२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

ओली सैनिक सुरक्षा घेराबाट मुक्त , भक्तपुरको गुन्डुमा डेरा सरे

भाद्र २४ गते चर्केको हिसात्मक प्रदर्शन पछि राजिनामा दिएर सेनाको घेरामा सुरक्षाको लागि राखिका केपि शर्मा ओली बाहिरिएका छन । नेकपा एमालेका अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार अपराह्न सैनिक ब्यारेकबाट फर्किएका छन् । जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले उनी लगायत मन्त्रीहरूलाई सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका हुन् ।

सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँ उनका निम्ति भाडाको घर लिइएको छ । बालकोटस्थित ओलीको भब्य घर प्रदर्शनकारीले २४ गते साझ जलाएका थिए । बालकोटको घर जलेकाले ओली गुण्डु सरेका हुन् । ओलीलाई यहाँ ल्याउने पहल एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले गरेका हुन् । बस्नेतले ओलीलाई भव्य कार्यक्रम मार्फत् सार्वजनिक गरिने सार्वजनिक बक्तव्य नै दिएका छन् ।
जेनजी पुस्ताले गरेको बिद्रोहको कारण केपि ओलि नेतृत्वको २ तिहाइको सरकार ढलेको थियो । जेनजिको माग अनुसार सर्बोच्च अदालतकी पुर्ब प्रधान न्यायाधीश सुशिला कार्की अन्तरिम प्रधानमन्त्री बनेकिछिन ।

प्रतिक्रिया दिनुहोस्