२०८२ माघ २२
०६१४४५०००, ९८५६०३३३९१

मातृसिशु मितेरी अस्पतालमा सहयोगदाताको नयाँ स्तम्भ शिलान्यास , ७५० को नाम विवरण राखिने

पोखरा महानगरपालिका वडा नम्बर १६ मा रहेको मातृशिसु मितेरी अस्पताललाई सहयोग गर्ने सहयोगदाताहरुको नामावली विवरण सहितको स्तम्भ शिलान्यास भएको छ । ११ गते बुधबार एक कार्यक्रमको आयोजना गरि नागरिक सहयोग समिति बिघटन भइ बनेको अस्पताल सहयोग समुहका पुर्ब अध्यक्ष एबम प्रदेशका पुर्ब माननीय कृष्ण थापा , अस्पतालका पुर्ब मेसु समुहको बर्तमान अध्यक्ष डाक्टर छममाया पुन ,र अस्पतालका मेसु डाक्टर धर्मनाथ ढकालले सयुक्त रुपमा स्तम्भको शिलान्यास गरेका थिए ।
अस्पताल स्थापना र स्तरिकरणको लागि आर्थिक जुटाउने उद्देश्यले महायज्ञ लगाइ करिब डेढ करोड रुपैयाँ सहयोग सङ्कलन भएको थियो । सङ्कलित रकम अस्पताल सहयोग समूह नामको सस्थामा राखीएको समुहका सचिब  मोहन कुमार सुनारले बताए , सस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको बताइएको छ ।महायज्ञमा सहोयोग रकम बोलेर सम्मान खाएका तर हालसम्म रकम नठेकाहरु पनि रहेको सुचना सराङ्कोटलाइ प्राप्त भएको छ , किन दिएनन भन्ने बारेमा खोजिको छुट्टै बिषय बनेको छ ।
सङ्कलित रकम अस्पताल र बिरामिको हितमा खर्च गर्ने बारे आगामी साधारण सभाले निर्णय लिने समुहको अध्यक्ष डाक्टर छममाया पुनले बताइन । जनताको पैसा हो जनताकै लागि खर्च हुन्छ हामिले त सुरक्षित गरिदिएको मात्र हो अध्यक्ष पुनले भनिन । सङ्कलित रकम प्रभु बैकमा राखिएको सचिब मोहन कुमार सुनारले बताए । अस्पताल सहयोग समुहले ७५० सहयोगदाताको नाम स्तम्भमा राख्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्