उज्यालो नेपालका योजनाकार कुलमान घिसिङलाई पदमुक्त गरि सरकारले हितेन्द्रदेब शाक्यलाइ नेपाल बिधुत प्राधिकरणको प्रमुख बनायो । नागरिकको उग्र बिरोधलाई प्रवाह नगरी आफू अनुकुलका मान्छे शाक्यलाई ल्याए सङ्गै केही महिनामै बिधुतको लोडसेडिङको तालिका सहित घोषण गरिएको छ , जबकी यस अघि अघोषित लोडसेडिङ भने जारी थियो । साउन ११ गते आइतबार देखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु भएको छ ।हो पूर्वी चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो । यो अबस्था देशको अन्य जिल्लामा पनि हुने सङ्केत मिलेको छ ।
हाललाइ चितवनको नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । यो घोषणा सङ्गै चितवनमा बैकल्पिक उर्जाको ब्यापार बढ्न गएको तथ्यांक सार्बजनिक भएका छ्न जसले ब्यापारीलाई खुसी तुल्याउने काम गरेको छ ।
अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको जनाइएको छ । जबकी वर्षा याम सुरु भैसकेको छ ।
वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो । उग्र गर्मीमा भएको लोडसेडिङका कारण नागरिकको जनजीबन कस्टकर हुन पुगेको छ ।
वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ / ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने ( क्षमताले नधान्ने) अवस्था रहेको प्राधिकरण फिडरले जनाएको छ । जबकी यो अवस्था पहिल्यै जानकारी थियो तर सरकारी उदासिनता र कमिसनको चक्रमा परेर स्तरिकरण नगरेको आरोप लाग्दै आएको छ ।
तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ । ग्राहकले यो सुचना पत्याउने अबस्थामा छैनन ।
उक्त समस्या समाधानको लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको तर ढिलासुस्तीले काम अलपत्र रहेको बताइन्छ ।
नेपाल सरकारले गर्ने राजनीतिक नियुक्तिको असर आम जनतामा नकारात्मक सन्देश गएको छ । योग्य र राम्रो मान्छेलाइ पाखा लगाएर आफ्ना कार्यकर्ता र नाताबादलाई प्रश्रय दिने गरेको असर सर्बसाधारण नागरिकमा परेको यो पछिल्लो नतिजा हो ।हिउद याममा उत्पादन नहुने वर्षा याममा धान्न नसक्ने अबस्थाको ब्यबस्थापन गर्न प्राधिकरण असक्षम हो कि नियोजित सेटिङ खोजिको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्