग्यशाली विजेता घोषणा गरिएको भिएडब्लु इन्टरप्राइजेजका सञ्चालक सरोज श्रेष्ठले बताए । असारदेखि दसैंको साउनदेखि कात्तिक २ गतेसम्म टेस्ट राइड तथा मोटरसाइकल वा स्कुटर खरिद गरी नाम टिपाएकाहरु मध्येबाट मंगलबार गोलप्रथा गरिएको उनले बताए ।
मंगलबार भिएडब्लु इन्टरप्राइजेजमा सवारी सर्भिसिङमा आएका पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदासले तानेको गोलामा भएको नाम खर्कबहादुर थापालाई पुरस्कार प्रदान गरिएको सञ्चालक श्रेष्ठले बताए । नयाँबजारस्थित यामाहाको शोरुममा यामाहा पोखराको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी गोलाप्रथा गरिएको थियो । ‘यामाहा कम्पनीले नै दिने उपहार योजना त छदैछ । त्यसबाहेक भिएडब्लु इन्टरप्राइजेजको छुट्टै उपहार योजना हो,’ उनले भने, ‘साउन १ देखि सुरु गरिएको योजनामा टेस्ट राइड गर्ने र सवारी खरिद गर्ने ९ सय जना जति हुनुहुन्थ्यो । उहाँहरुको सबै नामको गोलाप्रथा गरेर भाग्यशाली विजेता छानेका हौं ।’
आज एक कार्यक्रमका बीच लाइभ लक्की ड्र गरिएको थियो । पुरानो र स्थापित टु व्हीलर ब्रान्डमा ख्याती कमाउन सफल यामाहाले विभिन्न इभेन्ट गर्दै आफ्ना ग्राहकहरुलाइ विभिन्न उपहार तथा सर्प्राइज दिने गरेको छ । समयको माग सङ्गै यामाहा कम्पनीले स्तरिकरण गर्दै लगेको छ ।



प्रतिक्रिया दिनुहोस्