यदुनाथ बन्जारा
१,-रघुनाथ पौडेल – प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखरामा कार्यालय सहयोगी पद करारमा कार्यरत छन । उनलाइ २०७८ जेष्ठमा गते तत्कालीन महानिर्देशक बिनोदबिन्दु शर्माले चिनजानका भरमा बिना सुचना नियुक्त गरेका हुन । उनि नेपाली सेनाबाट अबकास प्राप्त भइ पेन्सन सुबिधा पनि लिदै आएकाछन । निर्देशनालय भित्रको क्यान्टीन चलाउने अबसर पनि यिनले पाएका छन । पौडेलले राज्यकोषबाट नेपाली सेनाको पेन्सन र का स को तलब स्केल गरि दोहोरो सुबिधा बुझ्दै आएकाछन ।
२,- कुमार गौतम – सिचाइ डिभिजन कार्यालय कास्किमा २०७६ साल देखि कार्यालय सहयोगी पदमा करार सेवामा कार्यरत छन । उनलाइ तत्कालिन कार्यालय प्रमुखले सिधै नियुक्ति गरेका हुन ।गौतम नेपाल प्रहरीबाट १७ बर्ष जागिर खाइ पेन्सन निस्केका हुन । बिगत ६ बर्ष देखि उनी नेपाल सरकारको कोषबाट प्रहरिको पेन्सन र का सको स्केल तलब दोहोरो सुबिधा बुझ्दै आइरहेका छन ।
३,-शिव प्रसाद पौडेल – प्रदेश स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्र पोखरामा हलुका सवारी चालक पदमा करार सेवामा कार्यरत छन । उनले २०८१ पुस देखि करार नियुक्ति लिएकाहुन । केन्द्रकी महा निर्देशक डा रेखा पौडेलले उनलाइ सिधै नियुक्ति दिएकिहुन । पौडेल सोही कार्यालयबाट पेन्सन पाकेपछी अबकाश लिएका चालक हुन । अबकाश पत्रमा सहि गर्ने महा निर्देशक पौडेलले अबकास भए लगत्तै सोही कार्यालयमा सिधै नियुक्ति दिएकी हुन । पौडेलले चालक पदमा पेन्सन र चालक पदमै स्केल तलब सहित दोहोरो सुबिधा बुझ्दै आएकाछन ।
४,-गिरिधारी ढकाल -नामका ब्यक्ति प्रदेश कोलेनिका पोखरामा हलुका सवारी चालक पदमा करारमा कार्यरत छन । उनी नेपाल प्रहरिका अबकास प्राप्त पेन्सनर हुन । कार्यालय प्रमुखको चिनजानकै आधारमा उनी हलुका सवारी चालक पदमा नियुक्ति लिइ कार्यरत छन । राज्यकोषबाट प्रहरिको पेन्सन र प्रदेश कोलेनिकाको हलुका सवारी चालक पदको स्केल तलब सहित दोहोरो सुबिधा बुझ्दै आएका छन ।
यी माथिका ४ जना पात्र करारका कर्मचारी नेपालको राज्यकोषबाट दोहोरो तलब सुबिधा खाने कर्मचारी हुन । कार्यालय प्रमुखले एउटै ब्यक्तिलाइ राज्यकोषबाट जानाजान दोहोरो सुबिधा दिएर बेरोजगार रहेर भोक भोकै बस्ने नेपाली नागरिक माथी अन्याय मात्र गरेका छैनन कसैलाइ पोस्ने त कसिको गाँस खोस्ने काम गरेको सहजै बुझ्न सकिन्छ ।
नेपालको कानुनले एउटै ब्यक्तिले राज्यकोषबाट दोहोरो सुबिधा लिनुलाई बर्जित गरेको छ । त्यसलाई कानुनी मात्र होइन प्राकृतिक न्यायको सिद्धान्त बिपरितको कार्य मानिने आर्थिक कानुनका जानकारहरु बताउछन ।
यो समाचार पढ्ने कतिपय पाठकले साना कर्मचारीले खाएको दोहोरो सेवा सुबिधाको कुरा किन लेखेको होला भनेर आलोचना गर्न पनि सक्छन । हामिले पनि सोचेका हौ कार्यालय सहयोगी , चालकका कुरा लेख्ने कि नलेख्ने ? तर त्यही सानो पदमा जागिर खान नपाएर पेटभरि मीठो मसिनो खान नपाउने थुप्रै नागरिकको मलिन अनुहार देखेपछी दोहोरो सुबिधा लिनु दिनुलाइ ठिक मान्न सकिएन र कलम उठायौ । हाम्रो उद्देश्य सबैले एकोहोरो मौका पाउन नै भन्ने हो ।
भारतिय सेनामा पेन्सन पकाएका , बृटिस सेनामा पेन्सन पकाएर नेपालमा बस्ने नेपालिहरुलाइ सामाजिक सुरक्षा भत्ता दिदा समेत दोहोरो सुबिधा हुने भन्दै केही बर्ष पहिला नेपाल सरकारले स्थानीय तहको सरकारलाइ परिपत्र गरेको थियो। पछि नेपालको एउटै कोष नहुने ब्याख्या गर्दै सामाजिक सुरक्षा भत्ता दिन थालेको थियो । फरक देशको सुबिधा लिदा समेत अनुदार हुने सरकारले आफ्नै देशको एउटै कोषबाट पेन्सन खानेलाइ किन दोहोरो सुबिधा दियो भन्ने कुरा खोजिको बिषय बनेको छ । पेन्सन खाने गरि अबकास भएकालाइ जानाजान नियुक्ति दिइ दोहोरो सुबिधा दिने र लिने दुबैबाट असुल उपर गर्न जरुरी देखिन आएको छ । दोहोरो सुबिधा लिने दिने कार्य सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले सत्यतथ्य छानबिन गरि राज्यकोषमा मनोमानी गर्नेलाई कानुनी दायरामा ल्याउनु ढिला गरियो भने कोहि मरिमरी कोहि परिपरीले प्रश्रय पाउदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्